स्वास्थ्य

प्रधानमन्त्री ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउने

प्रधानमन्त्री ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउने

Featured, स्वास्थ्य
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको जानकारी दिए । सरकारले आइतबारदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ । सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ ।...
मन्त्री त्रिपाठीले भने-खोप सबै नेपालीमा पुर्‍याउने सरकारको प्रयासरत छ

मन्त्री त्रिपाठीले भने-खोप सबै नेपालीमा पुर्‍याउने सरकारको प्रयासरत छ

स्वास्थ्य
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पुर्‍याउने प्रयास भइरहेको बताएका छन् । मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सबै जनतालाई खोप उपलब्धता जटिल भए पनि विभिन्न माध्यमबाट खोप खरीद गरी पुर्‍याउने प्रयास भइरहेको बताएका हुन् । “सबै देशले आफ्ना जनतालाई खोप लगाउँदैछन् । खोपको माग र उत्पादन अवस्था हेर्दा नेपाली सबैलाई खोप पुर्‍याउने जटिल छ”, उनले भने, “तर हामीले विभिन्न माध्यमबाट खोप ल्याएर सबै जनतालाई पुर्‍याउने प्रयासमा छौँ ।” सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । पहिलो चरणअन्तर्गत १.४ प्रतिशतलाई खोप प्रदान गरेको छ । मन्त्री त्रिपाठीले भारतमा उत्पादन भएको कोभिशिल्ड खोपको ५० लाख मात्रा किन्ने प्रक्रियासमेत शुरु भइसकेको जानकारी दिए ।...
काेराेना खाेप: सिनोफार्म ७९, कोभिसिल्ड ८४ प्रतिशत प्रभावकारी

काेराेना खाेप: सिनोफार्म ७९, कोभिसिल्ड ८४ प्रतिशत प्रभावकारी

स्वास्थ्य
काठमाडाैँ । भारतले अनुदानमा दिएको कोभिसिल्ड खोप नेपालमा साढे चार लाखले लगाइसकेका छन् । चीनको सिनोफार्म खोपप्रति नेपाली जनतामा त्यति धेरै आकर्षण देखिएको छैन । भाइरसविज्ञ डा।सन्तोष दुलाल सिनोफार्मभन्दा कोभिसिल्ड निकै प्रभावकारी भएको बताउँछन् । उनका अनुसार चीनले अनुदानमा दिएको सिनोफार्मको असर कोभिसिल्डको भन्दा बढी हुन सक्छ । सिनोफार्म रासायनिक रूपले कोरोना भाइरसलाई निष्क्रिय पारिएको खोप भएको उनको भनाइ छ । ‘यसको प्रयोगले केही असर गर्न सक्छ, तर अक्सफोर्ड–एस्ट्राजेनेकाले भारतमा उत्पादन गरेको कोभिसिल्ड खोप चिम्पान्जीको गैरसंक्रामक र हानिरहित एडेनो भाइरस भेक्टरमा कोरोना भाइरसको स्पाइक प्रोटिनलाई जेनेटिकल्ली मोडिफाइड गरिएको छ, यसको प्रयोगले शरीरमा असर गर्दैन,’ उनले भने । भारत बायोटेकले उत्पादन गरेको ‘कोभ्याक्सिन’ पनि रासायनिक रूपले पूर्ण कोरोना भाइरसलाई निष्क्रिय पारिएको खोप हो । सिनोफार्मको प्रभ...
भारतले अनुदानकाे खाेप नेपाल नै ल्याएर दियाे, चीनकाे अनुदानको खोप ल्याउन चार्टर विमान

भारतले अनुदानकाे खाेप नेपाल नै ल्याएर दियाे, चीनकाे अनुदानको खोप ल्याउन चार्टर विमान

स्वास्थ्य
काठमाडाैँ । चीन सरकारले अनुदानस्वरूप उपलब्ध गराउने कोभिड–१९ विरुद्धको खोप ‘सिनोफार्म’ ल्याउन नेपाल आफैँले खर्च गर्नुपर्ने भएको छ । अनुदानको आठ लाख डोज खोप आफ्नै खर्चमा ल्याउनुपर्ने भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभागका अनुसार चीनले दिएको आठ लाख डोेज खोप लिन चार्टर विमान पठाउन लागिएको छ । ‘अनुदानको खोप भए पनि आफ्नै खर्चमा ल्याउनुपर्ने भएको छ,’ विभागका एक अधिकारीले भने, ‘नेपाल एयरलाइन्स वा हिमालयन एयरलाइन्स कुन जहाज पठाउने भन्ने यकिन निर्णय भइसकेको छैन ।’ विमान चार्टर गर्न कम्तीमा १० हजार डलर खर्च हुने अनुमान गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आगामी दश दिनभित्र सो खोप आउनेछ । अनुदानको खोप ल्याउन विमान चार्टर गर्नु उचित नहुने सुझाब स्वास्थ्य मन्त्रालय र विभागका अधिकारीहरूले दिएका छन् । गत ९ माघमा भारत सरकारले नेपाललाई अनुदानमा दिएको १० लाख डोज उसकै खर्चमा नियमित ...
‘रेमिट्यान्स दुरूपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

