राजनीति

सरकार असफल छैन नेता गिरीको दाबी

सरकार असफल छैन नेता गिरीको दाबी

Featured, राजनीति
काठमाडौं । नेकपा (एमाले)का प्रभावशाली नेता पदम गिरीले सरकार असफल नभएको दाबी गरेका छन् । हिजो एक कार्यक्रममा पत्रकारसँग कुरा गर्दै सांसद समेत रहेका नेता गिरीले सरकार असफल नभएको दाबी गरेका हुन् । गिरीले सरकार असफल भएको भन्ने कुरा बाजा बजाईएपनि त्यसमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । साथै उनले सरकारको कामको मूल्यांकन गर्दा सरकार कुनैपनि कोणबाट असफल नभएको जिकिर पनी गरे । उनले नेपालको ईतिहासमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सर्वाधिक सफल सरकार भएको जिकिर गरे ।...
देउवाले आकस्मिक पत्रकार सम्मेलन गर्दै

देउवाले आकस्मिक पत्रकार सम्मेलन गर्दै

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने भएका छन् । सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका, निषेधाज्ञापछि नागरिकको जनजीवनमा परिरहेको प्रभाव, पार्टीको भूमिका सन्दर्भमा धारणा राख्ने छन् । उनले भने, ‘आजको पत्रकार सम्मेलन पार्टी गर्ने होइन । पार्टी सभापति आफैले गर्नु लाग्नुभएको हो ।’ देउवाले पत्रकार सम्मेलन गरेर कोरोना रोकथाम र जनजीविका विषयमा सरकारको ध्यानाकर्षण गराउने प्रयोजनका लागि आकस्मिक पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ । सम्मेलन मार्फत देउवाले पार्टीको १४ औं महाधिवेशन, अन्य समसामयिक विषयमा पनि धारणा सार्वजनिक गर्ने बताइएको छ । बिहीबारबा...
‘मतदान गर्न जानेबेला बिरामी भएँ, अस्पताल लैजाने क्रममा बेहोस भएछु’

‘मतदान गर्न जानेबेला बिरामी भएँ, अस्पताल लैजाने क्रममा बेहोस भएछु’

राजनीति
पोखरा । गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको प्रतिक्रिया जनाएका छन् । बुधबार गण्डकी प्रदेशसभा बैठकमा नआएर एकाएक चर्चामा रहेका राष्ट्रिय जनमोर्चाका सांसद शाहीले आफू बेहोस भएकाले सम्पर्कमा आउन नसकेको र हाल अस्पतालमा उपचाररत रहेको प्रष्टीकरण दिएका छन् । ​उनले बिहीबार प्रेस नोट जारी गर्दै भनेका छन्, ‘म सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा बेहोस भएछु ।’ उनले समाचार र सामाजिक सञ्जालमा भ्रामक प्रचार भएका विभिन्न भ्रामक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगर्न पनि सबैमा आग्रह गरेका छन् ।...
जनताका गुनासा सम्बोधन गर्न सिसीएमसीद्वारा संयन्त्र गठन

जनताका गुनासा सम्बोधन गर्न सिसीएमसीद्वारा संयन्त्र गठन

राजनीति
काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ । सिसिएमसीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । उनका अनुसार जनताका गुनासा टोल फ्री नं ११४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने गरी संयन्त्र गठन गरिएको छ । यस्तै शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क राख्न हुन सीसीएमसीले अनुरोध गरेको छ । यसैगरी विदेश जाने र विदेशबाट आउनेले सीसीएमसीको वेबसाइट ccmc.gov.np रहेको फारम भर्न अनुरोध गरिएको छ। यसरी सङ्क्रमण र बन्दाबन्दीमा परेका व्यक्तिलाई सहज बनाउनका लागि संयन्त्र गठन गरिएको हो । कोरोना भाइरस सङ्क्रमणको दर उच्च भएपछि सरकारले...
लेखा समितिद्वारा फास्टट्रयाकको ठेक्का रोक्न सेनालाई निर्देशन

लेखा समितिद्वारा फास्टट्रयाकको ठेक्का रोक्न सेनालाई निर्देशन

Featured, राजनीति
काठमाडौं । संघिय संसद प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाली सेनालाई पत्र लेखेर फास्ट ट्रयाकको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको छ । यसअघि पनि लेखा समितिले तीन पटक रक्षा मन्त्रालयलाई पत्र लेखेर फास्ट ट्रयाकको दोस्रो प्याकेजमा अनियमितता भएको आशंकामा ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको थियो । समितिका सचिव रोजनाथ पाण्डेद्वारा जारी गरिएको पत्रमा रक्षा मन्त्रालयलाई पटक पटक पत्र पठाउँदा समेत निर्देशन कार्यान्वयन नभएको र संसदीय समितिको निर्देशन विपरीत टेण्डर प्रक्रिया अगाडि बढाइएकाले पत्र लेखेको उल्लेख गरेका छन्। मकवानपुरको धोद्रेमा (सिम्पानीदेखि चालिसे खोल्सी १.३७ किमी) र लेनडाँडामा (घट्टेपाखादेखि बाँदरेखोल्सी १.४ किमी) गरी दुई वटा सुरुङमार्ग र पुल निर्माणका लागि २१ वटा कम्पनी प्रतिस्पर्धामा थिए ।  ...
जसपाका १२० जना नेता तथा कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने सरकारको निर्णय (नामसहित)

जसपाका १२० जना नेता तथा कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने सरकारको निर्णय (नामसहित)

