काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार ढाल्ने खेलविरुद्ध सबैले प्रतिवाद गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौमा भएको एक कार्यक्रममा उपप्रधानमन्त्री पोख्रेलले सरकार ढाल्ने खेल भइरहेको भन्दै सरकार ढाल्ने खेलविरुद्ध सबैले प्रतिवाद गर्नुपर्ने बताएका हुन् ।
उनले राजनीतिक खिचातानीले काम गर्ने वातावरण नै नभएको बताएका छन् । ‘जालझेल गरेर सरकार ढाल्ने फेरि नयाँ बनाउने काम सुरु भयो भने यसले दुर्भाग्य निम्त्याउँछ,’ उनले भने, ‘गलत कुराको विरुद्धमा हामीले खबरदारी गर्नुपर्छ । यो काम पनि हामीहरुबाट होस् भन्ने कुरा म अनुरोध गर्न चाहन्छु ।’
जनतामा निराशा फैलाउने र अस्तव्यस्त श्रृजना गर्ने प्रयास भयो भने यो मुलुकका लागि राम्रो नहुने उनले बताए । उपप्रधानमन्त्री पोख्रेलले पछिल्लो समय मुलुकमा देखापरेको राजनैतिक खिचातानीले कामै गर्न नसकिने वातावरण श्रृजना भएको बताए ।




Facebook Comments