‘रेमिट्यान्स दुरूपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

Featured, स्वास्थ्य
बागलुङ । बागलुङमा वर्षेनी सम्बन्धविच्छेदका घटना बढ्दै गएको छन् । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । विसं २०७४ मा नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका जटिलतामा धेरै सहजता आएको छ । पछिल्लो समय महिला या पुरुषमध्ये कुनै एक पक्षले चाहे अदालतमा सम्बन्धविच्छेद मुद्दा दर्ता गर्न सक्ने व्यवस्था छ । यसैकारण पनि महिला र पुरुष दुवैले सम्बन्धविच्छेद गर्ने क्रम बढेको अदालतले जनाएको छ । जिल्ला अदालत बागलुङमा चालु आर्थिक वर्ष २०७७/०७८ को सात महिनासम्म ११६ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको जिल्ला अदालत बागलुङका स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले जानकारी दिए । कोरोना भयावहका कारण लामो समय अदालती सेवा बन्द हुँदा पनि यस वर्ष ११६ सम्बन्धविच्छेदका मुद्दा परेको उनको भनाइ छ । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा सम्बन्धविच्छेदका...
पूर्वप्रधानमन्त्री भट्टराई स्वास्थ्योपचारका लागि भारत जाँदै

पूर्वप्रधानमन्त्री भट्टराई स्वास्थ्योपचारका लागि भारत जाँदै

स्वास्थ्य
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली जाँदै छन् । उनी आज नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान लागेका हुन् । उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए । अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि जान लागेका हुन् । दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ । उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ त्यहाँस्थित नेपालको दूतावासमा हुनेछ । उपचारका क्रममा उनीसँग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहनेछन् ।...
बुधबार थपिए १२५ कोरोना संक्रमित, ९१ जना डिस्चार्ज

बुधबार थपिए १२५ कोरोना संक्रमित, ९१ जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ९१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६९ हजार ३९४ पुगेको छ । यसैगरी आज देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६२१ रहेको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु भएको छैन । नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै हिजो नेपालमा १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।...
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख नजिक

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख नजिक

अन्तराष्ट्रिय, स्वास्थ्य
एजेन्सी । अमेरिकामा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या करिब ५ लाख पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७८७ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ९९ हजार ९९१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६३ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ८३ लाख नाघेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ८४ लाख ७९ हजार ४१८ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ९४ लाख १ हजार ८११ जनामध्ये १८ हजार ७१६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।...
थप १०५ जनामा कोरोना संक्रमण, ९९ जना डिस्चार्ज

थप १०५ जनामा कोरोना संक्रमण, ९९ जना डिस्चार्ज

स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ९४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ९९ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६९ हजार ३०३ पुगेको छ । यसैगरी आज देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५८७ रहेको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु भएको छैन । नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै हिजो नेपालमा १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।...
डब्लुएचओद्वारा अस्ट्राजेनिका खोपलाई मान्यता प्रदान

डब्लुएचओद्वारा अस्ट्राजेनिका खोपलाई मान्यता प्रदान

अन्तराष्ट्रिय, स्वास्थ्य
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने डब्लुएचओले विश्वास लिएको छ । अस्ट्राजेनिकाको खोपलाई कोभाक्स कार्यक्रम मार्फत विश्वभर वितरण गर्न डब्लुएचओको अनुमतिले सहज बनाएको छ । डब्लुएचओले यसअघि फाइजरले विकास गरेको खोपलाई मान्यता दिइसकेको छ । डब्लुएचओले जारी गरेको विज्ञप्तिमा कोभाक्स मार्फत विश्वभर नै खोप वितरण गर्न यस निर्णयले सघाउ पुग्ने उल्लेख छ । अस्ट्राजेनिकाको खोप हाल भारतको सेरम इन्स्टिच्यूट र दक्षिण कोरियाको एसकेबायोले उत्पादन गरिरहेका छन् । भारत र दक्षिण कोरियाबाट अस्ट्राजेनिकाका करिब ३३ करोड ७२ लाख डोज खोप उत्पादन भइसकेको छ । यो खोप कोभाक्समा आबद्ध करिब १४५ मुलुक सहभागी ...