Featured, राजनीति
काठमाडौँ । नेपाल सरकारले जनता समाजवादी पार्टी (जसपा।)का नेताहरुको माग बमोजिम मधेस आन्दोलनका क्रममा जसपका नेता तथा कार्यकर्तामाथि लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय गरेको छ । आज सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाल सरकार वादी रहेका १५ मुद्दामा संलग्न १२० जनाको मुद्दा फिर्ता लिएको जानकारी गराउदै फिर्ता लिने निर्णय गरेको बताएका हुन् । उनले त्यस्तै मुद्दामा भए निरन्तर फिर्ता लिँदै जाने समेत जनाएका छन् । उनका अनुसार मुद्दा फिर्ता सम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेभसाइटमा राखिने छ। मुद्दा फिर्ता सम्बन्धी निर्देशिका, कानुन र संविधानको आधारमा मुद्दा फिर्ता लिने निर्णय भएको भन्दै प्रवक्ता गुरुङले महान्यायाधिवक्ता कार्यालयको आधारमा मन्त्रिपरिषद बैठकले मुद्दा फिर्ताको निर्णय लिएको बताए। जसपाले नयाँ सरकार गठनका लागि  मधेस र थारुहट आन्दोलनक...
जनता समाजवादी पार्टीको माग पूरा, १२० जनाको मुद्दा फिर्ता लिने निर्णय

जनता समाजवादी पार्टीको माग पूरा, १२० जनाको मुद्दा फिर्ता लिने निर्णय

Featured, राजनीति
काठमाडौं । जनता समाजवादी पार्टीले सरकारसमक्ष राखेको मागहरु पुरा हुने भएको छ । सरकारले मधेस आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय गरेको हो । यसअघि जसपाले सरकारसमक्ष यी माग पूरा गर्न दबाब दिँदै आएको थियो । हालै बसेको मन्त्रिपरिषद् बैठकले मुद्दाहरू फिर्ता लिने निर्णय गरेको जनाइएको छ । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सरकारीवादी भई चलाइएका १५ वटा मुद्दामा संलग्न १२० जना व्यक्तिको मुद्दा फिर्ता लिने निर्णय भएको जानकारी दिए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग जसपाका अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेता राजेन्द्र महतोले यो विषयमा निरन्तर छलफल गरेका थिए । एमाले र जसपाका नेता सम्मिलित कार्यदल नै बनेको थियो । उक्त कार्यदलले पनि जसपाका माग सम्बोधन गराउने विषयमा आवश्यक छलफल गरेको थियो ।...
आज अपरान्ह बस्ने कांग्रेस कार्यसमिति बैठक स्थगित्

आज अपरान्ह बस्ने कांग्रेस कार्यसमिति बैठक स्थगित्

राजनीति
काठमाडौं। नेपाली कांग्रेसको कार्यसमिति बैठक स्थगित् भएको छ । आज अपरान्ह बस्ने केन्द्रीय कार्यसमिति बैठक स्थगित् गरिएको हो । बैठकमा सहभागी हुने नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि आजको बैठक स्थगित् भएको हो । हिजोमात्रै कांग्रेस केन्द्रीय सदस्यहरू र कर्मचारीहरूको पार्टी कार्यालयमा पिसिआर परीक्षण गरेको थियो। १४ औं महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बैठक राखेको थियो।...
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी

Featured, राजनीति
काठमाडौँ । बागमती प्रदेश सरकारले तीनजना मन्त्री र एकजना राज्‍यमन्त्री थप्‍ने तयारी गरेको छ । २०७७ साल पुस १० गते तीन मन्त्रीले राजीनामा दिएपछि खाली रहेको मन्त्रालयमा जिम्मेवारीसहित आज बुधबार तीनजना मन्त्री र एकजना राज्‍यमन्त्री थप्‍ने तयारी गरेको हो । बागमती प्रदेशका मुख्‍यमन्त्री डोरमणि पौडेलले मन्त्रीमण्डलमा तीनजना मन्त्री र एकजना राज्‍यमन्त्री थप्‍ने तयारी गरेको जनाइएको छ । मन्त्री हुनेमा जुनेली श्रेष्ठ, चन्द्र लामा, केशब पाण्डे र डा. राकुमार अधिकारीको नाम रहेको र उनीहरुको आजै दिउँसो ४ बजे सपथ ग्रहणको तयारी गरिएको एमाले सांसद दिपक निरौलाले जानकारी दिए । यसअघि आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका थिए ।...
ओलीविरुद्ध अविश्‍वास प्रस्ताव : जसपा अनिर्णयित हुँदा काँग्रेसमा अलमल

ओलीविरुद्ध अविश्‍वास प्रस्ताव : जसपा अनिर्णयित हुँदा काँग्रेसमा अलमल

पत्रपत्रिका, राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेसले बहुमत संख्या सुनिश्चित नभएसम्म प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न मानेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउन ३४ सिट (दुई निलम्बन) रहेको जनता समाजवादी पार्टी (जसपा) को औपचारिक निर्णय पर्खेका छन् । जसपाले पार्टी निर्णयमार्फत समर्थन नदिएमा अविश्वास प्रस्ताव दर्ता नगराउने मनस्थितिमा कांग्रेस पुगेको हो । ओलीलाई विस्थापित गर्ने विषयमा जसपाभित्र भने मतान्तर झन् बढेको छ । विवादकै कारण मंगलबार बसेको जसपाको पाँच सदस्यीय पदाधिकारी बैठकले यस सम्बन्धमा कुनै निष्कर्ष निकाल्न सकेन । पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टीबाट निर्णय गराएरै ओलीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नुपर्ने बताएका छन् । तर अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो त्यसविरु...