काठमाडौं। बलिउड अभिनेत्री मलाइका अरोराले बोल्ड तस्बिर सार्वजनिक गरेकी छिन्।
गर्मी लागेको भन्दै ४७ वर्षीया मलाइकाले सामाजिक सञ्जालमा बोल्ड तस्बिर सार्वजनिक गरेकी हुन्।
उनी आफ्नो फिट्नेशका कारण सधै चर्चामा आउँछिन्। उमेर ढल्कदै गए पनि उनको फिटनेसको भने चर्चा हुने गरेको छ।
मलाइका सलमान खानका भाइ अर्बाज खानकी पूर्वपत्नी हुन्। उनीहरूबीच सन् २०१७ मा सम्बन्धविच्छेद भएको थियो।