स्वास्थ्य

चीनद्वारा घोषित खोप आएन, अनुदानको खोप बेइजिङको स्टोरमा !

चीनद्वारा घोषित खोप आएन, अनुदानको खोप बेइजिङको स्टोरमा !

स्वास्थ्य
काठमाडौँ । नेपालमा कोरोनाविरुद्धको खोपको अभाव भइरहँदा चीन सरकारले अनुदान सहयोगमा नेपाललाई दिएको कोरोनाविरुद्धको खोप भने उतै थन्किएको छ । चीन सरकारले चिनियाँ कम्पनी सिनोफर्मबाट उत्पादित ८ लाख डोज खोप अनुदान दिने घोषणा गरेपनि नेपालकै खर्चमा खोप ल्याउनुपर्ने भएकाले बेइजिङमै थन्किएको हो । यता, खोप अभाव हुँदा नेपालमा कोरोनाविरुद्धको खोप अभियान नै स्थगित गर्नु परेको छ । चीन सरकारले पहिलो पटक ३ लाख डोज खोप अनुदान दिने घोषणा गरेपछि परराष्ट्र मन्त्रालयसँगको संवादपछि चीनले पछि थप ५ लाख डोज खोप दिने घोषणा गरेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका प्रमुख डा. भीमसिंह तिंकरी बताउँछन् । तर, चीनले अनुदानमा दिएको खोप आपत्कालीन प्रयोगका लागि खोप ल्याउने भनिए पनि अझै ती खोप बेइजिङको स्टोरमा थन्केर बसेको छ ।...
श्रीमतीको हत्यापछि प्रहरीलाई फोन

श्रीमतीको हत्यापछि प्रहरीलाई फोन

Featured, स्वास्थ्य
डडेल्धुरा । डडेल्धुरामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका–५ ठाँटाका २९ वर्षीय श्याम साउँदले २८ वर्षीय श्रीमती मनिषा साउदको हत्या गरेका हुन् । ढेड फिट लामो चिरेको काठले हिर्काएर मनिषाको हत्या गरेको डडेल्धुराका प्रहरी नायव निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए । शनिबार दिउँसो ३ बजे साउदले श्रीमतीको हत्या गरेर आफैंले स्थानीय प्रहरी चौकीमा ७ बजे फोनबाट खबर गरेको उनले बताए । श्रीमतीको हत्या गरेका साउदलाई शनिबार राति नै प्रहरीले पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याएको प्रहरी नायव निरीक्षक चन्दले बताए । श्रीमान् श्रीमतीमा सामान्य घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको प्राराम्भिक अनुसन्धानबाट खुलेको बताए । ‘म बाहिर थिएँ । घरमा आउँदा श्रीमती रक्ताम्य देखेँ। मृत्यु भइसकेको जस्तो छ भनेर साउदले प्रहरीकहाँ खबर गरे सुरुमा,’ प्रहरी नायब निरीक्षक चन्दल...
रोकियो कोरोनाविरुद्धको नियमित खोप अभियान

रोकियो कोरोनाविरुद्धको नियमित खोप अभियान

section, स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो प्राथमिकतामा परेकाहरुका लागि २० दिनका लागि संचालन गरेको कोरोनाविरुद्धको खोप अभियान रोकिएको छ। मन्त्रालयले गत फागुन २३ गतेदेखि दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउन सुरु गरेपनि खोप अभियानको १० दिनपछि स्थगित भएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको प्रेस ब्रिफिङ मार्फत फागुन २३ गतेबाट सञ्चालन गरिएको दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान चैत ३ गतेदेखि सकिएको जानकारी दिए। दोस्रो प्राथमिकतामा परेकाहरुलाई गत फागुन २३ गतेदेखि खोप अभियान संचालन गर्दा स्वास्थ्य मन्त्रालयले नै सो अभियान दुई चरणमा हुने र पहिलो १० दिनसम्म ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउने योजना अनुसार खोप अभियान सुरु गरेको थियो। यस्तै खोप अभियानको १० दिन पछि अर्थात चैत ४ गतेदेखि ५५ देखि ६४ वर्ष उमेर समुहका व्यक्तिलाई खोप लगाउने घोषणा ...
जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी : अस्पताल

जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी : अस्पताल

स्वास्थ्य
काठमाडाैँ । नेपाली कांग्रेसका युवानेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख कर्पोरेट कम्युनिकेशन एण्ड पिआर डिपार्टमेन्ट सोमनाथ बाँस्तोलाले आज विज्ञप्ति जारी गरी मस्तिष्काघात भई उपचार गराइरहनुभएका जोशीको अवस्था गम्भीर रहेको जानकारी दिए । उनका अनुसार जोशीलाई हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । केही सञ्चारमाध्यमले जोशीका बारेमा भ्रामक समाचार सम्प्रेषण गरेपछि अस्पतालले विज्ञप्ति निकालेर उनको अवस्थाबारे जानकारी गराएको हो । विज्ञप्तिमा केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको तर अहिले भने अवस्था गम्भीर भएको जनाइएको छ। “आफैँले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको ‘सपोर्ट’बिना नै राखिएको थियो तर अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो”, विज्ञप्तिमा भनिएको छ, “हाल भेन...
चीन सरकारको नयाँ नियम : कोरोनाविरुद्धको आफ्नो देशकाे खोप लगाएमात्रै भिसा

चीन सरकारको नयाँ नियम : कोरोनाविरुद्धको आफ्नो देशकाे खोप लगाएमात्रै भिसा

स्वास्थ्य
काठमाडौं । चीनले आफ्नो देशमा उत्पादित कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिएका व्यक्तिलाई सहज रुपमा भिसा दिने निर्णय गरेको छ । चिनियाँ खोपको पूर्ण डोज लिएको प्रमाणपत्र देखाउने मानिसले मात्र सहज रुपमा भिसा पाउने चिनियाँ दूतावासले जनाएको छ । सोमबार चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै पूर्ण रुपमा चिनियाँ कोरोना खोप लगाएका मानिसलाई भिसामा सहजीकरण गरिने बताएको हो । दूतावासले विज्ञप्तिमा आवश्यक काम तथा उत्पादन खपत (काम, व्यवसाय, भ्रमण आदि) प्रयोजनका लागि जाने, आपतकालीन मानवीय सहायताका लागि जाने र अपेक बिजनेस कार्ड भएका व्यक्तिहरुलाई चिनियाँ खोप लगाएको प्रमाणपत्र देखाएपछि भिसा दिइने बताएको छ । यद्यपि उनीहरुले नेगेटिभ पीसीआर र एन्टिबडी परीक्षणको रिपोर्ट देखाउनुपर्नेछ भने चीन प्रवेश गर्ने व्यक्ति अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम भने कायमै रहनेछ । नेपालसँगै अमेरिका, भारत, पाकिस्ता...
ड्युटी नगरी निजी अस्पतालमा काम गर्ने दुई जना डाक्टर बर्खास्त

ड्युटी नगरी निजी अस्पतालमा काम गर्ने दुई जना डाक्टर बर्खास्त

स्वास्थ्य
हेटौडा । आफ्नो डिउटीको समयमा काम नगरी निजी अस्पतालमा काम गर्ने दुई जना डाक्टर बर्खास्तमा परेका छन् । हेटौंडा अस्पतालमा कार्यरत जनरल सर्जन विशेषज्ञ डा. साजित अन्सारी र छाला तथा यौनरोग विशेषज्ञ डा. बुद्धिराज पाण्डेलाई अस्पतालले वर्खास्त गरेको जनाएको छ । नियमविपरीत कार्य गरेको भन्दै अस्पताल विकास समितिको बैठकले सेवाबाट बर्खास्त गरेको हेटौंडा अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डा. प्रविण श्रेष्ठले बताए । उनीहरु ६ वर्ष देखि हेटौंडा अस्पतालमा कार्यरत थिए । डा. अन्सारीविरुद्ध बारम्बार सेवाग्राहीको गुनासो आउने र ड्युटी समयमा धेरै पटक निजी क्लिनिकमा काम गर्दै गरेको अवस्थामा भेटेपछि अस्पतालले बर्खास्त गरेको जनाएको छ। उनले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा आफ्नै निजी क्लिनिकसमेत सञ्चालन गरिरहेका छन् । अ त्यस्तै, छाला तथा यौनरोग विशेषज्ञ डा. बुद्धिराज पाण्डेलाई अस्पतालमा आएका बिरामीलाई नि...
के हो कोभिसिल्ड खोप? यसले कसरी काम गर्छ?

के हो कोभिसिल्ड खोप? यसले कसरी काम गर्छ?

