स्वास्थ्य

कोरोनाको कहर : आज कति जना थपिए कोरोना संक्रमित?

कोरोनाको कहर : आज कति जना थपिए कोरोना संक्रमित?

Featured, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ । कूल संक्रमितमध्ये २ लाख ७२ हजार २७२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ८५ संक्रमित निको भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या १ हजार २१७ पुगेको मन्त्रालयले जनाएको छ ।बिहीवारको विवरण अनुसार कोरोनाले थप कसैको पनि मृत्यु भएन । हालसम्म कोरोनाले मृत्यु हुने संक्रमितको संख्या ३ हजार २० रहेको छ ।...
फेरि लकडाउन गर्ने सरकारकाे तयारी !

फेरि लकडाउन गर्ने सरकारकाे तयारी !

स्वास्थ्य
काठमाडौं । सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार नीतिगत निर्णय गरेर अगाडि बढ्ने बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमणको दर बढेको खण्डमा नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्रलाई रोक्ने बताउनुभयो । “बन्दाबन्दी गर्नु सरकारको उद्देश्य, वाचा होइन, तर सङ्क्रमणको सङ्ख्या उच्च हुन गएमा सरकारले परिस्थितिअनुसार नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्र रोक्नुपर्ने हुन्छ र सङ्क्रमणलाई भयावह रुपमा फैलिन नदिन हामी सबै सजग हुनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले जनस्वास्थ्यका मापदण्ड प्रयोग नगर्नाले सङ्क्रमणको दर बढिरहेकोसमेत बताउनुभयो । “भीडभाड बढी हुनु, मास्कको प्रयोग नगर्नु, एक अर्काबीचको दूरी कायम नगर्नु, जुलुस, सभाजस्ता गतिविधि गरेकाले अहिले सङ्क्रमणको दर विस्तारै बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।...
स्वास्थ्य मन्त्रालयले भन्यो- लकडाउन हुन सक्छ!

स्वास्थ्य मन्त्रालयले भन्यो- लकडाउन हुन सक्छ!

अन्तराष्ट्रिय, स्वास्थ्य
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमितको संख्या उच्च भएमा लकडाउन हुन सक्ने बताएको छ । सङ्क्रमणको चक्र रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने मन्त्रालयले जनाएको हो । बुधबार मन्त्रालय द्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा सह प्रवक्ता डा. समीरकुमार अधिकारीले मानिसहरुले अनावश्यक भिडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दुरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले सङ्क्रमितको संख्या बढ्दै गएको बताए । उनले लडकाउन गर्नु सरकारको उद्देश्य नभएपनि सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्र रोक्नुपर्ने बताए । आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न उनले आग्रह गरेका छन् ।...
नेपालमा पनि केही हप्तामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने अनुमान

नेपालमा पनि केही हप्तामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने अनुमान

स्वास्थ्य
काठमाडौं। भारतमा कोरोना सङ्क्रमितको बढ्दै गइरहेको बेला नेपालमा पनि त्यसको प्रभाव पर्ने देखिएको छ। इपीमिडियोजिष्ट डा. अर्चना श्रेष्ठले नेपालमा पनि केही हप्तामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने बताइन्। भारतमा पनि पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। त्यसको प्रभाव नेपालमा पनि पर्ने उनको भनाइ छ। यसले दीर्घरोगी तथा रोग प्रतिरोधी क्षमता कम भएकालाई बढी असर पर्ने उनले बताइन्।...
कोरोना जोखिम बढेपछि ७७ वटै जिल्ला प्रशासनलाई गृहको यस्तो निर्देशन

कोरोना जोखिम बढेपछि ७७ वटै जिल्ला प्रशासनलाई गृहको यस्तो निर्देशन

स्वास्थ्य
काठमाडौं। कोरोना भाइरसको जोखिम पुनस् बढ्न थालेपछि गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्डमा कडाई गर्न निर्देशन दिएको छ। सोमबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्ड कडाई गर्न निर्देशन दिइएको गृहका प्रवक्ता चक्रबहादुर बुढाले नेपाल लाइभलाई जानकारी दिए। भारतमा कोरोना संक्रमण दर बढ्न थालेपछि सीमा कडाई गरिनु पर्ने, स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गराउनु पर्ने, अनावश्यक भीडभाड बन्द गराउनु पर्ने लगायतका निर्देशन दिइएको प्रवक्ता बुढाले बताए। त्यस्तै क्वारेन्टाइनदेखि आइसोलेशनसम्म तयारी अवस्थामा राख्नुपर्ने लगायतका विषय निर्देशनको बुँदामा समेटिएका छन्।...
लगातार दोस्रो दिन नेपालमा संक्रमितको सङ्ख्या बृद्धि

