स्वास्थ्य

कोरोना खोपको प्रभावकारिता ७८ प्रतिशतः ढुक्क भएर लगाउन आग्रह

कोरोना खोपको प्रभावकारिता ७८ प्रतिशतः ढुक्क भएर लगाउन आग्रह

स्वास्थ्य
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ को प्रभावकारी ७८ प्रतिशत रहेको जनाएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज आयोजना गरेको ‘कोभिड–१९ को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले खोपको प्रभावकारिता ७८ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरे । उनले खोपले अहिलेसम्म ठूलै नकारात्मक असर नगरेकाले खोप निर्धक्क भएर लगाउनुपर्नेमा जोड दिँदै खोप लगाउँदा सामान्य असर देखिएपनि त्यो असर विस्तारै आफै हराएर जाने बताए । उनले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउन थालिएको भन्दै पहिलो चरणको प्राथमिकतामा परेका व्यक्तिमा खोप लगाउँदा ८३ प्रतिशतलाई समेट्न सकिएको जानकारी दिए । सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख मात्रा कोभिशिल्ड खोप यहि माघ १४...
सोमबार थपिए १२२ कोरोना संक्रमित, १४४ जना डिस्चार्ज

सोमबार थपिए १२२ कोरोना संक्रमित, १४४ जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ८४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १४४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६९ हजार २०४ पुगेको छ । यसैगरी आज देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५८१ रहेको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै हिजो नेपालमा १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।...
काठमाडौंमा स्वास्थ्य विज्ञहरुको चर्चा– ढुक्क भएर कोभिसिल्ड लगाउनुस

काठमाडौंमा स्वास्थ्य विज्ञहरुको चर्चा– ढुक्क भएर कोभिसिल्ड लगाउनुस

Featured, स्वास्थ्य
काठमाडाैँ । स्वास्थ्य क्षेत्रका विज्ञहरुले भारतको सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिसिल्ड खोप ढुक्क भएर लगाउन सुझाएका छन्। स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कोभिड–१९ को महामारी र कोभिसिल्ड खोपको प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले ढुक्क भएर सो खोप लगाउन सुझाव दिएका छन् । उहाँहरुले कोभिसिल्ड अन्य १६ बटा मुलुकहरूमा पनि प्रयोग भइरहेको एवं सुरक्षित र प्रभावकारी भएकोले कोभिसिल्ड ढुक्क भएर लगाउन सुझाव दिएका हुन् । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले कोभिसिल्ड खोपको गुण्स्तरीयता, भण्डारण गर्दा अपनाइएको मापदण्ड, उत्पादन क्षमता र न्यून आय भएकाले पनि खरीद गर्न सक्ने मुल्यको आधारमा नेपालमा मान्यता दिइएको बताए। उनले भारतमा बनेको सेरम इन्सिच्युटले उत्पादन गरेको कोभिसिल्डले सम्पुर्ण मापदन्डको आधारमा सबभन्दा प्रभावकारी खोप मध्येको एक रहेको प्रामाणिकता प्राप्त ग...
परीक्षणको नतिजासम्म उपलब्ध नगराउने चिनियाँ खोप किन लगाउने ?

परीक्षणको नतिजासम्म उपलब्ध नगराउने चिनियाँ खोप किन लगाउने ?

स्वास्थ्य
काठमाडाैँ । नेपाललाई धेरै मुलुकहरुले कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए । त्यसमा भारत अग्रपंक्तिमा रहेको छ । नेपाललाई कोरोना महामारीविरुद्धको अचुक अस्त्र कोभिड-१९ खोप उपलब्ध गराउने पहिलो मुलुक बन्‍यो भारत । नेपालको औषधि व्यवस्था विभागले भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरेको खोपलाई मात्रै आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ । भारतले नेपाललाई १० लाख डोन खोप सहयोग गरेपछि चीनले पनि तीन लाख डोज खोप प्रदान गर्ने घोषणा गर्‍यो र पछि २ लाख डोज थप गर्ने निर्णय गर्‍यो । चीनले पनि खोप कूटनीतिमा भारतलाई पछ्याइरहेको भए पनि नेपालमा चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप प्रयोगका लागि अनुमति दिइएको छैन । चिनियाँ कम्पनीले अनुमति माग गरे पनि आवश्यक डकुमेन्टहरु उपलब्ध गराएको छैन । नेपालको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा कुनै राजनीतिक संकट आएको अवस्थामा निकै सक्रि...
थप १०४ जनामा कोरोना संक्रमण, १३१ जना डिस्चार्ज

