स्वास्थ्य

नेपालमा काेराेनाले मृतकको संख्या १८ पुग्यो

नेपालमा काेराेनाले मृतकको संख्या १८ पुग्यो

स्वास्थ्य
काठमाडौं । कोरोना भाइरसकाे संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले नारायणी अस्पताल वीरगञ्जमा गरिएको स्वाव परीक्षणमा मृतक दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना पुष्टि हुने मृतक पाँच वर्षे बालक र अन्दाजी ३० देखि ३५ वर्षका पुरुष छन् । यी दुवै मृतकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक पुष्टि गरेको छैन । बालक निमोनिया भएर अस्पतालमा उपचार गर्न आएका थिए । एक निजी अस्पतालमा उपचार गर्न आएका उनको कोरोना आशंका गरी स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको डा सिंहले बताए । त्यस्तै अर्का एक बेवारिसे अवस्थामा शव फेला परेका व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ । अन्दाजी ३० देखि ३५ वर्ष उमेरको पुरुष वीरगञ्ज घण्टाघर परिसरमा मृत फेला परेका थिए । उनमा पनि कोरोनाको आशंकामा स्वाव परीक्षण गर्दा पोज...
धादिङमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

धादिङमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

section, स्वास्थ्य
काठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिकामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना महिला र २५ जना पुरुष रहेको गाउँपालिकाले जनाएको छ । योसँगै धादिङमा कुल संक्रमितको संख्या ५९ पुगेको छ । १६ दिनअघि भारतबाट आएका ६८ जना क्वारेन्टिनमा रहेकाहरूमध्ये २७ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले ६३ जना पुरुष र पाँच जना महिलाको स्वाब संकलन गरी केन्द्रीय प्रयोगशाला टेकुमा पठाएको थियो । कुल संक्रमितमध्ये सुनखानी माध्यमिक विद्यालयकाे क्वारेन्टिनमा रहेका १२ जना र मैदीस्थित संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा रहेका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए ।...
कोरोना भ्याक्सिनको अन्तिम चरणको परीक्षण जुलाईदेखी

कोरोना भ्याक्सिनको अन्तिम चरणको परीक्षण जुलाईदेखी

अन्तराष्ट्रिय, स्वास्थ्य
एजेन्सी । सम्भावित कोभिड–१९ भ्याक्सिनको विकासमा सक्रिय अमेरिकी कम्पनी मोडर्नाले आगामी जुलाईमा तेस्रो चरणको काम सुरु गर्ने घोषणा गरेको छ । तेस्रो अर्थात् अन्तिम चरणअन्तर्गत ३० हजार स्वयम् सेवकमा भ्याक्सिन परीक्षण गर्ने योजना रहेको कम्पनीको घोषणा छ । मासाचच्युसेट्सस्थित बायोटेक कम्पनीले अनुसन्धानको प्राथमिक लक्ष्य लक्षणसहितको कोभिड–१९ रोकथाम गर्नमा केन्द्रीत हुने जनाएको छ । त्यसपछि अन्तिम लक्ष्य यस क्रुर रोगको रोकथाम गर्दै मानिसलाई अस्पतालबाट बाहिरै राख्नु रहेको जनाइएको छ । मोडर्नाले अबको चरणमा अध्ययनका लागि १ सय माइक्रोग्राम डोजको भ्याक्सिन छनोट गरिएको जनाएको छ । यस डोज लेभलमा प्रति वर्ष ५ सय मिलियदेखि सम्भव भएसम्म १ बिलियन भ्याक्सिन उत्पादन गर्ने योजना कम्पनीको छ । यस कम्पनीले २०२१ सम्म भ्याक्सिन बजारमा ल्याइसक्ने लक्ष्य राखेको छ । अमेरिका सरकारले भ्याक्सिन पत्ता लगाउन सक्ने सम्भावित ५ व...
पर्बतमा थप १३ जनामा कोरोना

पर्बतमा थप १३ जनामा कोरोना

गण्डकी प्रदेश, स्वास्थ्य
पर्बत । पर्बतमा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् । त्यस्तै त्यँही गरिएको परीक्षणका क्रममा स्याङ्जामा गरिएको परीक्षणमा २२ जना पुरुष, नवलपरासी पूर्वका १ पुरुष, तनहुँका १ गरी ३७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा आज मात्र थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । हालसम्म ८ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।...
काेराेनाले जटिल अवस्थामा पुगेका युवक १६ दिनपछि घर फर्के

काेराेनाले जटिल अवस्थामा पुगेका युवक १६ दिनपछि घर फर्के

प्रदेश-५, स्वास्थ्य
बुटवल । बुटवलको कोरोना अस्पतालमा आईसीयूमा राखेर उपचार गराइरहेका कपिलवस्तुका एक कोरोना संक्रमित आज डिस्चार्ज भएका छन् । भारतको मुम्बईबाट घर आएका कपिलवस्तु नगरपालिका–१२ का २२ वर्षे युवक डिस्चार्ज भएका हुन् । जटिल अवस्थामा उपचाररत बिरामीमध्ये निको भएका उनी देशकै सम्भवत पहिलो बिरामी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र खनालले दाबी गरेका छन् । अस्पतालमा ल्याएपछि गरिएको २ पटकको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ आएको र मधुमेहसमेत स्थिर भएकाले आज डस्चार्ज गरिएको हो । उनी जेठ पहिलो साता भारतको मुम्बईबाट आएका थिए । त्यसलगत्तै कपिलवस्तु नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा उनी बसेका थिए । त्यहाँ ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई जेठ ८ गते जिल्ला अस्पताल तौलिहवा लगिएको थियो । सोही दिन उनको पीसीआरका लागि स्वाब लिइएको डा.खनालले बताए ।...
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विकास कार्यदल गठन

