राजनीति

बोआव फोरम एसियाको वार्षिक सम्मेलनमा चीनले नेपाललाई बोलाएन

बोआव फोरम एसियाको वार्षिक सम्मेलनमा चीनले नेपाललाई बोलाएन

राजनीति
काठमाडौं । नेपालले संस्थापक सदस्यको रुपमा २००१ पछि बोआव फोरम एसियामा नियमित सहभागिता जनाउँदै आएको थियो । तर यो पटक सम्मेलनमा भने नेपालले निमण्त्रणा समेत पाएन । बेइजिङले नेपाललाई सम्मेलनमा किन बोलाएन भन्ने बारेमा आफुहरुलाई केही पनि जानकरी नभएको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् । चीनले पक्कै पनि त्यस्तो अविकसित र अपरिपक्व निर्णय लिनु हुँदैन। ठूलो देश र असल छिमेकीको रूपमा चीनले नेपाललाई निमण्त्रणा गर्नु पर्ने थियो। पछिल्लो केही समयदेखि चीन नेपाली नेतृत्वबाट खुस देखिएको छैन। बोआव फोरम फर एशिया वार्षिक सम्मेलन २०२१ को वेबसाइटको अनुसार ६० भन्दा बढी प्रतिनिधिहरु सहभागी रहेका छन् । विभिन्न क्षेत्र तथा राज्यका प्रमुखहरु र सरकारका वरिष्ठ अधिकारहरुसमेतको सहभागिता रहेको छ । यसबारेमा थप विवरणहरू बुधवार मात्रै दिन सक्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन्। चिनले संस्थापक...
ओलीलाई झट्का लाग्ने गरी माओवादीले गर्‍यो यस्तो निर्णय

ओलीलाई झट्का लाग्ने गरी माओवादीले गर्‍यो यस्तो निर्णय

Featured, राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले समर्थन फिर्ताको निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको नेत्री पम्फा भुसालले जानकारी दिइन् । उनका अनुसार अब प्रचण्डले ओली सरकारलाई दिँदै आएको समर्थन कुनैपनि बेला फिर्ता लिन सक्नेछन् ।...
एमालेका ३२ सांसदलाई स्पष्टीकरण

एमालेका ३२ सांसदलाई स्पष्टीकरण

Featured, राजनीति
काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका नेता माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ । पार्टीको आज बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लघङ्न गरेका आरोपमा २७ सङ्घीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको हो । सबैलाई एमालेको विधान २०४९ (संशोधन २०७१) र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको व्यवस्थानुसार स्पष्टीकरण सोधिएको एमाले कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । पार्टी अध्यक्ष तथा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सोध्नुभएको स्पष्टीकरणको पत्र आजै ती नेतालाई पठाइएको छ । उनका अनुसार दुई दिनभित्र स्पष्टीकरणको जवाफ पेश गर्न निर्देशन दिइएको छ । उनीहरु सबैलाई एमालेको विधान २०४९ (संशोधन २०७१) को धारा ४९ (क) (१) देखि (७) र (१२) र (१४) मा भएका व्यवस्थाविपरीत अनुशासन उल्लङ्घन गरेकाले विधानको धारा ४९ (...
कारबाहीको शृङ्खलाले नेकपामा गम्भीर संकट पैदा भयो: गोकर्ण विष्ट

कारबाहीको शृङ्खलाले नेकपामा गम्भीर संकट पैदा भयो: गोकर्ण विष्ट

Featured, राजनीति
काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी एकतामा गम्भीर संकट पैदा भएको प्रतिक्रिया दिएका छन् । संवादहीनता र कारबाहीले पार्टीमा देखिएको समस्या समाधान हुन नसक्ने बताउँदै नेता विष्टले पार्टी एकतामा गम्भीर संकट पैदा भएको प्रतिक्रिया दिएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेपछि विष्टले सामाजिक सञ्जालमा ‘यस्ता कारबाहीका शृङ्खलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ’, लेखेका छन् । एमालेभित्र देखिएको समस्या समाधान गर्न संयमित र जिम्मेवारीपूर्ण पहल गर्नुपर्नेमा एकतर्फी र विना कारण कारवही गरिएको उनले उल्लेख गरेका छन् ।...
एमालेले २७ सांसदलाई स्पष्टीकरण सोध्ने तयारी

एमालेले २७ सांसदलाई स्पष्टीकरण सोध्ने तयारी

राजनीति
काठमाडौं । नेकपा एमालेले २७ प्रतिनिधिसभा सदस्य सांसदलाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टी हित विपरीत गतिविधिमा संलग्न भएको भन्दै सांसदहरुलाई सोध्न लागिएको स्पष्टीकरणमा दुई दिनभित्र जवाफ दिन आग्रह गरिने अध्यक्ष केपी शर्मा ओली निकटका एक नेताले जानकारी दिएका हुन् । स्पष्टीकरण सोध्न तयार पारिएको नेताहरुको सूचीमा माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी,यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झलनाथ खनाल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ र नारायण खतिवडाको नाम छ । यस्तै जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द नेउपाने र रामकुमारी झाक्रीलाई पनि स्पष्टीकरण सोध्न लागिएको एक नेत...
आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेलाई नै मन्त्री पद

आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेलाई नै मन्त्री पद

Featured, राजनीति
काठमाडौं । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको सबा तीन घण्टा नबित्दै सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी (जसपा) का ४ सांसदलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरे। मुख्यमन्त्री पोखरेल आफूविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३ र हस्ताक्षर नगर्ने एक सांसदलाइ मन्त्रीपद उपहार दिएर सरकार जोगाउन सफल भएका हुन्। नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सोमबार दिउँसो १ः१५ मा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए। जसमा जसपाका ६ मध्ये ५ सांसदले हस्ताक्षर गरेका थिए। एकजना सांसद कल्पना पाण्डेले भने हस्ताक्षर गरेकी थिइनन्। अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सन्तोष पाण्डे, विजयबहादुर यादव, सुमन रायमाझीसहित पाण्डेलाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाए। मुख्यमन्त्री पोखरेलले पाण्डेलाइ...
चार निलम्बित नेता र कर्णाली प्रदेशसभाका चार सांसदलाई थप स्पष्टीकरण सोध्ने निर्णय

चार निलम्बित नेता र कर्णाली प्रदेशसभाका चार सांसदलाई थप स्पष्टीकरण सोध्ने निर्णय

राजनीति
सर्वोच्च अदालतको फैसलासँगै एमाले ब्युँतिएपछि प्रधानमन्त्री केपी ओली र माधवकुमार नेपाल पक्षबीच भएको छलफलयता दुवै पक्षबीच औपचारिक छलफल भएको छैन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेका चार प्रदेशसभा सदस्य र चार निलम्बित नेतालाई थप दुई दिनको समय राखेर थप स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। एमालेले विभाजनकारी गतिविधिमा लागेको नेताहरूलाई पार्टीमा फर्किन आग्रह गरेको र नफर्के कारबाही गर्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताएका छन्। एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बालुवाटारमा बसेको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलको साङ्गठनिक प्रतिवेदन सुझावसहित पारित भएको ज्ञवालीले बताए। 'अहिले विभाजनकारी गतिविधिमा लागेका नेताहरूले अन्तिम विनाश हुनुभन्दा अगाडि गम्भीरतापूर्वक एउटा समीक्षा ...
मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

राजनीति
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध आज संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। नेपालको संविधानको धारा १८८ को उपधारा ९४० र लुम्बिनी प्रदेशको प्रदेशसभा नियमावली २०७४ को नियम १४४ को उपनियम ९१० बमोजिम तीन दलले अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । अविश्वासको प्रस्तावका साथ संविधानको धारा १८८ को उपधारा (५) बमोजिम मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । प्रदेशसभामा सत्तारुढ दल नेकपा (एमाले)का ४१, कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका छ र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् । एमालेमा प्रवेश गरेको जनाउँदै आफ्ना ...
माओवादीले जितेका १३ स्थानमा उपनिर्वाचन

माओवादीले जितेका १३ स्थानमा उपनिर्वाचन

Uncategorized, राजनीति
काठमाडौं । रामबहादुर थापा ‘बादल’ लाई आइतबार राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरिएसँगै १३ जना सांसदको पदपूर्ति उपनिर्वाचनबाट गर्नुपर्ने भएको छ। यसअघि संघ र प्रदेश गरी १२ स्थानमा सांसद पद रिक्त भइसकेको छ । यसै क्रममा थापालाई राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरिएको हो । थापाको ठाउँमा ३५ दिनभित्रै उपनिर्वाचन गर्नुपर्ने कानुनी बाध्यता रहेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन–२०७५ अनुसार कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहेको अवस्थामा कुनै कारणले निजका पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने उल्लेख छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा माओवादी केन्द्रको पत्रअनुसार आइतबार बादलका सांसद पद रिक्त गरेका थिए । सांसद पदसँगै बादलको गृहमन्त्री पद पनि स्वतः रिक्त भएको थियो । तर सरकारले उनलाई पुनः गृहमन्त्रीमा नियुक्ति गरेको छ । बादल नेकपा माओवादी केन्द्रबाट ०७४...
अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : अध्यक्ष दाहाल

अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : अध्यक्ष दाहाल

Featured, राजनीति
चितवन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताएका छन्। मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपश्चात् उनले यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताएका हुन्। उनले आफ्नै निर्वाचन क्षेत्रमा अयोध्याधामको चर्चाले निकै खुशी भएको जनाउँदै उनले भने, “यसलाई गम्भीर अनुसन्धान गर्नुपर्छ, प्रमाणित गरिनुपर्छ र आधिकारिकता दिनुपर्छ।” यसले धार्मिक प्रवद्र्धन मात्रै होइन धार्मिक पर्यटन प्रवद्र्धन गर्नाका साथै जनताको आर्थिक जीवनस्तर उकास्न सहयोग पुग्ने उनले बताए। यस बारेमा आफूले पार्टीमा पनि छलफल गरेको जनाउँदै दाहालले यसलाई प्रमाणिकता दिन पुरातत्वविज्ञ ल्याएर आवश्यक अनुसन्धान गर्नुपर्नेमा जोड दिए। उनले थपे, “अनुसन्धानबाट प्रमाणित भयो भने निकै ठूलो उपलब्धि हासिल हुनेछ।” यसले जिल्लाका बासिन्दालाई मात्रै...