राजनीति

बादलको ठाउँमा ३५ दिनभित्र उपचुनाव हुने

बादलको ठाउँमा ३५ दिनभित्र उपचुनाव हुने

राजनीति
काठमाडौं । एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ को राष्ट्रिय सभा सदस्य पद खारेज भएको छ । योसँगै रिक्त भएको स्थानमा ३५ दिनभित्र उपचुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रियसभा निर्वाचन ऐन २०७५ मा पदावधि ६ महिनाभन्दा बढी कायम रहँदा राष्ट्रिय सभा सदस्यको पद रिक्त हुन गएमा ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा निर्वाचन आयोगले उपचुनाव गराउने उल्लेख छ। ‘कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको पैतीस दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद यो ऐन बमोजिम बाँकी अवधिको लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नुपर्नेछ’ राष्ट्रियसभा निर्वाचन ऐन २०७५ को दफा ६१ मा भनिएको छ । २३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता थापा एमाले प्रवेश गरेका थिए । उनी २०७४ सालमा नेक...
बादल पुनः गृहमन्त्री पदको शपथ लिदैं

बादल पुनः गृहमन्त्री पदको शपथ लिदैं

Featured, राजनीति
काठमाडौं । रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिने भएका छन् । बादलले साँझ ५ बजे राष्ट्रपति भवनमा पुनः गृहमन्त्रीको शपथ लिने भएका हुन् । शपथग्रहण हुने तय भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै उनी गृहमन्त्रीबाट पद पदमुक्त भएका थिए । लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन् । सांसद नभएका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्था अनुसार बादल पुनः गृहमन्त्री बन्ने भएका छन् ।  ...
जनमत पार्टीको केन्द्रिय समितिको विस्तारिक बैठक बस्दै

जनमत पार्टीको केन्द्रिय समितिको विस्तारिक बैठक बस्दै

राजनीति
सप्तरी । जनमत पार्टीको केन्द्रिय समितिको विस्तारिक बैठक बस्ने भएको छ । डा. सिके राउत नेतृत्वको जनतम पार्टीको केन्द्रिय समितिको विस्तारिक बैठक वैशाख ९ र १० गते जनकपुरधाम स्थित जीवन स्कुल केन्द्रमा बस्ने भएको जनाइएको हो । सो बैठकमा निवर्तमान तथा निर्वाचित केन्द्रिय सदस्यहरू, जिल्ला इन्चार्जहरू तथा सह-इन्चार्जहरू, विभाग तथा मोर्चाका प्रमुखहरूको उपस्थिति रहने जनाइएको छ।...
थापाको सांसद पद खारेज, गृहमन्त्रीबाट पनि पदमुक्त

थापाको सांसद पद खारेज, गृहमन्त्रीबाट पनि पदमुक्त

Featured, राजनीति
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल) पदमुक्त भएका छन् । आजै राष्ट्रिय सभा सचिवालयले उनकोको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ। नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार उक्त पद रिक्त हुने निर्णय गरेका हुन् । सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता थापा एमाले प्रवेश गरेका थिए । थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।...
थारुवान मोर्चाद्वारा तेस्रो चरणको आन्दोलनको तयारी

थारुवान मोर्चाद्वारा तेस्रो चरणको आन्दोलनको तयारी

राजनीति
कैलाली । देशमा जारी राजनीतिक गतिरोधका बिच विभिन्न जातीय संगठनहरुको बिरोध सभा, र्‍याली, जनजागरण अभियान शुरु गर्दै आएका छन । पीडित पक्षले देशमा अहिले दलित, थारु जनजातीहरुले आफ्नो अधिकार दिने स्थानमा सरकारले उल्टो कार्यवाही प्रक्रिया शुरु गरेको प्रती घोर भत्सर्ना गर्दै आन्दोलनरत पक्षले कडा संघर्ष गर्ने तयारीमा लागेका बताएको छ । अहिले विभिन्न जिल्लामा थरुहट थारुवान जनसभा – २०७८ भन्दै तेस्रो चरणको अभियान थालेको छ । तेस्रो चरणको आन्दोलन अन्तर्गत बैशाख १६ गते चितवन, रुपन्देही, परासी बजार जनसभाको तयारी गरेको छ । बैशाख १७ गते कपिलवस्तुको चन्द्रोटा बजारमा जनसभाको हुने । बैशाख १८ गते दाङको तुल्सिपुरमा र बैशाख १९ गते सुरखेत, बाके, बर्दियाको राजापुरमा आमसभा गरिने सयुक्त भेला गर्ने आयोजकले जनाएको छ । साथै तेस्रो चरणको अन्तिम आमसभा बैशाख २० गते कैलाली र कंचनपुरको सयुक्त जनसभा बेलौरी बजार गर्दै समापन ह...
प्रधानमन्त्री केपी ओलीको गुनासो ‘सभामुखले काम गर्न दिएनन्’

प्रधानमन्त्री केपी ओलीको गुनासो ‘सभामुखले काम गर्न दिएनन्’

राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा अमेरिकासँगको अनुदान सम्झौता मिलेनीअम च्यालेन्ज सम्झौता (एमसीसी) को विषयलाई लिएर सभामुख अग्नि सापकोटाप्रति आक्रोश व्यक्त गरेको बैठकमा सहभागी नेताहरूले बताएका छन्। एमसीसी करिब पौने दुई वर्षदेखि संसद्‌मा अड्किएको र त्यसलाई सभामुखले अगाडि प्रस्तुत नै नगरेको भन्दै प्रधानमन्त्रीले बैठकमा गुनासो गरेको नेताहरूले बताएका हुन्। बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले, 'प्रधानमन्त्रीको एउटा मुख्य कुरा सभामुखले काम गर्न दिएनन् भन्ने गुनासो थियो, एमसीसी अगाडि बढाएनन् भन्ने थियो।' सभामुख सापकोटा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकटस्थ नेता मानिन्छन्। सर्वदलीय भनिएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उनको दलका अरू कुनै नेता उपस्थित थिएनन्। बैठकबारे प्रधानमन्त्रीका प्रेस सल्ला...
‘लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो छ: नेता सिंह

‘लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो छ: नेता सिंह

राजनीति
वालिङ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो रहेको बताएका छन्। नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले आज बिहान वालिङमा आयोजना गरेको नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले लोकतन्त्रको रक्षाका लागि अब कांग्रेसले नेतृत्व लिएर अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन्। नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि पनि नेपाली कांग्रेसले अबको नेतृत्व लिनुपर्ने समय आएको नेता सिंहको धारणा थियो। ‘कम्युनिष्टलाई पाँच वर्षसम्म स्थिर सरकार चलाउनका लागि जनताले निर्वाचित गरेका हुन्,’ नेता सिंहले भने, ‘जुन अपेक्षासहित जनताले मत दिए तर त्यो मतको सही सदुपयोग गर्न कम्युनिष्टले सकेनन्।’ अब नेपाली कांग्रेसलाई समयको माग अनुसारको पार्टीका रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै आगामी १४औँ महाधिवेशनबाट सशक्त नेतृत्व आउने ...
अस्थिरता निम्त्याउनेहरूको प्रतिवाद गर्न उपप्रमको आग्रह

अस्थिरता निम्त्याउनेहरूको प्रतिवाद गर्न उपप्रमको आग्रह

राजनीति
काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक खिचातानी र सरकार ढाल्ने खेलले सरकारलाई काम गर्ने वातावरण नभएको बताएका छन्। हाँडीगाउँस्थित टुवालदेवी मन्दिर नजिकैको सत्तलको आज उद्घाटन गर्दै नेकपा (एमाले) का महासचिवसमेत रहेका उनले सरकार ढाल्ने खेल भइरहेकाले त्यसको खबरदारी र प्रतिवाद गर्न आह्वान गरे । कर्णाली प्रदेशमा एमालेकै सांसदले माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका प्रति लक्ष्य गर्दै पोखरेलले जालझेल गरेर सरकार ढाल्ने, अस्थिरता मच्चाउने र नयाँ बनाउने काम शुरु भए मुलुकका लागि दुर्भाग्य हुने जनाए । उनले विकास निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए। काठमाडौँ क्षेत्र नं ५ (क) का प्रदेश सभा सदस्य नारायण सिलवालले निर्माण सम्पन्न भएको सत्तल ऐतिहासिक र महत्वपूर्ण रहेको बताए । नेकपा (एमाले) काठमाडौँ महानगरपालिका–५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले ऐतिहासिक स...
सरकार ढाल्ने खेलको प्रतिवाद गरौं: उपप्रधानमन्त्री पोखरेल

सरकार ढाल्ने खेलको प्रतिवाद गरौं: उपप्रधानमन्त्री पोखरेल

Featured, राजनीति
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार ढाल्ने खेलविरुद्ध सबैले प्रतिवाद गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौमा भएको एक कार्यक्रममा उपप्रधानमन्त्री पोख्रेलले सरकार ढाल्ने खेल भइरहेको भन्दै सरकार ढाल्ने खेलविरुद्ध सबैले प्रतिवाद गर्नुपर्ने बताएका हुन् । उनले राजनीतिक खिचातानीले काम गर्ने वातावरण नै नभएको बताएका छन् । ‘जालझेल गरेर सरकार ढाल्ने फेरि नयाँ बनाउने काम सुरु भयो भने यसले दुर्भाग्य निम्त्याउँछ,’ उनले भने, ‘गलत कुराको विरुद्धमा हामीले खबरदारी गर्नुपर्छ । यो काम पनि हामीहरुबाट होस् भन्ने कुरा म अनुरोध गर्न चाहन्छु ।’ जनतामा निराशा फैलाउने र अस्तव्यस्त श्रृजना गर्ने प्रयास भयो भने यो मुलुकका लागि राम्रो नहुने उनले बताए । उपप्रधानमन्त्री पोख्रेलले पछिल्लो समय मुलुकमा देखापरेको राजनैतिक खिचातानीले कामै गर्न नसकिने वातावरण श्रृजना भएको बताए ।...
प्रधानमन्त्री ओलीले बोलाए शनिबार ११ बजे सर्वदलीय बैठक

प्रधानमन्त्री ओलीले बोलाए शनिबार ११ बजे सर्वदलीय बैठक

Featured, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले शनिबार विहान ११ बजे सर्वदलीय बैठक बस्ने जनाइएकोे हो । उनले कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न उक्त बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने थापाले बताए ।...