स्वास्थ्य

केन्द्रीय कारागारका दुई हजार ७०० कैदीबन्दीलाई कोरोना खोप

केन्द्रीय कारागारका दुई हजार ७०० कैदीबन्दीलाई कोरोना खोप

स्वास्थ्य
काठमाडाैं । सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो । केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना अधिकारी रविनकुमार राईले तीन हजार ३३६ कैदीबन्दी रहेको केन्द्रीय कारागारमा दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरिएको जानकारी दिनुभयो । “कोरोना खोप लगाउन नमान्ने कैदीबन्दी र विरामी कैदीबन्दीबाहेक अन्य सबै कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेका छौँ”, राईले भन्नुभयो । विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो कारागारमा देशभरका अरु कारागारको तुलनामा धेरै कैदीबन्दी रहेका छन् । केन्द्रीय कारागार परिसरभित्र हाल केन्द्र, भद्र र महिला गरी तीनवटा जेल रहेका छन् । देशभरका कैदीबन्दीको उपचारका लागि केन्द्रीय कारागार ...
चीनमा उत्पादित सिनोभ्याक खोपमाथि नेपालसहित अधिकांश मुलुककाे आशंका

चीनमा उत्पादित सिनोभ्याक खोपमाथि नेपालसहित अधिकांश मुलुककाे आशंका

Featured, स्वास्थ्य
काठमाडाैँ । महाव्याधी कोभिड-१९ विरुद्धको खोपले मानव समुदायमा फेरि हर्षको सञ्चार गरेको छ । तर, महाव्याधि विरूद्धको खोपमा पनि संसारभर राजनीतिक, कूटनीतिक र व्यासायिक रणनीतिको छाया परेको देखिएको छ । नेपालमा अहिलेसम्म भारतले अनुदानमा दिएको १० लाख मात्रा खोप आइपुगेको छ । चीन सरकारले पनि चीनमा बनेको ५ लाख मात्रा खोप अनुदानमा दिने भएको छ । भारतबाट प्राप्त खोप अहिले प्राथमिकताका आधारमा देशभर नै दिन सुरु भइसकेको छ । यसैबीच चीनले दिने भनेको खोप लिन नेपालले आनाकानी गरेको र चीनले पनि नेपालले मागेको प्राविधिक विवरण दिन आलटाल गरेको समाचार विभिन्न सञ्चार माध्यममा आएको छ । तर, नेपाल वा चीन सरकारले भने यस विषयमा खुलस्त जानकारी दिएका छैनन् । यसले चीनले दिने खोप र समग्रमा जनमानसमा खोपकै विषयमा भ्रम उत्पन्न हुनसक्छ । चीनले खोप उपलब्ध गराउने भने पनि विश्वका विभिन्न मुलुकहरुबाट चिनियाँ खोपप्रति आशंका उत्पन्न ...
फेरि घट्याे पीसीआर परीक्षणकाे शुल्क

फेरि घट्याे पीसीआर परीक्षणकाे शुल्क

स्वास्थ्य
काठमाडौँ ।  सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पीसीआर शुल्क समायोजन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पीसीआर शुल्क एक हजार रुपैयाँ लिने जानकारी दिए । यसअघि पीसीआर परीक्षण शुल्क रु दुई हजार लिने गरेको थियो । यस्तै अबदेखि कोभिड–१९ को उपचार सरकारी अस्पतालमा मात्र गर्ने भएको छ । यसअघि निजी अस्पताल र मेडिकल कलेजमा पनि कोभिड–१९ को उपचार गराइरहेको सरकारले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसहित सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा बुधबार बसेको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को बैठकले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको हो । मन्त्रालयले यसअघि कोभिड–१९ को उपचारका लागि तोकिएका मेडिकल कलेजमा आजसम्म भर्ना भई उपचार रहेक...
बुधबार ४०९ जनाले कोरोनाविरुद्धको खोप लगाए

बुधबार ४०९ जनाले कोरोनाविरुद्धको खोप लगाए

स्वास्थ्य
काठमाडौं । बुधबार ४ सय ९ जनाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीसहित ४ सय ९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका हुन् । जसमा २ सय ६९ पत्रकार र १ सय ४० जना कुटनीतिक नियोगका कर्मचारी सहभागी थिए । सिभिल अस्पतालमा २ सय ६९ जना पत्रकारले खोप लगाएका छन् भने त्रिवि शिक्षण अस्पतालमा १ सय ४० जना कुटनीतिक नियोग तथा दूतावासका कर्मचारीले खोप लगाएका छन् । त्यस्तै युएन एजेन्सीका लागि तोकिएको पाटन अस्पतालमा तीन दिनको अवधिमा ११ जनाले मात्रै खोप लगाएका छन् । यसअघि सोमबार र मंगलबार क्रमशः २ सय २६ र ३ सय २० जना पत्रकारले खोप लगाएका थिए । सरकारले सोमबारबाट पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरेको हो । खोप कार्यक्रम शुक्रबारसम्म सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
कोरोना अपडेटः थप १३४ जनामा संक्रमण, ११८ जना डिस्चार्ज

कोरोना अपडेटः थप १३४ जनामा संक्रमण, ११८ जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ३४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ११८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६८ हजार ५४९ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७५३ रहेको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु भएको छैन । नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट २ हजार ४७ जनाको मृत्यु भएको छ । यस्तै हिजो नेपालमा १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।...
अमेरिकामा कोरोनाबाट ४ लाख ७९ हजार बढीकाे मृत्यु

अमेरिकामा कोरोनाबाट ४ लाख ७९ हजार बढीकाे मृत्यु

स्वास्थ्य
काठमाडौं । अमेरिकामा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ७९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार २६५ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ७९ हजार ७७२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९५ हजार ५४२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ७७ लाख ९९ हजार नाघेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ७६ लाख ३९ हजार २१७ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ९६ लाख ८० हजार ९५७ जनामध्ये २१ हजार ४६० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।...
शिक्षक कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न शिक्षा मन्त्रालयको आग्रह

शिक्षक कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न शिक्षा मन्त्रालयको आग्रह

Featured, स्वास्थ्य
काठमाडौं । अग्रपंक्तिमा खटिने शिक्षक कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले आज सचिवस्तरीय निर्णय गरी सरकारको नीति बमोजिम प्राथमिकताको आधारमा खोप लगाउने व्यवस्था गर्न स्वाथ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोधपत्र पठाएको छ । ‘प्राथमिकताको आधारमा विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गर्दछौ’ मन्त्रालयद्वारा लेखिएको पत्रमा उल्लेख गरिएको छ।...
कोरोना अपडेटः थप १६० जनामा कोरोना संक्रमण, १६५ जना डिस्चार्ज, २ जनाको मृत्यु

कोरोना अपडेटः थप १६० जनामा कोरोना संक्रमण, १६५ जना डिस्चार्ज, २ जनाको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १६५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७३७ रहेको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो नेपालमा १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।...
कोरोनाबाट थप ७ जनाको मृत्यु

कोरोनाबाट थप ७ जनाको मृत्यु

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै नेपालमा आज थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १९४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६८ हजार २६६ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७४४ रहेको छ ।...
थप १३० जनामा कोरोना संक्रमण, १९४ जना डिस्चार्ज, ७ जनाको मृत्यु

थप १३० जनामा कोरोना संक्रमण, १९४ जना डिस्चार्ज, ७ जनाको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १९४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६८ हजार २६६ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७४४ रहेको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो नेपालमा ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।...