स्वास्थ्य

दोस्रो चरणको काेराेना खोप अभियान शुरु

दोस्रो चरणको काेराेना खोप अभियान शुरु

Featured, स्वास्थ्य
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो चरणको अभियान आजदेखि सञ्चालन गरेको छ । पहिलो चरण यही माघ २४ गते सकाएपछि मन्त्रालयले आजदेखि दोस्रो चरणको खोप शुरु गरेको हो । दोस्रो चरणको खोप पत्रकार, कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारी तथा अग्रपङ्क्तिमा काम गर्ने सरकारी कर्मचारीलाई प्रदान गर्ने कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीले जानकारी दिनुभयो । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाएपछि बचेको खोप नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी, जिल्ला प्रशासन कार्यालय, मालपोल कार्यालय, नापी कार्यालय, स्थानीय तह, बैंकका कर्मचारी र पत्रकारलाई प्रदान गरिन थालेको हो । पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप लगाउने भने तापनि लक्ष्यभन्दा कमले खोप लगाएका छन् । पहिलो चरणको खोप खोप एक लाख ...
कोरोना अपडेटः ११९ जनामा संक्रमण, २६० जना डिस्चार्ज, ३ को मृत्यु

कोरोना अपडेटः ११९ जनामा संक्रमण, २६० जना डिस्चार्ज, ३ को मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ९२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा २६० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६८ हजार ७२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ८१५ रहेको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।...
भाेलिबाट पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई काेराेनाविरूद्धकाे खाेप

भाेलिबाट पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई काेराेनाविरूद्धकाे खाेप

स्वास्थ्य
काठमाडाैं । नेपालमा भाेलिबाट दोस्रो चरणकाे कोरोनाभाइरस (कोभिड—१९) विरुद्धको खोप अभियान सुरू हुँदैछ । दाेस्राे चरणकाे अभियानमा पत्रकार र कूटनीतिक नियोग कर्मचारीहरूलाई खाेप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। पहिलो चरणको खोप कार्यक्रम शनिबार सम्पन्न भएसँगै दोस्राे चरणमा पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलाई सोमबारदेखि खोप दिने सरकारले निर्णय गरेको हो । सरकारले यही माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । ४ लाख ३० हजारलाई खोप दिने लक्ष्य राखेपनि एक लाख ८४ हजारले मात्रै खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अभियानको दोस्रो चरणको खोप टिचिङ अस्पताल र सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कुटनीतिक नियोगमा कार्यरत स्वदेशी तथा विदेशी कर्मचारी, तिनका परिवारलाई दिइने छ भने सिभिल अस्पतालमा पत्रकारहरूलाई खोप दिने मन्त्रालयका प्रवक्ता प्रा. डा जागे...
पहिलो चरणमा १ लाख ८४ हजारले काेराेना खोप लगाए

पहिलो चरणमा १ लाख ८४ हजारले काेराेना खोप लगाए

Featured, स्वास्थ्य
काठमाडाैं । पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ । जसअनुसार प्रदेश नं १ मा २४ हजार २२४, प्रदेश नं २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जना छन् । मन्त्रालयले यही माघ १४ गतेदेखि पहिलो चरणमा कूल जनसङ्ख्याका तीन प्रतिशतलाई खोप लगाउनेमध्ये प्राथमिकतामा परेका व्यक्तिलाई खोप प्रदान गरेको थियो । खोप अभियान शनिबार सम्पन्न भएको थियो । मन्त्रालयले पहिलो चरणका लागि ल्याइएका खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने भएको छ । नेपालमा कूल जनसङ्ख...
लकडाउनका कारण बढ्यो पाठेघरको क्यान्सरको समस्या

लकडाउनका कारण बढ्यो पाठेघरको क्यान्सरको समस्या

पत्रपत्रिका, स्वास्थ्य
काठमाडौंँ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गरिएको बन्दाबन्दीले महिलामा हुने पाठेघर क्यान्सरको समस्या बढाएको छ । कोरोना सर्ने डर तथा बन्दाबन्दीका कारण अस्पताल जान नपाएर पाठेघरमा सामान्य समस्या भएको महिलामा अहिले क्यान्सर रोग भइसकेको स्त्री तथा क्यान्सर रोग विशेषज्ञहरूले जनाएका छन् । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले बन्दाबन्दीका कारण धेरै महिलामा पाठेघरको मुखको क्यान्सर भएको जानकारी दिइन् । “समयमा उपचार गरे क्यान्सरसम्म पुग्नुपर्ने अवस्था थिएन,” उनले भनिन्, “सामान्य लक्षण देखिएकाहरूमा पनि बन्दाबन्दीका कारण अहिले उपचारका लागि अस्पताल आउँदा रोग फैलिएर क्यान्सरसम्म भएको छ ।” आफूकहाँ आएका बिरामीमध्ये छ जनामा दुई जनालाई क्यान्सर भएको डा. सुवेदीले बताइन् । उनले पाठेघरको मुखको क्यान्सर अहिले ठूलै समस्याका रूपमा...
चिनियाँ खोपका विषयमा परराष्ट्र मन्त्रालय र दूतावासबीच पत्र जुहारी, तत्काल खोप लैजान ‘चेतावनी’

चिनियाँ खोपका विषयमा परराष्ट्र मन्त्रालय र दूतावासबीच पत्र जुहारी, तत्काल खोप लैजान ‘चेतावनी’