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विकास कार्यदल गठन

स्वास्थ्य
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेद क्षेत्रको विकास तथा कोरोना रोकथाम र उपचारमा खोज अनुसन्धानका लागि उपयुक्त नीतिगत सुझाव तयार गर्न ‘बृहत् आयुर्वेद तथा वैकल्पिक चिकित्सा विकास कार्यदल’ गठन गरेको छ । मन्त्रालयका सहसचिव डा गुणराज लोहनीको संयोजकत्वमा गठित १३ सदस्यीय कार्यदलले यस क्षेत्रको प्राथमिकता र सम्भावनाका बारेमा अध्ययन गरी सुझाव दिनेछ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्णयबाट सो कार्यदल गठन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आयुर्वेद र जडीबुटीको सम्भावना र उपयोगलाई उजिल्याउन आग्रह गर्दै आएका बेला मन्त्रालयले यो कार्यदल गठन गरेको हो । कार्यदलमा विशेष सदस्यमा प्रा डा देवबहादुर रोक्का, मन्त्रालयका जनस्वास्थ्य विज्ञ डा खेमबहादुर कार्की, सदस्यहरुमा मन्त्रालयका डा रुपेन्द्र पुरी, आयुर्वेद विभागका महानिर्देशक डा वासुदेव उपाध्याय, औषधि व्यवस्था विभागका...
नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १६ पुग्याे

नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १६ पुग्याे

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा थप १ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । यससँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मृत्यु हुनेमा ५७ वर्षीय पुरुष रहेका छन् । कोरोना संक्रमणको आशंकामा उनको स्वाब परीक्षण गर्दा बिहीवार रिपोर्ट पोजेटिभ आएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार उपचारपछि घर फर्कदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो । योसँगै अर्घाखाँचीमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।...
नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा शुुक्रवार एकैपटक ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले आज नेपालमा एकैपटक ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो संख्या एकैदिनमा थपिएका आज सम्मकै धेरै कोरोना संक्रमितको संख्या हो । उनका अनुसार आज पाइएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । यसैबीच नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १६ जनाको मृत्यु भएको छ भने ८७७ जना स्वास्थ्योपचार पछि निको भएका छन् । आज मात्रै नेपालमा थप १६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । नेपालमा हिजो (बिहीवार) एकैदिन २५० जनामा संक्रमण पुष्टि भएको थियो ।...
नुवाकोटमा १ जनामा कोरोना संक्रमण

नुवाकोटमा १ जनामा कोरोना संक्रमण

बाग्मती प्रदेश, स्वास्थ्य
नुवाकोट । नुवाकोटमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा तादी गाउँपालिकाको खरानीटारको क्वारेन्टाइनमा रहेका ३४ वर्षीय पुरुष रहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितलाई खरानीटार अस्पतालको आइसोलेसनमा राखिएको र उनको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै संक्रमितसँग सम्पर्कमा आएका अन्य व्यक्तिहरुको कट्याक टे्रसिङको काम भइरहेको छ । हालसम्म नुवाकोटमा ८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । उनीहरुमध्ये १ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने अन्य ७ जना उपचाररत रहेका छन् ।...
सुदूरपश्चिममा कोरोना परीक्षण गर्न नयाँ मापदण्ड

सुदूरपश्चिममा कोरोना परीक्षण गर्न नयाँ मापदण्ड

सुदूरपश्चिम प्रदेश, स्वास्थ्य
घाेडाघाेडी । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले आरडिटी परीक्षण गर्न नयाँ मापदण्ड तोकेको छ । क्वारेन्टिनमा बसेको १४ दिन भइसकेका तर कोरोनाको कुनै लक्षण नदेखिएकालाई जाँच नगरी घर फर्काउने मापदण्डमा भनिएको छ । क्वारेन्टिनमा बसेकाहरूका लागि बिहीबार जारी जाँच तथा व्यवस्थापनसम्बन्धी निर्देशनमा प्रदेशमा क्वारेन्टिनमा बस्नेहरूको सङ्ख्या ६६ हजार रहेको र जाँच गर्नका लागि आवश्यक मात्रामा आरडिटी किट्स उपलब्ध नभएको हुँदा मापदण्ड जारी भएको जनाइएको छ । निर्देशक डा गुणराज अवस्थीद्वारा जारी परिपत्रमा क्वारेन्टिनमा बस्नेको सङ्ख्या बढिरहेको र हाल रहेकाहरुको पनि परीक्षणका लागि आवश्यक किट नभएकाले होम क्वारेन्टिन र होम आइसोलेसनमा बस्न जोड दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौँ, सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तह तथा प्रदेशका सबै जिल्ला प्रशा...