स्वास्थ्य मन्त्रालयले भन्यो- लकडाउन हुन सक्छ!

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमितको संख्या उच्च भएमा लकडाउन हुन सक्ने बताएको छ । सङ्क्रमणको चक्र रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने मन्त्रालयले जनाएको हो ।

बुधबार मन्त्रालय द्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा सह प्रवक्ता डा. समीरकुमार अधिकारीले मानिसहरुले अनावश्यक भिडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दुरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले सङ्क्रमितको संख्या बढ्दै गएको बताए ।

उनले लडकाउन गर्नु सरकारको उद्देश्य नभएपनि सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्र रोक्नुपर्ने बताए । आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न उनले आग्रह गरेका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.