कोरोना बहानामा सत्ता लम्ब्याउने त्यो प्रयास
काठमाडौं । अविश्वास प्रस्ताव पारित हुने देखेपछि सत्तापक्षले कोभिडको बहाना बनाएर गण्डकी प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । विशेष अधिवेशन अन्तर्गत मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध परेको अविश्वासको प्रस्ताव माथि छलफल भइरहँदा सत्तारुढ नेकपा एमालेका सांसदहरुले मंगलबारको संसद बैठक अवरुद्ध गरेका हुन् ।
मंगलबार बैठक शुरु भएलगत्तै एमाले सांसदहरुले उभिएर विरोध जनाए । कार्यव्यवस्था समितिको निर्णय अनुसार बैठक सञ्चालन गरिरहेका सभामुख सत्तापक्षीय सांसदहरुले उठेर विरोध जनाएपछि अचम्मित भए । र उनले भने,‘सदस्यहरु तपाईंहरु किन उठ्नु भो ? कारण के हो ? भन्नुस् ।’
लगत्तै एमालेका प्रदेश सभा सदस्य राजिव पहारीले कोरोनाको जोखिम बढेकाले संसद बैठक स्थगित गर्न माग गरे । पिसीआर परीक्षण नगरी बैठक अगाडि बढ्न नदिने बताए । कोरोना संक्रमण ह्वात्तै बढेको छ,' उनले भने, ‘यसको जोखिम भइरहँदा प्रदेश सभा बैठक चलाउनु थप जोख...