थप १०४ जनामा कोरोना संक्रमण, १३१ जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ७१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १३१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६९ हजार ६० पुगेको छ । यसैगरी आज देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६०४ रहेको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु भएको छैन । नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै हिजो नेपालमा ५७ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।...
सुत्नुअघि यस्ता खानेकुरा खाँदा स्वास्थ्यमा पर्न सक्छ गम्भीर असर

सुत्नुअघि यस्ता खानेकुरा खाँदा स्वास्थ्यमा पर्न सक्छ गम्भीर असर

स्वास्थ्य
रातमा खाने खानेकुराले स्वास्थ्यमा असर पार्ने वा फाइदा पुर्याउँने कुराको निर्धारण गर्छ । केही खानेकुराहरु हामीले सुत्नुअघि सेवन गर्नुहुँदैन । केही व्यक्तिहरु सुत्नुअघि चिया पिउने आदत बनाएका हुन्छन् । जसले स्वास्थ्यलाई असर पुर्याउँछ । राति सुत्नुअघि चिया पिउँदा निन्द्रा हराउँछ । यस्तै, कोही व्यक्ति राति सुत्नुअघि भोक लाग्यो भने चिप्स खाने गर्छन् । तर, यस्तो बानी स्वास्थ्यका लागि बेफाइदाजनक हुन्छ । प्रोसेस्ड खानामा मोनोसोडियम ग्लूटेमेट अधिका मात्रा पाइने भएकाले अनिन्द्राको समस्या बढ्छ । रातको समयमा चक्लेट खाने बानीले निन्द्रामा असर पार्छ । चकलेटमा क्याफिनको मात्रा धेरै हुने भएकाले निन्द्राका लागि बाधक सावित हुन्छ । यसैगरी, राति सुत्नुअघि माछामासुको सेवन पनि स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । यस्ता खानेकुरा पाचन हुन लामो समय लाग्ने हुँदा पेटसम्बन्धी समस्याहरु पैदा हुन्छ ।...
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुग्यो

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै नेपालमा आज थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १३६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६८ हजार ७९६ पुगेको छ । यसैगरी आज देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७०७ रहेको छ ।...
थप १२७ जनामा कोरोना संक्रमण, १३६ जना डिस्चार्ज, २ जनाको मृत्यु

थप १२७ जनामा कोरोना संक्रमण, १३६ जना डिस्चार्ज, २ जनाको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १३६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६८ हजार ७९६ पुगेको छ । यसैगरी आज देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७०७ रहेको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।...
अमेरिकामा कोरोना संक्रमणबाट ४ लाख ८६ हजार भन्दाबढीकाे मृत्यु

अमेरिकामा कोरोना संक्रमणबाट ४ लाख ८६ हजार भन्दाबढीकाे मृत्यु

स्वास्थ्य
काठमाडौं । अमेरिकामा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ८६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६८ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ८६ हजार ९२२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ८० लाख नाघेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ७९ लाख ३० हजार ८१९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ९५ लाख ८४ हजार ४९९ जनामध्ये २० हजार ४०७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।...
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८३ हजार नाघ्यो

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८३ हजार नाघ्यो

अन्तराष्ट्रिय, स्वास्थ्य
काठमाडौं । कोरोना भाइरसकाे संक्रमणबाट अमेरिकामा ४ लाख ८३ हजारभन्दा बढीकाे मृत्यु भएकाे छ । पछिल्लो २४ घण्टामा ३ हजार ४३२ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ८३ हजार २०० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९६ हजार ८०६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ७८ लाख ९७ हजार २१४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ७८ लाख २७ हजार ३२३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ९५ लाख ८६ हजार ६९१ जनामध्ये २१ हजार १८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।...