राजनीति

अचानक किन राष्ट्रपतिकहाँ पुगे ओली ?

अचानक किन राष्ट्रपतिकहाँ पुगे ओली ?

राजनीति
काठमाडौँ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । लुम्बिनी प्रदेशसहित केन्द्रमा समेत राजनीतिक उथलपुथल भइरहेको बेला ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् । आज बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएसँगै उनले नयाँ सरकार बनाउन पहल गरिरहेका बेला विमला वली माओवादी केन्द्रतिर लागेपछि उनी धरापमा परेका छन्। वलीले नेकपाका तर्फबाट दाङ प्रदेशसभा ३ (ख)बाट उपचुनाव जितेकी थिइन्। सर्बोच्च अदालतको फैसलाले माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो । तर वलीले माओवादी कित्तामा जाने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुम्ने ठहर गर्दै राजीनामा दिएको बुझिएको छ ।...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिनुका कारण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिनुका कारण

राजनीति
सप्तरी ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफूविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेगरी बोलाइएको विशेष अधिवेशन सुरु हुने दिन नै राजीनामा दिएपछि अब त्यहाँ कसको नेतृत्वमा सरकार बन्ला भन्ने चर्चा सुरु भएको छ। नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। त्यसमाथि छलफलका लागि आइतवार प्रदेशसभाको विशेष अधिवेशन अधिवेशन बोलाइएको थियो । तर मुख्यमन्त्रीले सो अधिवेशनको सामना गर्न चाहेनन्। विशेष अधिवेशनअघि नै उनले राजीनामा दिएको विषयलाई विभिन्न ढङ्गले व्याख्या गरिएको पाइन्छ। प्रदेशसभामा कस्तो समीकरण ? तर एमालेभित्रै विभाजन देखिएको अवस्थामा अहिले पोखरेल आफ्नै पार्टीका सबै सांसदसँग ढुक्क हुने अवस्था नरहेको देखिन्छ। लुम्बिनी प्रदेशसभामा अहिले कायम रहेका सदस्यहरूको कुल सङ्ख्या ८१ छ। तीम...
मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

Featured, राजनीति
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । आफूमाथि परेको अविश्वास प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन आइतबार बिहान उनले राजीनामा दिएका हुन् । नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उदेश्यले पोखरेलले राजीनामा दिएको बुझिएको छ । पोखरेलले दिएको राजनीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरिसकेका छन् । अर्को सरकार नबन्दासम्म पोखरेललाई नै मुख्यमन्त्रीको कार्यभार सम्हाल्न प्रदेश प्रमुखले जिम्मेवारी तोकेका छन् । लुम्बिनी सभामा आइतबार अविश्वासको प्रस्ताव संसद् बैठकमा प्रस्तुत हुने र सोमबार टुंग्याउने गरी तयारी थियो । शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेशनको एजेन्डामा छलफल भएको थियो ।...
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको सूचना आएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार बैठकका एजेण्डा भने खुलाइएको छैन । ती मन्त्रीकाअनुसार नियमित बैठक भएकाले आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुन सक्नेछ। मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका छन् । कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद् बैठकले पारित गर्ने छ ।...
लुम्बिनीमा झन् शक्तिशाली भए मुख्यमन्त्री पोखरेल

लुम्बिनीमा झन् शक्तिशाली भए मुख्यमन्त्री पोखरेल

Featured, राजनीति
काठमाडौं । लुम्बिनीमा जनता समाजवादी पार्टी नेपालका ४ सांसद पदमुक्त भएका छन् । पदमुक्त भएसँगै अंकगणित के हुन्छ भन्ने चासो छ । अविश्वासको प्रस्तावलाई रोकेका मुख्यमन्त्री शंकर पोखरेलको सरकार के हुन्छ भन्न प्रश्न उठेको छ । तर जसपाको सांसद पद जाँदा मुख्यमन्त्री पोखरेल बहुमतमा आएको अंकगणितले देखाएको छ । लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, समुन शर्मा र कल्पना पाण्डेले पछि मन्त्रीको रुपमा सपथ लिएका थिए । तर, जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षको पत्र अनुसार बिहीबार प्रदेश सचिवालयले सूचना जारी गरेसंगै उनीहरुको प्रदेशसभा सदस्य पद खारेज भएको छ । उक्त निर्णयको विरुद्ध उनिहरु अदालत गएका छन् भने ठाकुर निर्वाचन आयोग पुगेका छन् । जसपा अध्यक्ष ठाकुरले लुम्बिनी प्रदेशका सभामुखलाई सम्बोधन गरेर अर्को...
जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनको मतदानस्थल तोकियो

जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनको मतदानस्थल तोकियो

राजनीति
काठमाडौं । निर्वाचन आयोगले जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ । आयोगले मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकेको हो । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त मतदानस्थलमा प्रदेशसभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र(ख) गरी छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ । त्यस्तै आजै निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्युटर अपरेटरका लागि राष्ट्रियसभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न भएको आयोगले जनाएको छ ।...
पार्टीको निर्णयविरुद्द अध्यक्ष ठाकुर निर्वाचन आयोगमा

