स्वास्थ्य

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ। कोरोना प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोनाको संक्रमण दर अत्याधिक बढेको भन्दै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेका हुन्। हरेक चार दिनमा संक्रमण दर दोब्बर रुपले वृद्धि हुँदै गइरहेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य संरचनाले धान्न नसक्ने गरी संक्रमितको संख्या बढ्दै गइरहेको प्रवक्ता गौतमले बताए। कोरोनाको जोखिम न्यूनीकरणका लागि सबैले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न मन्त्रालयले अपिल गरेको छ। मानिसहरुको धेरै भीडभाड हुने गरी सभा, सम्मेलन, जात्रा, बैठक लगायतका क्रियाकपाल नगर्न प्रवक्ता गौतमले आग्रह गरे। ‘संक्रमणको दर अत्यधिक बढेको छ। आज मात्र दुई हजार बढी संक्रमित थपिएका छन्। हरेक चार दिन दिनमा संक्रमण डबल भइरहेको छ।’, उनले भने, ‘हाम्...
भारतमा कोरोनाविरुद्धको खाेप कोभिसिल्डकाे मूल्य ६ सय

भारतमा कोरोनाविरुद्धको खाेप कोभिसिल्डकाे मूल्य ६ सय

section, स्वास्थ्य
काठमाडाैं । भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ)ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोपकाे नयाँ मूल्यसूची सार्वजनिक गरेकाे छ। भारत सरकारले खोपको नयाँ चरणको घोषणा गरेसँगै कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो। नयाँ मूल्यसूची अनुसार प्रदेश सरकारलाई ४०० रुपैयाँ प्रतिडोजमा खोप उपलब्ध गराइने छ। यस्तै, निजी अस्पताललाई ६०० रुपैयाँमा प्रतिडोजमा खोप बेच्ने कम्पनिले जनाएकाे छ। यसअघि केन्द्र सरकारले मात्रै खोप खरिद र वितरणको काम गर्दै आएको थियो। अब भने भारतमा निजी अस्पताल र प्रदेश सरकारले खोप खरिद गरेर लगाउन सक्ने छन्। उत्पादन भएकोमध्ये ५०% खोप अझै पनि केन्द्र सरकारले नै राख्ने छ भने बाँकी खोप मात्रै प्रदेश सरकार र निजी अस्पताललाई कम्पनीले बिक्री गर्न पाउने छन्। नेपा...
बढ्यो कोरोना संक्रमण दर, एकै दिन थपिए दुई हजार बढी संक्रमित

बढ्यो कोरोना संक्रमण दर, एकै दिन थपिए दुई हजार बढी संक्रमित

section, स्वास्थ्य
काठमाडौं । नेपालमा एकै दिन दुई हजार बढी कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा ९ हजार ६ सय ४७ परीक्षण गर्दा २ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर परीक्षणमा २ हजार २ सय २० र एन्टिजेनमा १३१ गरी २ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये १० हजार ५ सय ८२ जना आइसोलेसनमा छन्। हाल ८६ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा २ सय ८७ जना उपचारपछि डिस्चार्ज भएका छन्। कुल संक्रमितमध्ये १ हजार ५१ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।...
नमूना नै नलिई बन्छ पिसिआरको नेगेटिभ रिपोर्ट

नमूना नै नलिई बन्छ पिसिआरको नेगेटिभ रिपोर्ट

Featured, स्वास्थ्य
काठमाडाैं। मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ। काठमाडौँको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहितको समूह मिलेर उक्त नक्कली कार्य गरी पैसा असुल्ने गरेको खुल्न आएको छ। वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट अत्यधिक रकम लिई नमूना सङ्कलन नै नगरी नक्कली बनाउने गरेको खुलेकाले उनीहरुसहित आठ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ। सूचनाका आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले मङ्गलबार साँझ काठमाडौँको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिबाट जारी भएका स्वाब सङ्कलन तथा परीक्षण नै नगरी ‘पिसिआर टेष्ट नेगेटिभ’ भनी उल्लेख भएका चार थान नक्कली परीक्ष...
कोरोनाको उच्च जोखिममा कञ्चनपुर

कोरोनाको उच्च जोखिममा कञ्चनपुर

Featured, स्वास्थ्य
कञ्चनपुर । भारतमा रोजगारीका लागि गएका व्यक्ति फर्कने क्रमसँगै कञ्चनपुर कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमा परेको छ। भारतीय शहरमा कोरोनाका कारण बन्दाबन्दी हुन थालेपछि सीमा नाका हुँदै भारतबाट फर्कनेको सङ्ख्या दिनहुँ बढिरहेको छ। भारतबाट फर्केकामध्ये अधिकांशमा कोरोना भाइरस सङ्क्रमण देखा पर्न थालेको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार मङ्गलबारमात्रै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै फर्केका ७४० मध्ये २१४ जनाको एन्टिजेन परिक्षणमा ४५ जनाको परीक्षण नतिजा पोजेटिभ आएको छ। यसैगरी त्रिनगर (डोकेबजार) सीमा नाका भएर भारतबाट फर्केका ७१० मध्ये ४८९ जनाको एन्टिजेन परीक्षण गरिएकामा ६६ को परीक्षण नजिता पोजेटिभ आएको छ। कञ्चनपुरमा हालसम्म चार हजार ६४० जनाको एन्टिजेन परीक्षण गरिएकामा पोजेटिभको स¬ङ्ख्या ३११ रहेको छ। एन्टिजेन परीक्षणमा सक्रिय सङ्क्रमित २२८ छन् । पश्चिमी सीमा नाका गड्डाचौकी भएर आएका तीन हजार ...
कोरोना अपडेट : १७ सय ३६ जनामा संक्रमण पुष्टि, ११ जनाको मृत्यु