स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालनमा छ। अभियानमा अक्सफोर्ड आस्ट्राजेनेकाले बनाएको र भारतको सिरम इन्स्टिट्युट अफ इन्डियाले उपत्पादन गरेको कोभिसिल्ड खोप प्रयोग गरिएको छ। तर‚ कोभिसिल्ड खोपले कसरी निर्माण गरियो र यसले कसरी काम गर्छ भन्ने धेरैलाई जानकारी छैन। कोभिसिल्ड खोप एक प्रकार भाइरल भेक्टर अर्थात् आनुवंशिक स्वरूप परिवर्तन गरिएको भाइरस हो। चिम्पान्जीबाट निकालिएको सामान्य रुघाखोकी गराउने एडिनो भाइरसलाई निस्तेज पारेर यो खोप बनाइएको हो। कसरी काम गर्छ? आनुवंशिक स्वरूप परिवर्तन गरिएको भाइरसबाट बनाइएको कोभिसिल्ड खोप मानिसलाई दिएपछि रोग प्रतिरोध प्रणाली बलियो बनाउने र यसले शरीरमा एन्टिबडीहरू बनाउँछ। यसरी बनेको एन्टिबडीले कोरोनासँग लड्न सक्ने विश्वास गरिन्छ। कोभिसिल्ड खोप दुई मात्रामा लगाउनुपर्ने बताइएको छ। पहिलो डोज खोप लगाएको ८ देखि १२ हप्ताभित्र अर्को डोज खोप लगाउनुपर्ने ...
भेरी नगरपालिकामा बर्ड फ्लु देखियो

भेरी नगरपालिकामा बर्ड फ्लु देखियो

स्वास्थ्य
काठमाडौं । जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले ती कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पिसिआर परीक्षण गर्दा बर्ड फ्लु देखिएको जानकारी दिए । योसँगै माघयता नेपालमा पाँच पटक बर्ड फ्लु देखिएको हो । यसअघि काठमाडौँको तारकेश्वर–१ मा दुईपटक र वडा नं ७ मा एकपटक र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एकपटक बर्ड फ्लु देखिएको थियो । बर्ड फ्लु पुष्टि भएपछि उक्त क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रण गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको छ । उनले रोग नियन्त्रण कार्यलाई सहजीकरण गर्न पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट पशु चिकित्सकको विज्ञ टोली जाजरकोट पठाइएको जानकारी दिए । बर्ड फ्लु देखिएको क्षेत्रका रहेका सम्पूर्ण घरपालुवा ...
भारतले अनुदान दिएकाे कोरोनाविरुद्धको खोप लगाए प्रधानमन्त्रीले

भारतले अनुदान दिएकाे कोरोनाविरुद्धको खोप लगाए प्रधानमन्त्रीले

स्वास्थ्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षण अस्पताल महाराजगञ्जमा कोरोनाविरुद्धको खोप लगाएका छन् । आजबाट दोस्रो चरणमा ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई दिइने खोप अभियान अन्तर्गत उनले पनि खोप लगाएका हुन् । उनले पाैने ११ बजे खाेप लगाएका हुन्। उनीसँगै खोप लगाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री बिष्णु पौडेल, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट पनि त्रिवि शिक्षण अस्पताल पुगेका थिए । गृहमन्त्री रामबहादुर थापा बादलले भने सशस्त्र प्रहरी बल अस्पताल पुगेर कोरोना खोप लगाएका छन् । उनीहरू सबै जनाले भारतले अनुदानमा दिएकाे कोरोनाविरुद्धको खोप काेभिसिल्ड लगाएका छन्। ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई १० दिनसम्म खोप लगाइनेछ । ११ औँ दिनदेखि ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने कार्यक्रम रहेको छ । यसअघि माघ १४ गतेदेखि पहिलो चरणमा अग्रपंतिमा रहेका ...
कोरोना विरुद्धको खोप: नेपाल आइपुग्यो कोभ्याक्स सुविधाअन्तर्गत साढे ३ लाख बढी डोज

कोरोना विरुद्धको खोप: नेपाल आइपुग्यो कोभ्याक्स सुविधाअन्तर्गत साढे ३ लाख बढी डोज

स्वास्थ्य
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको ३ लाख ४८ हजार डोज आज नेपाल आईपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको मात्रा आइतबार काठमाडौं आईपुगेका हो । दोस्रो चरणको खोप अभियान शुरू भएकै दिन कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुगेको हो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो । स्वस्थ्य तथजनसंख्या मन्त्रालयले चीनले दिने भनेको ८ लाख खोप पनि चाँडै आउने भएको छ । खोप भित्रिएको पुष्टि गर्दै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपालमा कोभ्याक्सको को...