स्वास्थ्य
काठमाडाैँ । काेराेना विरूद्दकाे खाेपका विषयमा परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासबीच पत्र जुहारी चलेकाे छ।  चिनियाँ दूतावासले भनेको छ– 'आवश्यक कागजात पछि उपलब्ध गराइन्छ र तत्काल खोप लैजानु, अहिले खोप संकलन गर्न नसके पछि निकै समय कुर्नुपर्छ।' चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोना भाइरसविरुद्धको पाँच लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । भारतले नेपाललाई १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएपछि चीनले पनि नेपाललाई खोप उपलब्ध गराउने प्रतिद्धता जाहेर गरेको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्रीबीचको टेलिफोन वार्ताका क्रममा पाँच लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता चीनले जाहेर गरेको परराष्ट्र मन्त्रालयले शुक्रबार बेलुका विज्ञप्ति जारी गर्दै जानकारी गराएकाे थियाे । यसअघि माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई आफ्नै सरकारी कम्पनी सिनोफार...
चीनले फेरि देखायाे कन्जुसाइ, भारतकाे बराबरी गर्न सकेन

चीनले फेरि देखायाे कन्जुसाइ, भारतकाे बराबरी गर्न सकेन

स्वास्थ्य
काठमाडौं । चीन सरकारले फेरि कन्जुसाइ देखाएकाे छ। चीन नेपाललाई ५ लाख डोज काेराेना खोप उपलब्ध गराउँदा पनि भारतकाे बराबरी गर्न सकेकाे छैन। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका विदेश मन्त्री वाङ यी बीच भएको टेलिफोन संवादका क्रममा चीनले यो प्रतिवद्धता जनाएको हो। कुराकानीमा चिनियाँ विदेश मन्त्री यी ले नेपाललाई ५ लाख डोज कोरोना भ्याक्सिन अनुदानमा उपलब्ध गराउने बताएका थिए। यसअघि काठमाडौंस्थित चिनियाँ दूतावासले तीन लाख डोज भ्याक्सिन नेपाललाई अनुदानमा दिने बताएको थियो। यद्यपी अहिलेसम्म चीनले बनाएका कोरोनाविरूद्धका भ्याक्सिनलाई नेपालमा प्रयोग अनुमति दिइएको छैन। यसअघि भारत सरकारले दिएको १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप नेपालमा अहिले लगाइएको छ ।...
संक्रमितको संख्या दैनिक ओरालो लाग्दै

संक्रमितको संख्या दैनिक ओरालो लाग्दै

Featured, स्वास्थ्य
काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितको संख्या दैनिक घट्दो क्रममा रहेको छ । केही दिनदेखि संक्रमितको संख्या दैनिकजसो तीन सयभन्दा तल झरेको छ । संक्रमित संख्या दैनिक न्यून हुँदै जानुलाई सुखद रूपमा हेरिएको छ । यद्यपि चिकित्सकले सतर्कता अपनाउन सुझाव दिँदै आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक सय जनामध्ये ९८ जना कोरोना भाइरस संक्रमणमुक्त भएको पाइएको छ । कुल संक्रमित २ लाख ७१ हजार ७०७ जनामध्ये २ लाख ६७ हजार ५६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये १ लाख ७६ हजार ५३५ जना पुरुष र ९५ हजार १७२ जना महिला रहेका छन् । यस्तै संक्रमितमध्ये ०.७४ प्रतिशत अर्थात् २ हजार ३५ जनाको मृत्यु भएको छ । हालसम्म २० लाख ८८ हजार ३७२ जनाको कोरोना परीक्षण भएको छ । देशभर शुक्रबार थप १०५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्त...
मकवानपुरका १ हजार २१९ जनाले लगाए कोरोनाविरुद्धको खोप

मकवानपुरका १ हजार २१९ जनाले लगाए कोरोनाविरुद्धको खोप

स्वास्थ्य
मकवानपुर । मकवानपुरमा एक हजार २१९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार खोप लिनेको स्वास्थ्य अवस्था सामान्य छ । यही माघ १४ गतेदेखि शुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियान जारी छ । हालसम्म प्रत्यक्ष उपचारमा संलग्न व्यक्तिहरु, खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक र चालक, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक तथा शव व्यवस्थापनमा खटिएकाहरूलाई खोप लगाइएको कार्यालयले जनाएको छ ।...
नेपालमा १ लाख ५८ हजारभन्दा बढीले कोरोना खोप लगाए

नेपालमा १ लाख ५८ हजारभन्दा बढीले कोरोना खोप लगाए

स्वास्थ्य
काठमाडौं । बिहीबारसम्ममा देशभर १ लाख ५८ हजारभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ७७ जिल्लाका २०१ खोप केन्द्रबाट कुल १ लाख ५८ हजार ४८७ जना लक्षित वर्गले खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा उल्लेख भए अनुसार प्रदेश १ मा २१ हजार ७५४, प्रदेश २ मा २१ हजार १८५, बागमती प्रदेशमा ५५ हजार ५०४, गण्डकी प्रदेशमा १७ हजार २६७, लुम्बिनी प्रदेशमा २३ हजार ७९८, कर्णाली प्रदेशमा ८ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९०७ जनाले खोप लगाएका छन् । माघ १४ गतेबाट सुरु भएको खोप अभियान शनिबारसम्म चल्ने भन्दै मन्त्रालयले सूचना प्रणालीमा दर्ता नभएका कारण खोप सेवा लिनबाट वञ्चित हुन नदिन नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल अयुर्वेद मेडिकल काउन्सिल र नेपा...