स्वास्थ्य

भारतमा एकैदिन ४५ हजार ३८४ हजार संक्रमित थपिए

भारतमा एकैदिन ४५ हजार ३८४ हजार संक्रमित थपिए

Featured, समाज, स्वास्थ्य
काठमाडौं । भारतमा एकैदिन एक लाख ४५ हजार ३८४ जनामा संक्रमित भेटिएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ७९४ जनाको संक्रमणकै कारण मृत्यु भएको छ । हालसम्म १ लाख ६८ हजार ४३६ जनाको मृत्यु भइसकेको छ । यससँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ३२ लाख ५ हजार ९२६ पुगेको छ । उनीहरुमध्ये १ करोड १९ लाख ९० हजार ८५९ जना संक्रमणमुक्त भएका छन् । हाल भारतमा १० लाख ४६ हजार ६३१ सक्रिय संक्रमित छन् ।...
‘२५ जनाभन्दा बढी भेला हुन रोक लगाऔं’

‘२५ जनाभन्दा बढी भेला हुन रोक लगाऔं’

Featured, स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेको भन्दै २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सीसीएमसीलाई सिफारिश गरेको हो । कोरोना संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने सिफारिश गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पनि विद्यालयहरु अब बन्द गर्ने जनाएका छन् । यद्धपी पठनपठान भने भर्चुअल माध्यमबाट सूचारु हुने उनको भनाई छ । उनले स्वास्थ्य–सुरक्षा मापदण्ड पालना गर्न सुझाएका छन् ।...
भारतमा एकैदिन १ लाख ३१ हजार संक्रमित थपिए

भारतमा एकैदिन १ लाख ३१ हजार संक्रमित थपिए

अन्तराष्ट्रिय, स्वास्थ्य
भारत । कोरोना संक्रमितको संख्या अहिले सम्मको सबैभन्दा धेरै देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा १ लाख ३१ हजार जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या यो वर्षको सबैभन्दा धेरै हो । त्यहाँ २४ घण्टाको अवधिमा ७ सय ८० जनाको मृत्यु भएको छ । त्यहाँ कोरोना संक्रमित फेला पर्ने दर ९.२१ प्रतिशत पुगेको छ । राजधानी दिल्लीको सर गंगाराम अस्पतालका ३७ डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुले कोरोना खोप लगाइसकेका थिए । संक्रमित डाक्टरहरुमध्ये ३२ जना होम क्वारेन्टिनमा रहेको र ५ जना अस्पताल भर्ना भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।...
देशमा कोरोना संक्रमणको दोस्रो लहर आउने खतरा, सबैलाई स्वास्थ्य–सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने मन्त्री त्रिपाठीको आग्रह

देशमा कोरोना संक्रमणको दोस्रो लहर आउने खतरा, सबैलाई स्वास्थ्य–सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने मन्त्री त्रिपाठीको आग्रह

Featured, स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सबैलाई आवश्यक स्वास्थ्य–सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने बताएका छन् । कार्यक्रममा पत्रकारसँग कुरा गर्दै मन्त्री त्रिपाठीले पछिल्लो समय कोरोना संक्रमण बढेको भन्दै सबैले आवश्यक स्वास्थ्य–सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने बताएका हुन् । साथै उनले विद्यालय तथा स्कुलहरु अब भर्चुअल अवस्थामा मात्रै सञ्चालन हुने पनि विश्वास दिलाए । उनले संक्रमणको जोखिमलाई हेरेर आफूहरुले तयारी गरिरहेको पनि स्पष्ट पारे । साथै उनले संक्रमण बढ्दै गयो भने सरकारले अप्रिय निर्णय पनि लिनुपर्ने बताएका छन् । उनले पटक पटक संक्रमण बढ्ने काम नगर्न आम जनतालाई आग्रहसमेत गरेका छन् ।...
भारतमा कोरोना संक्रमणको उच्च जोखिम, नेपालमा पनि बढ्ने सम्भावना, सचेतना अपनाउन प्रधानमन्त्री ओलीको आग्रह

भारतमा कोरोना संक्रमणको उच्च जोखिम, नेपालमा पनि बढ्ने सम्भावना, सचेतना अपनाउन प्रधानमन्त्री ओलीको आग्रह

