स्वास्थ्य

भाइरस संक्रमणबाट आज थप १ जनाको मृत्यु

भाइरस संक्रमणबाट आज थप १ जनाको मृत्यु

Featured, स्वास्थ्य
सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप १ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमणबाट देशमा थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै कोरोना संक्रमणबाट देशमा मृत्यु हुनेको संख्या ३०३२ पुगेको छ । त्यस्तै देशमा आज थप १२८ कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७७ हजार ७६८ जना पुगेको छ । हाल क्वारेन्टिनमा ५९ जना छन् भने आइसोलेसनमा एक हजार ६१३ जना रहेका मन्त्रालयले जनाएको छ ।...
देशमा थप १२८ जनामा देखियो कोरोना सङ्क्रमण

देशमा थप १२८ जनामा देखियो कोरोना सङ्क्रमण

Featured, स्वास्थ्य
सप्तरी । देशमा थप १२८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा थप १२८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७७ हजार ७६८ जना पुगेको छ । हालसम्म दुई लाख ७३ हजार १२३ जना सङ्क्रमित निको भइसकेका छन् । हाल क्वारेन्टिनमा ५९ जना छन् भने आइसोलेसनमा एक हजार ६१३ जना रहेका मन्त्रालयले जनाएको छ ।...
भारतबाट फर्कनेको परीक्षण गर्दा २४ जनाको एन्टीजेन नतिजा पोजिटिभ

भारतबाट फर्कनेको परीक्षण गर्दा २४ जनाको एन्टीजेन नतिजा पोजिटिभ

Featured, समाज, स्वास्थ्य
कञ्चनपुर । पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ को नतिजा पोजिटिभ आएको छ । सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजिटिभ आएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दिएको जानकारीअनुसार त्रिनगर सीमानाकाबाट नेपाल भित्रिएका नेपाली ७०० र भारतीय १९७ मध्ये ६२३ को एन्टीजेन परीक्षण गरिएकोमा २२ को नतिजा पोजिटिभ आएको छ । यसैगरी, सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिएका ८२३ मध्ये दुईको एन्टीजेन परीक्षणको नतिजा पोजिटिभ आएको छ। कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिएका यात्रुको सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमा एन्टीजेन परीक्षण गरिँदै आएको छ। दैनिक सीमानाका भएर नेपाल भित्रिने यात्रुको सङ्ख्या ७०० देखि एक हजारको ...
देशमा थप १५२ जनामा देखियो कोरोना सङ्क्रमण

देशमा थप १५२ जनामा देखियो कोरोना सङ्क्रमण

Featured, समाज, स्वास्थ्य
सप्तरी । देशमा थप १५२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा थप १५२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ जना पुगेको छ । हालसम्म क्वारेन्टाइमा ६३ जना र १५ सय ७९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै हालसम्म २२ लाख ७५ हजार ५४० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।...
२४ घण्टामा नेपालमा थपिए १४१ कोरोना संक्रमित

२४ घण्टामा नेपालमा थपिए १४१ कोरोना संक्रमित

स्वास्थ्य
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १४१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार सोमबार थपिएका १४१ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको हो । पछिल्लो २४ घण्टामा ३ हजार १ सय २२ पीसीआर परीक्षण भएका छन् । यस्तै, २४ घण्टामा ८२ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ६ सय १२ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ । त्यस्तै १ हजार ३ सय ४१ जना आइसोलेसनमा र ५६ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ६४ हजार २६८ पीसीआर परीक्षण भएका छन् ।...
भारतमा लगातार दोस्रो दिन कोरोनाका ६२ हजारभन्दा बढी संक्रमित भेटिए

भारतमा लगातार दोस्रो दिन कोरोनाका ६२ हजारभन्दा बढी संक्रमित भेटिए

स्वास्थ्य
एजेन्सी । भारतमा महिनौंपछि लगातार दोस्रो दिन २४ घण्टामा ६२ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । अघिल्लो दिन भारतमा ६२,६३२ नयाँ संक्रमित भेटिए । यो पछिल्लो १६४ दिनको सबैभन्दा धेरै हो । यसअघि १५ अक्टोबरमा ६३,४४१ संक्रमित भेटिएका थिए । पछिल्लो २४ घण्टामा २८,७२८ जना निको भएका छन् भने यो वर्ष पहिलो पटक एक दिनमा मृत्यु हुनेको संख्या बढेर ३१२ भएको छ । यस्तै कोरोनाका बढ्दो संक्रमणका बीच आज मध्यप्रदेशका १२ शहरमा लकडाउन गरिएको छ । यहाँ शनिबार राती १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म ३२ घण्टाको लकडाउन रहनेछ ।...
२७४५ परीक्षण गर्दा ८५ संक्रमित थपिए, ३ जनाको मृत्यु

२७४५ परीक्षण गर्दा ८५ संक्रमित थपिए, ३ जनाको मृत्यु

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर ८५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ७५० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९३ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । संक्रमणमुक्त हुनेको जम्मा संख्या २ लाख ७२ हजार ४३५ पुगेको छ । २४ घण्टामा २७४५ पीसीआर परीक्षण गरिएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या १२८८ रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभएको छ । पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०२७ पुुगेको छ।...
थप १५६ जनामा कोरोना संक्रमण: कुन प्रदेशमा कति संक्रमित थपिए ?

