स्वास्थ्य

कोरोना विरुद्धको दोस्रो डोज खोप ७ देखि लगाइने

कोरोना विरुद्धको दोस्रो डोज खोप ७ देखि लगाइने

Featured, स्वास्थ्य
चितवन । कोभिड १९ विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाइने भएको छ । जिल्लामा पहिलो चरणमा खोप लगाएकालाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिलो चरणमा दुई समूहमा खोप लगाएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापनका सुरक्षाकर्मी, कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार, बैंकका कर्मचारी र स्थानीय तहका कर्मचारीलाई दोस्रो डोज दिन लागिएको हो । सो चरणमा खोप लगाउनेको सङ्ख्या १४ हजार रहेको छ । यस्तै दोस्रो चरणमा खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भने यस चरणमा खोप लगाइने छैन । जिल्लामा २७ हजारलाई दोस्रो चरणमा खोप लगाइएको कार्यालय प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो । दोस्रो चरणका लागि समय नपुगेको र खोप आइनसकेकाले केही समयपछि दोस्रो डोज खोप लगाईने छ । उनका अनुसार पहिलो चरणमा पाँच वटा केन्द्र...
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना

भारतबाट फर्किएका १५ नेपालीमा कोरोना

Featured, स्वास्थ्य
बाँके । नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । उनका अनुसार, भारतको पञ्जाब, महाराष्ट्र र गुजरातबाट आएका सङ्क्रमित सबै पुरुष छन । उनीहरुमध्ये एक रोल्पा, तीन बर्दिया, चार दैलेख, छ बाँके र एक जना सुर्खेतका रहेका छन् । बाँकेमा शुक्रबारमात्रै १९९ मा कोरोना पुष्टि भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, नेपालगञ्ज मेडिकल कलेजमा ४५ जनाको स्वाब परीक्षण गरिएकोमा ४५ जनामै कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको परीक्षणमा १२७ र बागेश्वरी प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।...
कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि

कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि

Featured, स्वास्थ्य
चितवन । कोभिड १९ विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाइने भएको छ । जिल्लामा पहिलो चरणमा खोप लगाएकालाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिलो चरणमा दुई समूहमा खोप लगाएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापनका सुरक्षाकर्मी, कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार, बैंकका कर्मचारी र स्थानीय तहका कर्मचारीलाई दोस्रो डोज दिन लागिएको हो । सो चरणमा खोप लगाउनेको सङ्ख्या १४ हजार रहेको छ । यस्तै दोस्रो चरणमा खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भने यस चरणमा खोप लगाइने छैन । जिल्लामा २७ हजारलाई दोस्रो चरणमा खोप लगाइएको कार्यालय प्रमुख दीपक तिवारीले जानकारी दिए । दोस्रो चरणका लागि समय नपुगेको र खोप आइनसकेकाले केही समयपछि दोस्रो डोज खोप लगाईने छ । उनका अनुसार पहिलो चरणमा पाँच वटा केन्द्रमार...
वीरगञ्जमा कोरोना संक्रमनबाट थप १ जनाको मृत्यु

वीरगञ्जमा कोरोना संक्रमनबाट थप १ जनाको मृत्यु

स्वास्थ्य
वीरगञ्ज । कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित रहेका युवकको आज बिहान ३ः३० बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भारतको हैदरावादबाट नेपाल फर्किएका बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका–९ छातापिपरा निवासी ३७ वर्षीय पुरुषको चैत २९ गते आरटिपिसिआर रिर्पोट पोजेटिभ आएको थियो । चैत २६ गतेदेखि वीरगञ्जको एडभान्स हस्पिटलमा उपचार गराइरहेका युवकमा सङ्क्रमण पुष्टि भए पनि उनलाई थप उपचारका लागि चैत ३० गते नारायणी अस्पतालमा भर्ना गरिएको अस्पतालका वरिष्ठ फिजिसियन डा निरज सिंहले जनाकारी दिए । स्वास्थ्य अवस्था गम्भीर हुँदै गएका युवकको चिकित्सकको टोलीले रातभरि प्रयास गरे पनि उनको जीवन बचाउन नसकिएको चिकित्सक सिंहको भनाइ छ ।यसैबीच नारायणी अस्पतालको प्रयोगशालामा चैत ३० गते ९५...
ट्राफिक प्रहरीद्वारा कोरोनाविरुद्ध सचेतना अभियान शुरु

