कोरोना जोखिम बढेपछि ७७ वटै जिल्ला प्रशासनलाई गृहको यस्तो निर्देशन

काठमाडौं। कोरोना भाइरसको जोखिम पुनस् बढ्न थालेपछि गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्डमा कडाई गर्न निर्देशन दिएको छ।

सोमबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्ड कडाई गर्न निर्देशन दिइएको गृहका प्रवक्ता चक्रबहादुर बुढाले नेपाल लाइभलाई जानकारी दिए।

भारतमा कोरोना संक्रमण दर बढ्न थालेपछि सीमा कडाई गरिनु पर्ने, स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गराउनु पर्ने, अनावश्यक भीडभाड बन्द गराउनु पर्ने लगायतका निर्देशन दिइएको प्रवक्ता बुढाले बताए।

त्यस्तै क्वारेन्टाइनदेखि आइसोलेशनसम्म तयारी अवस्थामा राख्नुपर्ने लगायतका विषय निर्देशनको बुँदामा समेटिएका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.