स्वास्थ्य

पैसालाई कसरी बनाउने संक्रमणरहित ?

पैसालाई कसरी बनाउने संक्रमणरहित ?

स्वास्थ्य
काठमाडौं : के तपाईलाई थाहा छ? पैसाबाट कोरोना भाइरस सर्ने सम्भावना धेरै हुन्छ। पैसा नभए हाम्रो घर व्यवहार चल्दैन। जहाँ जानुस् पैसा छैन भने कुनै काम बन्दैन। तर हामीले ख्याल गर्नैपर्छ कि पैसाबाट पनि विभिन्न सङ्क्रमण फैलिने गर्छन्। दैनिकरुपमा प्रयोग गर्ने पैसा हामीले सोंचेभन्दा बढी फोहर हुन्छ। एउटा नोटमा सयौँ किसिमका ब्याक्टेरिया, फङ्गस तथा भाइरस हुन्छन। पैसा अन्यन्तै क्रियाशील हुने र जसको हातमा पनि पुग्ने भएकाले पैसा विभिन्न रोगको संवाहक हुनसक्छ। कागज तथा कटनको नोटमा भन्दा पोलिमर नोटमा जीवाणु कम समय रहन्छन्। नोटभन्दा ‘क्वाइन’मा भाइरस तथा ब्याक्टेरिया धेरै समय रहन्छ। नोटमा दुई दिनसम्म र क्वाइनमा लामो समयसम्म भाइरस रहन सक्छ। स्विस अध्ययनले पैसामा १२ दिनसम्म जीवाणु रहनसक्ने बताएको छ। क्यासको विकल्पका रुपमा कार्ड प्रयोग गरिने अभ्यास छ। कार्ड पनि सङ्क्रमित हुनसक्छ। पैसाका माध्यमबाट कोभिड–१...
आज २०७७ असार ५ गते शुक्रबारको राशिफल

आज २०७७ असार ५ गते शुक्रबारको राशिफल

स्वास्थ्य
आज २०७७ असार ५ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला। स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ । बृष हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिण...

कोरोना संक्रमण साउनमा झनै उच्चः प्रधानमन्त्री

स्वास्थ्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस संक्रमण साउन अन्त्यतिर उच्च विन्दुमा पुग्ने विश्लेषण सुनाएका छन् । त्यसपछि विस्तारै कोरोना संक्रमणको ग्राफ ओरालो लाग्ने भन्दै उनले भने, ‘दशैं तिहार र छठ जस्ता चाडहरु आउँदैछन् । यो चाड सधैँ रमाइलो हुन्थ्यो । यसपटक फेरि संक्रमण बढाउँछ भन्ने अवस्था छ । यदि यसले हाम्रो ग्राफ बढाइदियो भने उधो झर्दै गरेको ग्राफ मंसिरमा फेरि अलिकति मास्तिर जान सक्छ ।’ मंसिर अन्त्यबाट ओरालो लाग्ने भन्दै उनले भने, ‘फागुनको महिना सम्भवत नियन्त्रणको महिना हुन्छ ।’ तर संक्रमितहरुलाई सहज रुपमा आउन दिन नहुने र बाहिरबाट आउनेहरुलाई क्वारेन्टिनमा राख्नुपर्ने उनले बताए...
बिहीबार कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित?

बिहीबार कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित?

Featured, स्वास्थ्य
काठमाडौं । काठमाडौं- एकैदिन थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ६७१ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। आज थपिएका ६७१ सहित नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परिएको परीक्षणमा झापाका २ जना र मोरङका २ जनामा समेत कोरोना भाइरसको संक्रमण पाइएको छ। यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछाममा ४२, बाजुराका ४१ जना, भक्तपुरका ३ जना, डडेल्धुराका ८४ जना कैलालीका २१ जना कपिलवस्तुका १६ जना, काठमाडौंका २ जना, बैतडीका २५ जना, नुवाकोटका २ जना, रौतहटका ३४, रुपन्देहीका ३ जना, सर्लाहीका ३, ललितपुरका १, नवलपरासी...
नेपालकाे काेराेना संक्रमितकाे संख्या ७८ सय नाघ्याे

नेपालकाे काेराेना संक्रमितकाे संख्या ७८ सय नाघ्याे

Featured, स्वास्थ्य
काठमाडौं- एकैदिन थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ६७१ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। आज थपिएका ६७१ सहित नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११८६ पुगेको छ।...
रक्षामन्त्रीको स्वार्थले बदनाम भएको भन्दै मेडिकल सामग्री खरिदबाट बाहिरियो सेना