पार्टीको निर्णयविरुद्द अध्यक्ष ठाकुर निर्वाचन आयोगमा

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुट नजिक पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुट नजिक पुगेको हो । अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरुले अब अध्यक्ष महन्थ ठाकुरको सहमति नकुरी बहुमतबाट निर्णय गरी अघि बढ्ने तयारी गरेसँगै पार्टीभित्र तिक्तता छाएको बुझिन्छ। हालै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेपछि ‘प्रदेशमा मन्त्री भएकालाई कारबाही गरिएको’ जसपाले जनाएको छ । तर, पुनः अर्को पत्रमा ‘कसैलाई पनि कारबाही नगरिएको’ उल्लेख छ । यसैबीच, प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध पार्टीका अध्यक्ष ठाकुर निर्वाचन आयोग पुगेका छन् । ठाकुरले २०७७ पुस ७ गतेपछि जसपाको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको बताएका छन् । ठाकुरका अन...
कर्णालीका प्रदेशसभा सदस्यद्वारा १५ दिनको तलव विपद् कोषमा

कर्णालीका प्रदेशसभा सदस्यद्वारा १५ दिनको तलव विपद् कोषमा

राजनीति
सुर्खेत। दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण बढ्दै जान थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि नेकपा माओवादी केन्द्रबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्यहरुले आधा महिनाको पारिश्रमिक विपद् कोषमा सहयोग गर्ने भएका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार साँझ बसेको संसदीय दलको बैठकले कोरोनाको रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि आधा महिनाको पारिश्रमिक कर्णाली सरकारको विपद् कोषमा सहयोग गर्ने निर्णय भएको केन्द्रका प्रमुख सचेतक सीताकुमारी नेपालीले जानकारी दिईन्। त्यस्तै, बैठकमा दलसँग आबद्ध प्रदेशसभा सदस्यहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश सरकारका निकायहरु, स्थानीय तह, अन्य राजनैतिक दल, स्थानीय प्रशासन, स्वास्थ्यकर्मी, पत्रकार सञ्चारकर्मी, नागरिक समाजसँग समन्वय गरी कोभिड–१९ प्रतिकार्य, रोकथाम, नियन्त्रण तथ...
तीन दलद्वारा सुरक्षाको माग

तीन दलद्वारा सुरक्षाको माग

राजनीति
गण्डकी । गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पछिल्लो घटनाक्रमबारेमा आधिकारिक धारणासमेत व्यक्त गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र जनता समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्यद्वारा संयुक्तरूपमा हस्ताक्षरित विज्ञप्तिमा प्रदेशसभा सदस्यहरूलाई धम्की र प्रलोभन दिने व्यक्ति र समूहलाई कानूनको कठघरामा ल्याई सभामुख र प्रदेशसभामा अविश्वास प्रस्तावका पक्षधर सांसदहरूको सुरक्षाको सुनिश्चितता गर्न माग गरिएको छ । दलहरूले प्रदेशसभा सदस्य खीमविक्रम शाहीको पिसिआर रिपोर्टको छानबिन गरी प्रयोगशालाको विश्वसनीयता जाँच गर्न माग गर्दै चरक अस्पतालको स...
अहिलेको निषेधाज्ञा चेन ब्रेक गर्न हो :  उपप्रधानमन्त्री  पोखरेल

अहिलेको निषेधाज्ञा चेन ब्रेक गर्न हो :  उपप्रधानमन्त्री  पोखरेल

राजनीति
काठमाडौं । नेपाल सरकारका उपप्रधानमन्त्री तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले कोरोनासँग लड्नु सबैको साझा दायित्व भएको बताएका छन् । उपप्रधानमन्त्री पोखरेलले सबैले हातेमालो गर्दै अगाडि बढ्न र जवाफदेही बन्न अपील समेत गरे । शुक्रबार सञ्चारकर्मीसँगको कुराकानीमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएको हुँदा व्यवस्थापनको काम सहज हुने बताए । अहिले लागू भएको निषेधाज्ञा कोरोना संक्रमणको फैलँदो अवस्थाको चेन ब्रेक गर्न भएको बताए । स्थानीय प्रशासनले आफ्नो आवश्यकता हेरेर कस्तो व्यवस्थापनको विधि अपनाउने हो त्यो गर्न अधिकार दिएको पनि उपप्रधानमन्त्री पोखरेलको भनाई छ । सरकारले लागू गरेको निषेधाज्ञा कुनै राजनीतिक अभिप्रायले नगरिएको पनि स्पष्ट पारे । कुराकानीका क्रममा उपप्रधानमन्त्री पोखरेलले निषेधाज्ञा जनताको स्वास्थ्य सुरक्षा जीवन रक्षाको...