काठमाडौं। गृह मन्त्रालयले अगामी २०७८ सालमा दिने सार्वजनिक विदा, पर्व विदा, सट्टा विदा र कार्यालय समय निर्धारण गरेको छ।
निर्धारण गरेको बिदा र कार्यालय समयलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत पनि गरेको छ।
यस्तै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको प्रस्तावमा केही स्थानीय तहहरूलाई जग्गा प्राप्ति गर्न स्वीकृति पनि मन्त्रिपरिषद् बैठकले प्रदान गरेको छ।