ओली सरकार ढाल्न काँग्रेस–माओवादीलाई साथ दिने नेपाल पक्षको निष्कर्ष

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्षले केपी ओली नेतृत्वको सरकार बहिर्गमनको विकल्प नभएको निष्कर्ष निकालेको छ। त्यसका लागि बन्ने गठबन्धनमा आफूहरुको साथ रहने नेपाल समूहले निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको माधव नेपाल पक्षको एमालेका सांसदहरुको बैठकले काँग्रेस–माओवादी र जसपाबीच बन्ने गठबन्धनमा आफूहरुको साथ रहने निष्कर्ष निकालिएको सांसद मेटमणि चौधरीले बताए । ‘हामीले ओली सरकारको बहिर्गमन हुनुपर्छ भनेका छौं, त्यसका लागि बन्ने काँग्रेस, माओवादी र जसपाबीचको गठबन्धनमा हाम्रो साथ रहन्छ’, उनले भने ।

सोही रणनीतिका साथसाथै आज केही सांसदले राजीनामाबारे असन्तुष्टि समेत जनाएपछि हाललाई राजीनामा टरेको बताइएको छ । यसबारे थप रणनीति बनाउन अझै पनि केही सांसदहरु छलफलमा रहेको बताइएको छ । बैठकमा नेपाल पक्षका भनिएका ३५ सांसदमध्ये २५ जनाको सहभागिता रहेको थियो भने ३ सांसद निर्णय प्रक्रियामा असन्तुष्टि जनाउँदै बीचमै बैठकबाट बाहिरिएका थिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.