रक्षामन्त्रीको स्वार्थले बदनाम भएको भन्दै मेडिकल सामग्री खरिदबाट बाहिरियो सेना

Uncategorized, स्वास्थ्य
काठमाडौं । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि भन्दै जिटुजीमार्फत् नेपाली सेनाले चीनबाट खरिद गरेका मेडिकल सामग्रीमा एक अर्ब रूपैयाँभन्दा बढी अनियमितता भएको विषय खुलासासँगै सरक्षा क्षेत्र तरंगित भएकाे छ। यो खुलासासँगै संगठन बदनाम भएको भन्दै सेना मेडिकल सामान खरिदको प्रक्रियाबाट भने बाहिरिएको छ। ओम्नीमार्फत् स्वास्थ्य सेवा विभागले मेडिकल सामग्री खरिद गर्दा भएको अनियमितता सार्वजनिक भएपछि रक्षामन्त्री ईश्वर पोखरेलले खरिदको जिम्मा नेपाली सेनालाई दिएका थिए। विभागीय मन्त्रीको निर्णयअनुसार सेनाले खरिद गरेर ल्याएको सामानको मूल्य उच्च भएको सार्वजनिक भएपछि सैनिक नेतृत्व रक्षामन्त्रीले फसाएको निष्कर्षमा पुगेको स्रोतको दाबी छ। मन्त्रिपरिषद्‍बाट जिम्मा पाए पनि खरिद प्रक्रियामा रक्षामन्त्री पोखरेल हाबी भएका थिए। पोखरेलको निर्देशनअनुसार खरिद सम्झौता गरेर भित्र्याएको मेडिकल सामग्री यस अगाडि ओम...
सुदूरपश्चिममा पनि काेराेना संक्रमणकाे हटस्पटै बन्दै, एकैदिन १ सय बढी संक्रिमत

सुदूरपश्चिममा पनि काेराेना संक्रमणकाे हटस्पटै बन्दै, एकैदिन १ सय बढी संक्रिमत

स्वास्थ्य
डडेल्धुरा । सुदूरपश्चिममा प्रदेशमा आज एक सय ३७ जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टुकुमा गरिएको परिक्षणमा डडेल्धुरामा ८३, बैतडीमा २५ र अछाममा २९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । भारतका विभिन्न शहरहरुबाट स्वदेश फर्किएर क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी रिपोट पोजेटिभ देखिएपछि उनीहरुको पीसिआर परिक्षण गरिएको थियो । बैतडीको दशरथचन्द नगरपालिकाका १० जना, सिगास गाउँपालिकाका ६ जना,पञ्चेश्वर गाउँपालिकाका ४ जना, सुर्नाया गाउँपालिकाका ३ जना र पाटन नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । अछाम जिल्लाको मेल्लेख गाउपालिकामा २३ जना र साँफेबगर नगरपालिकामा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए । डडेल्धुरा जिल्लामा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको र कुन स्थ...
कोरोना बिरामीको ज्यान जोगाउने औषधि पत्ता लाग्याे!

कोरोना बिरामीको ज्यान जोगाउने औषधि पत्ता लाग्याे!

स्वास्थ्य
एजेन्सी । बेलायतका अनुसन्धानकर्ताहरूले कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग पुग्ने औषधि फेला पारेको दाबी गरेका छन्। बिबिसीका अनुसार, सस्तो र व्यापक रूपमा पाइने 'डेक्सामिथासोन स्टेरोयड' ले भेन्टिलेटर वा अक्सिजनको सहायतामा बसेका कोरोना संक्रमित बिरामीहरूको मृत्युदर एकतिहाइ घटेको अनुसन्धानकर्ताहरूको दाबी छ। यो औषधि दम, बाथ, छाला, फोक्सो र मस्तिष्क समस्याको उपचारमा प्रयोग हुँदै आएको छ। अनुसन्धानकर्ताहरूले यससम्बन्धी अनुसन्धान प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने बताएका छन्। अनुसन्धान क्रममा दुई हजारभन्दा बढी कोरोना संक्रमितलाई 'डेक्सामिथासोन स्टेरोयड' दिइएको थियो भने अन्य चार हजारभन्दा बढीलाई सामान्य उपचार गरिएको थियो। उक्त स्टेरोयड दिँदा केहीलाई खाना र केहीलाई नसाबाट दिइएको थियो। यसरी उपचार सुरू गरिएको २८ दिनपछि भेन्टिलेटरको आवश्यकता पर्ने बिरामीको मृत्युदर ३५ प्रतिशत ...
नेपालमा थप ५८६ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ७१ सय नाघ्याे

नेपालमा थप ५८६ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ७१ सय नाघ्याे

Featured, स्वास्थ्य
काठमाडौं । विगत २४ घण्टायता नेपालमा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यीमध्ये ४० जना महिला हुन् भने ५ सय ४६ जना पुरुष हुन्। आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ७१७७ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ। नेपालमा बुधबारसम्म २० जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।...
कोरोना अपडेट : विश्वमा ४ लाख ३९ हजार भन्दा बढीको मृत्यु

कोरोना अपडेट : विश्वमा ४ लाख ३९ हजार भन्दा बढीको मृत्यु

Featured, अन्तराष्ट्रिय, स्वास्थ्य
एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३९ हजार २०४ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८१ लाख १८ हजार ९०४ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार मङ्गलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४२ लाख ३१ हजार ६४८ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३४ लाख ४८ हजार ५६ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ५६८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख ८२ हजार ९५० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिक...