कोरोना अपडेट : ७७ संक्रमित थपिँदा, १०६ संक्रमण मुक्त

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७७ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ९०६ पुगेको छ ।

यस्तै, बितेको २४ घण्टामा १०६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ७१ हजार ९२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आइतबार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ०१६ रहेको छ ।

यस्तै, हिजो नेपालमा ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.