राजनीति

निषेधाज्ञा थप कडा बनाउने प्रधानमन्त्रीकाे घोषणा

निषेधाज्ञा थप कडा बनाउने प्रधानमन्त्रीकाे घोषणा

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको बताएका छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले ३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको बताए । उनले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको पनि बताए । उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको भन्दै त्यसका लागि सरकारको सबै संयन्त्र परिचालित रहेको ओलीले बताए । ओलीले प्रदेश केन्द्रीत हुने गरी सरकारका मन्त्रीलाई एक एक जनाका दरले फोकल व्यक्ति तोकिएको पनि बताए । उनले निषेधाज्ञा थप कडाइ गर्न लागिएको भन्दै ओली २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय सरकारले गरेको पनि ओलीले बताए । यस्तै नेपाल भारतबीचको १३ नाका मात्रै सञ्चालन ल्याइएको पनि ओलीले बताए ।...
अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई संघीय संसद् सचिवालयलेको अनुुरोध

अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई संघीय संसद् सचिवालयलेको अनुुरोध

Featured, राजनीति
काठमाडौँ । संघीय संसद् सचिवालयले यही वैशाख २७ गते सोमबार दिउँसो १ः०० बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुुरोध गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानअनुुरुप आफूूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको जनाउँदै सोही प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नु भएकोले अधिवेशन आह्वान गरिएको हो । प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नसक्ने संवैधानिक व्...
प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै

Featured, राजनीति
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सोमबार दिउँसो ३ बजेर ३० मिनेटमा ओलीले सम्बोधन गर्न लागेका हुन् । आजको सम्बोधन समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा हुने थापाको भनाइ छ । सम्बोधनको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनबाट हुनेछ ।...
ओलीले माधव पक्षका थप ३ जना सांसदलाई सोधे स्पष्टीकरण

ओलीले माधव पक्षका थप ३ जना सांसदलाई सोधे स्पष्टीकरण

राजनीति
काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका थप तीनजना सांसदहरुसँग स्पष्टीकरण सोधेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री ओलीका तर्फबाट एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले तीन सांसदलाई स्पष्टीकरण सोधेका हुन् । सांसदहरु समिना हुसेन, कलिला खातुन, गंगा चौधरीलाई स्पष्टीकरण सोधिएको कार्यालय सचिव तामाङले पुष्टि गरे । ‘तीन जनालाई सोधिएको स्पष्टीकरणको जवाफ पनि आइसकेको छ । उनीहरुलाई चार दिनअघि स्पष्टिकरण सोधिएको थियो ।अहिले उहाँहरुको स्पष्टीकरणको जवाफ अध्ययन भइरहेको छ’, तामाङले भने । स्पष्टीकरण सोधेका तीनै जना सांसदलाई पार्टी विधानसँगै अर्को पार्टीमा लाग्नु भएको हो ? भनेर प्रश्न गरिएको छ । यसअघि एमालेले नेता माधवकुमार नेपालसहित प्रतिनिधि सभाका २७ र कर्णाली प्रदेशका ५ गरी ३२ सांसदलाई स्पष्टीकरण सोधेको थियो ।...
आज फेरि मन्त्रिपरिषद बैठक बस्दै

आज फेरि मन्त्रिपरिषद बैठक बस्दै

राजनीति
काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) फेरि मन्त्रिपरिषद बैठक बोलाएका छन् । हिजो आइतबार मात्रै मन्त्रिपरिषद बैठक बसेको थियो । भोलिपल्टै प्रधानमन्त्रीले पुनः अर्को बैठक बोलाएका छन् । तर, बैठकको एजेण्डाबारे मन्त्रीहरुलाई पूर्व जानकारी गराइएको छैन । मन्त्रिपरिषद बैठक आज ४ बजे बालुवाटारमा बस्न लागेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफरिस गर्ने, आन्तरिक हवाई उडान बन्द गर्ने र राष्ट्रिय जनगणना स्थगित गर्ने लगायतका निर्णयहरु गरेको थियो ।...
काठमाडौं बाहिर नजान सांसदहरुलाई महन्थ ठाकुरको निर्देशन