थप १५६ जनामा कोरोना संक्रमण: कुन प्रदेशमा कति संक्रमित थपिए ?

Featured, स्वास्थ्य
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १५६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। ४ हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा १५६ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ। प्रदेश १ मा ५ जना, वाग्मतीमा १०६ जना, गण्डकीमा २९ जना, लुम्बिनीमा ११ जना, कर्णालीमा दुईजना र सुदूरपश्चिममा ३ जनामा संक्रमण देखिएको छ। पछिल्लो केही समयदेखि वाग्मती प्रदेशमा संक्रमणको दर बढ्दै गएको छ। प्रदेश २ मा भने थप संक्रमण देखिएको छैन। यस्तै, संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणका कारण ३ हजार २४ जनाको मृत्यु भइसकेको छ।...
अनुदानको ८ लाख डोज चिनियाँ खोप ल्याउन २ करोडभन्दा बढी खर्च !

अनुदानको ८ लाख डोज चिनियाँ खोप ल्याउन २ करोडभन्दा बढी खर्च !

Featured, स्वास्थ्य
काठमाडौँ । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको ८ लाख डोज चिनियाँ खोप नेपाल ल्याउन भाडा मात्रै २ करोड बढी रकम लाग्ने भएको छ। नेपाल वायुसेवा निगमका अनुसार उक्त चिनियाँ खोप नेपाल ल्याउन २ करोड १८ लाख १० हजार ३ सय ३२ रुपैयाँ भाडा लाग्ने भएको छ। चीनले यात्रुबाहक जहाजबाट खोप पठाउन नमानेपछी नेपाल सरकार चीनबाट खोप ल्याउन बिशेष विमान नै चार्टर गर्नुपरेको स्वास्थ मन्त्रालयले जनाएको छ। चिनियाँ कम्पनी सिनोफर्मबाट उत्पादित चिनियाँ खोप नेपाल ल्याउन लागि निगमको जहाज १५ गते उडान भर्ने छ। स्मरण रहोस नेपाल ल्याउन लागिएको चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठनले हालसम्म पनि प्रयोगको लागि अनुमति दिएको छैन भने क्लिनिकल ट्रायलको कागजात बिनै उक्त चिनियाँ खोप नेपाल ल्याउन लागिएको छ। यद्यपि चिनियाँ दूतावासको दबाबमा सो खोप नेपाल ल्याउन लागिएको हो। सरकारले क्लिनिकल टायलका कागजातहरु पटक पटक माग्दा पनि चीन सरकारले ...
खोप निर्यातमा बन्देज लगाएका छैनौं : भारत

खोप निर्यातमा बन्देज लगाएका छैनौं : भारत

स्वास्थ्य
काठमाडौं । भारतले कोरोना खोप निर्यातमा कुनै पनि बन्देज नलगाएको बताएको छ । एक उच्च भारतीय अधिकारीले साझेदारी मुलुकलाई चरणबद्धरुपमा खोप सप्लाई गर्ने काम जारी रहने बताएका छन् । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भारतले अस्थायीरुपमा खोप निर्यात बन्द गरेको समाचार प्रकाशित गरेको समाचारमा कुनै सत्य नभएको दाबी ती अधिकारीको छ । स्रोतले भन्यो, ‘बेला बेलामा हाम्रो घरेलु आवश्यकताको कारणले सप्लाई गर्ने सेडुलमा केही परिवर्तन गर्नुपर्ने हुन्छ तर आगामी दिनमा चरणबद्धरुपमा खोप उपलब्ध गराउने कार्य जारी रहन्छ ।’ सप्लाई गर्ने सेडुलमा केही एडजस्ट हुनसक्ने र त्यसमा सबै सरोकारवालाले सहकार्य गर्ने अपेक्षासमेत भारतले गरेको ती अधिकारीले बताए । भारतले अहिलेसम्म ७५ मुलुकलाई ६० मिलियन खोप उपलब्ध गराएको छ ।...