लगातार दोस्रो दिन नेपालमा संक्रमितको सङ्ख्या बृद्धि

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ३२ जनामा पीसीआर परीक्षण गर्दा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा ७७ जना निको भएका छन् । पछिल्लो समय नेपालमा हरेक दिन १ सयभन्दा कम संक्रमित फेला पर्न थालेका थिए । तर, दुई दिन यता संक्रमितको संख्यामा बृद्धि भइरहेको छ । सोमबार १५० जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै नेपालमा पनि संक्रमण फैलने खतरा बढेको जनस्वास्थ्यविद्हरुले बताउँदै आएका छन् । हालसम्म नेपालमा २ लाख ७६ हजार २४४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ७२ हजार ९७ जना निको भएका छन् । हालसम्म कोभिड–१९ बाट नेपालमा ३ हजार १९ जनाको मृत्यु भएको छ ।...
कोरोनाका कारण मानसिक स्वास्थ्य समस्या बढ्दो

कोरोनाका कारण मानसिक स्वास्थ्य समस्या बढ्दो

Featured, स्वास्थ्य
काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो रहेको मनोविद्ले बताएका छन् । कोरोनाका कारण परिवार र समाजमा परेको नकारात्मक असरले मानिसमा कुनै न कुनैरूपमा मानिसक समस्या देखापरेकाले त्यसको न्यूनीकरणका लागि मनोपरामर्श जरुरी रहेको मनोविद्को सुझाव छ । काठमाडौँमा द स्कूल अफ साइकोलोजी नेपालद्वारा सञ्चालित छ महिने मनोविमर्श तालिमको सोमबार समापनका क्रममा मनोविद् डा नरेन्द्रसिंह ठगुन्नाले कोभिड–१९ ले रोजगारी अभाव, आर्थिक समस्या, घरेलु हिंसा तथा आघातजन्य घटनाका कारण मानिसमा डिप्रेसन (अवसाद), चिन्ता, तनावलगायत मनोवैज्ञानिक असर बढ्न थालेको बताए । “अब मानसिक स्वास्थ्य समस्या समाधानका लागि मनोविमर्श सेवा नै जरुरी छ”, उक्त संस्थाका अध्यक्षसमेत रहनुभएका मनोविद् डा. ठगुन्नाले भने, “सरकारी र गैरसरकारी क्षेत्रबाट पनि सशक्त अभियान ...
क्लिनिकल ट्रायल बिनै चिनियाँ खोप नेपाल ल्याउन लागियो

क्लिनिकल ट्रायल बिनै चिनियाँ खोप नेपाल ल्याउन लागियो

स्वास्थ्य
काठमाडौँ । कोरोनाविरुद्धको चिनियाँ खोप क्लिनिकल ट्रायल बिनै नेपाल ल्याउन लागिएको छ। स्रोतका अनुसार चिनियाँ दूतावासको दबाबमा चिनियाँ कम्पनी सिनोफर्मबाट उत्पादित चिनियाँ खोप नेपाल ल्याउन लागिएको हो। उक्त चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठनले पनि प्रयोगको लागि अनुमति दिएको छैन। सरकारले क्लिनिकल टायलका कागजातहरु पटक पटक माग्दा पनि चीन सरकारले उपलब्ध गराएको छैन। चीनले ८ लाख डोज खोप अनुदान दिने घोषणा गरेपनि नेपालकै खर्चमा खोप ल्याउन लागिएको हो। स्रोतका अनुसार उक्त खोप ल्याउन झन्डै २ करोड रुपैयाँ खर्च लाग्नेछ। यसअघि छिमेकी मुलुक भारतले अनुदानमा दिएको कोरोनाविरुद्ध कोभिशील्ड खोप आफ्नै खर्चमा ल्याएर दिएको थियो। त्यस्तै विश्वका विभिन्न मुलुकमा रहेका चिनियाँ राजदूतावासहरूले बेग्लाबेग्लै सूचना सार्वजनिक गर्दै चिनियाँ खोप लगाएका व्यक्तिहरू मात्र चीन प्रवेश गर्नसक्ने घोषणा गरेका छन् ।...
फेरि बढ्यो कोरोना संक्रमण दर, सभा र जुलुस नगर्न सरकारको आह्वान

फेरि बढ्यो कोरोना संक्रमण दर, सभा र जुलुस नगर्न सरकारको आह्वान

Featured, स्वास्थ्य
काठमाडौं । कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले सभा, जुलुस र भेला नगर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गदै सभा जुलुस गर्नमा रोक लगाएको हो । भारतमा कोरोनाभाइरस संक्रमण दर बढेपछि नेपालमा पनि संक्रमण फैलिने सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो । मन्त्रालयले संक्रमणबाट जोगिन साबुन पानीले हात धुने र सेनिटाइजर लगायत जनस्वास्थ्यको मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ । नेपालमा आइतबार ७७ जनामा संक्रमण पुष्टि भएको छ ।  ...
कोरोना अपडेट : ७७ संक्रमित थपिँदा, १०६ संक्रमण मुक्त

कोरोना अपडेट : ७७ संक्रमित थपिँदा, १०६ संक्रमण मुक्त

section, स्वास्थ्य
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७७ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ९०६ पुगेको छ । यस्तै, बितेको २४ घण्टामा १०६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ७१ हजार ९२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आइतबार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ०१६ रहेको छ । यस्तै, हिजो नेपालमा ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।...