एकै व्यक्तिद्वारा ८ बालिका बलात्कृत

काठमाडाैं। भारतको बिहारअन्तर्गत लखिसरायस्थित कजरा गाउँमा १० दिनमा ८ बालिका बलात्कार भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रकाश तान्ती नाम गरेका ५० वर्षीय व्यक्तिले चकलेटको लोभ देखाएर ५ देखि ७ वर्षसम्मका ८ बालिकालाई बलात्कार गरेका हुन्।

बालिकाहरूलाई आफ्नो पसलमा बोलाएर चक्लेट दिई तान्तीले बलात्कार गर्ने गरेको प्रहरीले जनाएकाे छ। सोमबार साँझ दुई बालिकाको स्वास्थ्य बिग्रिएपछि उनीहरूले तान्तीले बलात्कार गरेकाे बताएका थिए। लगत्तै पीडित परिवारको उजुरीका आधारमा ती उनलाई पक्राउ गरिएको हाे।

स्थानियका अनुसार तान्तीले मार्च २० मा २ वालिकालाई पालैपालाे बलात्कार गरेका थिए। मार्च १० देखि २० सम्म ८ बालिकाकाे बलात्कार भएकाे हुनसक्ने प्रहरीले अनुमान लगाएकाे छ।

हाल उनीसँग सोधपुछ जारी छ। साथै उनको मानसिक अवस्थाबारे जाँच पनि भइरहेको प्रहरीले जनाएको छ। यता प्रहरीले बलात्कार भएका भनिएका ८ बालिकाकाे पनि स्वास्थ्य अवस्था चेकजाँच गर्ने जनाएकाे छ। बलात्कारकाे घटना सार्वजनिक भएसँगै त्यस क्षेत्रमा सनसनी फैलिएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.