Featured, स्वास्थ्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि लकडाउनको हुने सम्भावना रहेको बताएका छन् । आज राजधानीमा आयोजित नेपाल चेम्बर अफ कमर्शको ७० औं वार्षिक साधारण सभामा बोल्दै प्रधानमन्त्री ओलीले फेरि लकडाउनको हुने सम्भावना रहेको बताएका हुन् । वाध्य भएर देश नै ठप्प पार्ने अवस्था आउनसक्ने उनले बताएका छन् । ‘वाध्य भएर ठप्प पार्ने अवस्था आउँछ,’ उनले भने,‘ कोरोना भाइरसको जोखिम बढेकाले सावधानी अपनाउनुपर्छ ।’ भारतमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएकाले नेपालमा पनि त्यस्तो खतरा बढ्न नदिन सचेतना अपनाउन उनले आग्रह गरे । ‘सीमा खुल्ला छ भयावह अवस्था हुनसक्छ, त्यसैले सावधानी अपनाउनैपर्छ ।’ उनले भनेका छन् ।...
भारतमा कोरोना संक्रमणको जोखिम उच्च, एकैदिन १ लाख २७ हजार संक्रमित थपिए

भारतमा कोरोना संक्रमणको जोखिम उच्च, एकैदिन १ लाख २७ हजार संक्रमित थपिए

अन्तराष्ट्रिय, समाज, स्वास्थ्य
काठमाडौँ । भारतमा एकै दिनमा झण्डै एक लाख २७ हजार जना सङ्क्रमित भएका छन् । भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना सङ्क्रमित भएको सरकारी अधिकारीहरुले जनाएको हो । भारतमा अहिलेसम्मकै सवैभन्दा धेरै एकैदिन एक लाख २६ हजार ७८९ जना नयाँ सङ्क्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो विवरणसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड २९ लाख २८ हजार ५७४ पुगेको छ । भारतमा अहिलेपनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या नौ लाख १० हजार ३१९ रहेको छ । पछिल्लो एक दिनमा भारतमा ६८५ जनाको कारोनभाइरसका कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६६ हजार ८६२ पुगेको छ ।...
देशमा थप २६० जनामा देखियो कोरोना सङ्क्रमण

देशमा थप २६० जनामा देखियो कोरोना सङ्क्रमण

Featured, समाज, स्वास्थ्य
सप्तरी । देशमा थप २६० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा थप २६० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७८ हजार ४७० जना पुगेको छ । हालसम्म दुई लाख ७३ हजार ४५५ जना सङ्क्रमित निको भइसकेका छन् ।...
‘जनस्वास्थ्यका मापदण्ड पालना प्रभावकारी नभएमा फेरि कोरोना भाइर उच्चविन्दुमा पुग्नसक्छ’

‘जनस्वास्थ्यका मापदण्ड पालना प्रभावकारी नभएमा फेरि कोरोना भाइर उच्चविन्दुमा पुग्नसक्छ’

Featured, पत्रपत्रिका, स्वास्थ्य
काठमाडौं । सरकारले केही दिनयताको तथ्याङ्कको आधारमा कोरोना भाइरसको संक्रमण बढेको बताएको छ । सरकारले आगामी जेठ-असारमा कोरोना भाइरसको संक्रमण फेरि उच्चविन्दुमा पुग्नसक्ने आँकलन गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले संक्रमण बढे पनि अहिले नेपालको अवस्था आतंकित हुनुपर्ने अवस्था नरहेको दाबी गरे । सोमबार संसद् बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री त्रिपाठीले अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्ने बताए । यसअघि कात्तिक महिनामा संक्रमण उच्च थियो । कात्तिक ५ गते एकैदिन ५ हजार ७ सय ४३ नयाँ संक्रमित भेटिएका थिए भने १० गते पोजेटिभिटी रेसियो (परीक्षणका आधारमा संक्रमितको अनुपात) ३५ प्रतिशत थियो । माघ पहिलो साता न्यून बिन्दुमा पुगेको संक्रमण फेरि बढ्न थालेको छ । सोमबार देशभरमा २ सय ६६ नयाँ सं...
कोरोना संक्रमणबाट देशमा आज थप ४ जनाको मृत्यु

कोरोना संक्रमणबाट देशमा आज थप ४ जनाको मृत्यु

Featured, समाज, स्वास्थ्य
सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमणबाट देशमा थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशमा आज थप २६६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७८ हजार २१० जना पुगेको छ । हाल ६४ जना क्वारेन्टाइन र १८ सय ३२ जना आइसोलेनमा रहेको मन्त्रालयले जनाएको छ ।...
देशमा थप २६६ जनामा देखियो कोरोना सङ्क्रमण

देशमा थप २६६ जनामा देखियो कोरोना सङ्क्रमण

Featured, समाज, स्वास्थ्य
सप्तरी । देशमा थप २६६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा थप १७६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७८ हजार २१० जना पुगेको छ । हालसम्म दुई लाख ७३ हजार ३४२ जना सङ्क्रमित निको भइसकेका छन् । हाल ६४ जना क्वारेन्टाइन र १८ सय ३२ जना आइसोलेनमा रहेको मन्त्रालयले जनाएको छ ।...