स्वास्थ्य

कर्णालीमा कोरोना संक्रमित संख्या १००० नाघ्यो

कर्णालीमा कोरोना संक्रमित संख्या १००० नाघ्यो

कर्णाली प्रदेश, स्वास्थ्य
सुर्खेत । कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । सोमबार ११० जना संक्रमित थपिएसँग कर्णाालीमा संक्रमित संख्या एक हजार ७७ पुगेको हो । सोमबार एकै दिन दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । दैलेखका संक्रमित सबैभन्दा धेरै नौमुले गाउँपालिकाका छन् । नौमुले वडानम्बर १ मा मात्रै दुई वर्षदेखि ५४ वर्षसम्मका ४६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये एकजना महिला हुन् । यस्तै नौमुलेकै वडानम्बर ७ मा दुई महिलासहित १५ जना, ८ मा १० पुरुष, ६ मा ७ जना पुरुष, ४ मा चारजना पुरुष, २ र ३ मा दुई/दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ । दैलेखकै दुल्लु नगरपालिका-१ मा एकजना युवक र नारायण नगरपालिका ३ र ४ नम्बर वडामा थप ३ जनामा संक्रमण पुष्टि भएको छ । सुर्खेतमा नयाँ थपिनेमा पञ्चपुरी नगरपालिकामा एक महिलासहित ८ जना, बराहताल गाउँपालिक...
नेपालमा संक्रमितको संख्या ६२ सय नाघ्यो

नेपालमा संक्रमितको संख्या ६२ सय नाघ्यो

Featured, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६२ सय ११ जना पुगेको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, दैलेखका ९३ जना, दाङका ४३, महोत्तरीका ३०, सर्लाहीका २३, मोरङका २२, सुर्खेतका १९, बर्दियाका १६, रुपन्देहीका १२ र पाल्पा र पर्साका १०/१० जनाको रिपोर्ट पोजेटिभ आएको छ । धादिङका ९ जना, गुल्मीका ७, तनहुँ र बाँकेका ५/५ जना धनुषा, सिराहा रोल्पा र डोटीका ४/४ जना तथा सुनसरी, नुवाकोट, प्युठान, अर्घाखाँची, कैलाली, अछाम ३/३ जना, गुल्मीका दुई जना र चितवन, बारा, कपिलवस्तु र झापाका १/१ जनामा संक्रमण पुष्टि भएको छ । यसैबीच, कोरोना संक्रमण भएर आइसोलेसनमा बसेकाहरूमध्ये एक हजार जनाभन्दा बढी डिस्च...
काठमाडौं उपत्यकामा ५ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा ५ जनामा कोरोना संक्रमण

Featured, स्वास्थ्य
काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयले भन्याे – अब ५५ सय तिरेर कोरोना परीक्षण गर्न पाइन्छ

मन्त्रालयले भन्याे – अब ५५ सय तिरेर कोरोना परीक्षण गर्न पाइन्छ

स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालका प्रयोगशालालाई पनि पीसीआर विधिबाट कोरोना परीक्षण गर्न अनुमती दिने निर्णय गरेको छ । पीसीआर परीक्षणको शुल्क ५ हजार ५ सय तोकिएको छ। मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा संकलन गरेर होल्डमा रहेका स्वाबको परीक्षण निजी प्रयोगशालालाई परीक्षण गर्न दिने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका जारी गरेको जानकारी दिए। कोरोना परीक्षण निजीमा गरिए पनि परीक्षणको शुल्क भने सरकारले नै तिर्ने गरी निर्णय प्रवक्ता गौतमले जानकारी गराए । यसैबीच सरकारले कोरोना परीक्षण गर्न आवश्यक ठहर्‍याएबाहेक तीन मापदण्डका व्यक्तिले शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाउने निर्णय गरेको छ। प्रवक्ता गौतमका अनुसर विदेशी कूटनीतिक निकायका व्यक्तिले, विदेश जानका लागि निरोगीताको प्रमाणपत्र पेश गर्नु परेका व्यक्तिले र...
पछिल्लो २४ घण्टामा थपिए ४२५ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए ४२५ जना कोरोना संक्रमित

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आईतवार थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक थप ४२५ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । यसअगि शनिवार २७३ जना नयाँ संक्रमित थपिएका थिए ।...
नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १९ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १९ पुग्यो

Featured, प्रदेश-५, स्वास्थ्य
काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेकाे संख्या १९ पुगेको छ । गुल्मीका कोरोना सङ्क्रमित एक व्यक्तिको गए राती मृत्यु भएको मन्त्रालयले जनाएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिवार राति निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।...
नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या साढे ५ हजार नाघ्याे

नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या साढे ५ हजार नाघ्याे

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आइतबार थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ५ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ५ हजार ७६० पुगेको जानकारी दिएका हुन् । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । ६ महिला र ५५ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९७४ पुगेको छ ।...
कोरोना खर्चमा डेढ अर्ब भ्रष्टाचारकाे आशंका

कोरोना खर्चमा डेढ अर्ब भ्रष्टाचारकाे आशंका

स्वास्थ्य
काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन खर्च विवरणमा झन्डै डेढ अर्ब रुपैयाँ तलमाथि परेको देखिएको छ। सरकारले कोरोना भाइरस संक्रमण (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा आठ अर्ब ३९ करोड ११ लाख १९ हजार रुपैयाँ खर्च भएको विवरण शनिबार सार्वजनिक गरेको छ। यसअघि २१ गते उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नौ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको थियो। त्यतिबेला समितिका सदस्य सचिव एवं प्रवक्ता नारायण बिडारीले कोभिड–१९ रोकथाम तथा व्यवस्थापनमा उक्त रकम खर्च भएको जानकारी गराएका थिए। सदस्य सचिव बिडारीले यसअघि जानकारी गराएको खर्च रकम र शनिबार सार्वजनिक खर्च विवरण हेर्दा करिब डेढ अर्ब रुपैया तलमाथि परेको देखिन्छ। शनिबार सार्वजनिक विवरणमा स्वास्थ्य मन्त्रालयमार्फत एक अर्ब ५८ करोड ५२ लाख ८३ हजा...
शनिबार कुन- कुन जिल्लामा भेटिए कोरोना संक्रमित?

शनिबार कुन- कुन जिल्लामा भेटिए कोरोना संक्रमित?

स्वास्थ्य
काठमाडौं । एकैदिन थप २७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २७३ जनामा संक्रमण देखिएको हो। उनका अनुसार आज थपिएका २७३ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ। संक्रमितमध्ये ४ हजार ९ सय ४९ जना पुरुष र ३ सय ८६ जना महिला छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा रौतहटका २ महिलासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी, कोशी अस्तपालको प्रयोगशालामा झापाका १ जना र मोरङका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा पर्साका ६ जना र बाराका १ जन...
थप २७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५३ सय नाघ्याे

थप २७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५३ सय नाघ्याे

Featured, स्वास्थ्य
काठमाडौं । एकैदिन थप २७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २७३ जनामा संक्रमण देखिएको हो। उनका अनुसार आज थपिएका २७३ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ। संक्रमितमध्ये ४ हजार ९ सय ४९ जना पुरुष र ३ सय ८६ जना महिला छन्। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।...