काठमाडौं बाहिर नजान सांसदहरुलाई महन्थ ठाकुरको निर्देशन

Featured, राजनीति
काठमाडौं। प्रधानमन्त्रीले विश्वासको मत लिने भन्दै वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान भएपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्ना सांसदलाई काठमाडौं बाहिर नजान निर्देशन दिएका छन्। राजनीति तरल अवस्थामा पुगेको भन्दै ठाकुरले जतिबेला जे पनि निर्णय गर्नुपर्ने हुन सक्ने भन्दै काठमाडौंमा रहेका सांसदलाई बाहिर नजान र काठमाडौ बाहिर रहेका सांसदलाई काठमाडौं फर्किन निर्देशन दिएको ठाकुर निकट स्रोतले बतायो। ‘अहिले राजनीतिक तरल अवस्थामा पुगको छ। जतिबेला जुनसुकै पनि निर्णय लिनुपर्ने हुन्छ,’ ठाकुर निकट स्रोतले भन्यो, ‘यस्तो बेलामा काठमाडौंमै रहनु भएका माननीयलाई बाहिर नजान र बाहिर रहेका माननीयलाई पनि जतिसक्यो चाँडो काठमाडौं फर्किन अध्यक्षजीले निर्देशन दिनु भएको हो।’ ठाकुरले अहिले आफूहरु सरकार परिवर्तनको पक्षमा नरहेको र मुलुकको ध्यान कोभिड नियन्त्रणमा हुनुपर्ने भन्दै वैशाख २७ गते प...
बुढानीलकण्ठमा बोलाइएको कांग्रेस पदाधिकारी बैठक भयो स्थगित

बुढानीलकण्ठमा बोलाइएको कांग्रेस पदाधिकारी बैठक भयो स्थगित

Featured, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको पदाधिकारी बैठक स्थगित भएको जनाइएको हो । बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको कांग्रेसका एक नेताले जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ ।...
कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण पुष्टि

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण पुष्टि

राजनीति
काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार स्टार हस्पिटलमा स्वाब दिएका उनको कोरोना पोजेटिभ पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिएं। बिहानिपख रिपोर्ट आयो, पोजेटिभ । टेकुका मित्र डा. अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु। डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ’ उनले आफूलाई लक्षण देखिएको तर, मनोबल उच्च राखेको जानकारी गराएका छन्। सामाजिक सञ्जालमै उनले भनेका छन्, ‘सबैलाई विनम्र आग्रह छ, सजग बनौं !’...
जेठ अन्तिममा उपचुनाव गर्ने एमालेको प्रस्ताव निर्वाचन आयोगद्वारा अस्वीकार

जेठ अन्तिममा उपचुनाव गर्ने एमालेको प्रस्ताव निर्वाचन आयोगद्वारा अस्वीकार

राजनीति
काठमाडौं । बैशाख ६ देखि १२ गतेसम्म बालुवाटारमा बसेको सत्तारुढ नेकपा एमालेको बैठकले आगामी जेठ अन्तिममा उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । तर, निर्वाचन आयोगले भने जेठभित्र उपनिर्वाचन गर्न नसकिने स्पष्ट पारेको छ । राष्ट्रियसभाको रिक्त स्थानको चुनाव भने तोकिएकै समयभित्र हुने आयोगले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको एमालेको बैठकमा संगठनात्मक प्रस्ताव प्रस्तुत गर्दै उपप्रधानमन्त्री एवं पार्टी महासचिव ईश्वर पोखरेलले जेठ अन्तिममा उपचुनाव गर्ने समयतालिका प्रस्तुत गरेका थिए ।...
शंकर पोखरेल फेरि मुख्यमन्त्रीमा नियुक्त

शंकर पोखरेल फेरि मुख्यमन्त्रीमा नियुक्त

Featured, राजनीति
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि शंकर पोखरेल नियुक्त छन् । प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आइतबार उनलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हु्न् । साहले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्ति जारी गर्दै नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा ६८ को उपधारा १ बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेकाले उनलाई मुख्य मन्त्रीमा नियुक्त गरेका जनाएका छन् ।...