कोरोना अपडेट : १७ सय ३६ जनामा संक्रमण पुष्टि, ११ जनाको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौँ । पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा ११ जनाको मृत्यु भएकाे रिपाेर्ट प्राप्त भएकाे छ । ८ हजार ५५ जनाको पीसीआर तथा ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः १६६७ र ६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा २ लाख ८७ हजार ५६७ जनामा संक्रमित पुगेका छन् । यही अवधिमा २५१ जना निको भएका छन् । नेपालमा निको हुनेको कूल संख्या २ लाख ७५ हजार ८०६ जना रहेको छ । नेपालमा मृत्यु हुनेको कूल संख्या ३१ सय २ जना रहेको छ । नेपालमा ५ हजार ६५९ जना आइसोलेसनमा रहेका छन् ।...
बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको सेवा बन्द

बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको सेवा बन्द

स्वास्थ्य
सिरहा । उपचाररत एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो । सङ्क्रमणपछि उक्त महिलाको सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकसमेत रहेकाले तत्काललाई अस्पताल शिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको अस्पतालका मेसु डा नागेन्द्रप्रसाद यादवले जानकारी दिए । अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः सञ्चालनमा ल्याइने मेसु डा यादवले बताए । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ आवतजावत हुने सम्पूर्ण नाकामा कडाइ गर्न सशस्त्र प्रहरी बल नेपालका साथै नेपाल प्रहरीलाई समेत निर्देशन दिइसकेको बताए। हाल ...
२५ वर्ष मुनिको उमेर समूहमा संक्रमण बढी देखियो : मन्त्री श्रेष्ठ

२५ वर्ष मुनिको उमेर समूहमा संक्रमण बढी देखियो : मन्त्री श्रेष्ठ

Featured, स्वास्थ्य
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले २५ वर्ष मुनिका उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएका कारण विद्यालय बन्द गर्नुपरेको बताएका छन् । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदैँ मन्त्री श्रेष्ठले २५ वर्ष भन्दा मुनिका उमेर समूहमा कोरोना भाइरस संक्रमणको दर बढेकाले पठनपाठनलाई अनलाइन माध्यमबाट गर्नेगरी बैशाख मसान्तसम्मका लागि विद्यालय बन्द गरिएको बताए । उनले भने, ‘२५ वर्षभन्दा तलका उमेरका विद्यार्थी भाइ बहिनीहरुमा यसको प्रभाव अलि बेसी देखिएको हुनाले यो सन्दर्भमा लामो आवश्यक अनुसन्धान र छलफल पछि यो कोभिडको कारणले सबैभन्दा बढी प्रभावित बालबालिकामै पर्ने हुनाले आजको मन्त्रीपरिषद्ले वैशाख मसान्तसम्म स्कुलको पठनपाठनलाई नियमित गर्ने, भौतिक रुपमा विद्यालयमा विद्यार्थी भाइबहिनीहरूलाई उपस्थित हुन अनिवार्य नगर्ने र भर्चुअल मा...
भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

भारतबाट फर्किएका ५९ मा कोरोना सङ्क्रमण

स्वास्थ्य
काठमाडौँ । भारतबाट रोजगारी गरी घर फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका कम्तीमा पनि एक हजार ४५ जनामध्ये ४७५ को एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो समय भारतबाट रोजगारी गरी घर फर्किएका सुदूरपश्चिम प्रदेशका नागरिकमा कोरोना सङ्क्रमण बढ्ने क्रम देखिएको छ । कोरोना सङ्क्रमण बढ्दै गएको र यहाँका स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाले कोरोना रोकथामका लागि खासै उल्लेख्य कदम चाल्न नसकेको भन्दै स्थानीयवासीमा त्रास उत्पन्न हुन थालेको दिपायल सिलगढी नगरपालिका–४ का वीरबहादुर विष्टले बताए। उनले भने, “भारतबाट काम गरी फर्किने नागरिकमा कोरोना देखिँदै छ, रोकथामका लागि खासै पहल भएको छैन, त्रास नभए के हुनु ।” जिल्लाका स्थानीय तहले भारतबाट घर फर्किएका नागरिकलाई राख्नका ला...
भारतबाट फर्किएका १५ नेपालीमा देखियो कोरोना सङ्क्रमण

भारतबाट फर्किएका १५ नेपालीमा देखियो कोरोना सङ्क्रमण

Featured, स्वास्थ्य
राँझा । बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिएका हुन् । उनका अनुसार, भारतको पञ्जाब, महाराष्ट्र र गुजरातबाट आएका सङ्क्रमित सबै पुरुष छन । उनीहरुमध्ये एक रोल्पा, तीन बर्दिया, चार दैलेख, छ बाँके र एक जना सुर्खेतका रहेका छन् । बाँकेमा शुक्रबारमात्रै १९९ मा कोरोना पुष्टि भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, नेपालगञ्ज मेडिकल कलेजमा ४५ जनाको स्वाब परीक्षण गरिएकोमा ४५ जनामै कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको परीक्षणमा १२७ र बागेश्वरी प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।-रासस...