ट्राफिक प्रहरीद्वारा कोरोनाविरुद्ध सचेतना अभियान शुरु

स्वास्थ्य
काठमाडौं । ट्राफिक प्रहरीले विश्वमा फैलिदैँ गएको दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखेर सचेतना अभियान शुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि कोरोना भाइरस रोकथाम तथा सुरक्षित बनाउनका लागि जनचेतनामूलक अभियान शुरु गरेको हो । ‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ्य र सकुशल यात्राको कामना’ भन्ने मूल नाराका साथ शुरु गरिएको कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै महामारीको रूपमा फैलिरहेको कोभिड–१९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन जनचेतनामूलक अभियान सञ्चालन गरिएको जानकारी दिए। “यातायात क्षेत्र कोभिड–१९ बाट उच्च जोखिममा रहेको छ, यस क्षेत्रमा बेलैमा सावधानी अपनाएर मात्र चलायमान बनाउनुपर्छ,” उनले भने । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचा...
भारतमा एकैदिन एक लाख ६८ हजार ९१२ हजार संक्रमित थपिए

भारतमा एकैदिन एक लाख ६८ हजार ९१२ हजार संक्रमित थपिए

अन्तराष्ट्रिय, स्वास्थ्य
काठमाडौं । भारतमा एकैदिन एक लाख ६८ हजार ९१२ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक लाख ६८ हजार ९१२ नयाँ संक्रमित थपिएको भारतय स्वास्थ्य मन्त्रालयले जनाएको हो । कोरोना संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा थप ९०४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट एक लाख ७० हजार १७९ को मृत्यु भइसकेको छ । यससँगै भारतमा कुल संक्रमितको संख्या कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ३५ लाख नाघेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १२ लाख नाघेको छ। संक्रमण बढ्दै गए पनि भारत सरकारले लकडाउन गर्न चासो देखाएको छैन तर केही राज्यमा भने सामाजिक गतिविधिमा कडाइको नियम ल्याइएको छ ।...
देशमा थप ३०३ जनामा देखियो कोरोना सङ्क्रमण

देशमा थप ३०३ जनामा देखियो कोरोना सङ्क्रमण

Featured, स्वास्थ्य
सप्तरी । देशमा थप ३०३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा थप ३०३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ जना पुगेको छ । हालसम्म २३ लाख १२ हजार ९०१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हाल दुई हजार ९६१ जना आइसोलेशनमा र ८३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।...
चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले लहानको सप्तऋषि अस्पतालमा नाराबाजी

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले लहानको सप्तऋषि अस्पतालमा नाराबाजी

स्वास्थ्य
सिरहा । लहानको सप्तऋषि अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले नाराबाजी गरिरहेका छन् । सिरहा जिल्लको लहानस्थित सप्तऋषि अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले नाराबाजी गरिरहेका हुन् । ड्याबिटिजका बिरामी रहेका सिरहा सखुवानान्कारकट्टी २ का ३५ वर्षीय रामवती यादवलाई २६ गते उक्त अस्पतालमा भर्ना गरिएको थियो । भर्नालगत्तै उनलाई आइसीयूमा राखिएको थियो। बिरामीको स्वास्थ्यमा सुधार नआएपछि आफन्तले पटकपटक अन्य अस्पतालमा रिफर गरिदिन आग्रह गर्दा पनि डाक्टरले सुनुवाई नगरेको मृतकका छोरा कृष्ण यादवले बताए । आइतबार बिहान आइसीयूबाट बाहिर ल्याएर रिफर गर्न लाग्दा उनको मृत्यु भएको थियो । आइसीयूका बिरामीलाई बाहिर ल्याउँदा अक्सिजन समेत लगाएको थिएन । अस्पतालले रिफर गरेको केही मिनेटमै अस्पताल हाताभित्रै बिरामीको मृत्यु भएको थियो । अस्पतालका चिकित्सक सन्दे...
भारतमा एकैदिन एक लाख ५२ हजार ८७९ जना कोरोना संक्रमित थपिए

भारतमा एकैदिन एक लाख ५२ हजार ८७९ जना कोरोना संक्रमित थपिए

Featured, अन्तराष्ट्रिय, स्वास्थ्य
काठमाडौं । भारतमा एकैदिन एक लाख ५२ हजार ८७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ८७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ८३९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यससँगै भारतमा कोरेनाबाट संक्रमित हुनेको संख्या एक करोड ३३ लाख ५८ नाघेको छ । त्यस्तै एक लाख ६९ हजार २७५ जनाको संक्रमणको कारण मृत्यु भइसकेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ११ लाख नाघेको छ ।...
 देशमा थप ३३७ जनामा देखियो कोरोना सङ्क्रमण

 देशमा थप ३३७ जनामा देखियो कोरोना सङ्क्रमण

Featured, समाज, स्वास्थ्य
सप्तरी । देशमा थप ३३७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा थप ३३७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै देशभर कुल संक्रमितको संख्या २ ७९ हजार ७२५ जना पुगेको छ । पछिल्लो चौबीस घण्टामा १५१ जना संक्रमति निको भएको मन्त्रालयले जनाएको छ । देशमा अहिलसम्म दुई लाख ७३ हजार ८८६ जना निको भएका छन् ।...