स्वास्थ्य

नेपालमा कोरोना संक्रमितकाे संख्या ९ हजार नाघ्याे

नेपालमा कोरोना संक्रमितकाे संख्या ९ हजार नाघ्याे

स्वास्थ्य
काठमाडौं । नेपालमा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२१ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। आज थपिएका ४२१ सहित नेपालमा संक्रमितको संख्या ९ हजार २६ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा थप १९४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १७७२ पुगेको छ। कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७५ जिल्लामा संक्रमण देखिएको छ।...
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०० नाघ्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०० नाघ्यो

स्वास्थ्य
काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०० नाघेको छ । बाग्लुङसहितका ४ जिल्लामा थप १६ जनामा संक्रमण देखिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०० नाघेको हाे । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहान जारी गरेको बिज्ञप्ति अनुसार बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०४ पुगेको छ । शनिबार संक्रमण पुष्टि भएकामा एक बालिका, एक महिला र १४ जना पुरूष छन् । संक्रमित हुनेमा बाग्लुङको गल्कोट नगरपालिकामा ४ जना र काठेखोला गाउँपालिकामा ३ जना छन् । यस्तै ढोरपाटन नगरपालिका र बाग्लुङ नगरपालिकामा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २१ वर्षदेखि ४८ वर्ष उमेर समूहका पुरूष हुन् ।...
शनिबार कुन कुन जिल्लामा संक्रमित थपिए ?

शनिबार कुन कुन जिल्लामा संक्रमित थपिए ?

स्वास्थ्य
काठमाडौं । गत २४ घण्टामा सबैभन्दा बढी सुदूरपश्चिमको डोटीमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वमा २३, महोत्तरीमा २४, तनहुँमा २३, बागलुङमा २०, बैतडी, गुल्मीमा १८/१८ तथा पाल्पा र रुपन्देहीमा १७/१७ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै, बाँकेमा १४, डडेल्धुरामा १२, सर्लाहीमा ९, धादिङ, प्यूठान र मोरङमा ८/८, बर्दिया, रौटहट र भक्तपुरमा ७/७, बारा र दाङमा ४/४, रामेछापमा ३, सुनसरीमा २, काठमाडौं, झापा, नवलपरासी पश्चिम, स्याङ्जा र रुकुम पश्चिममा १/१ जना थपिएका छन् । आज ४९ महिला र २ सय ८२ पुरुष गरी कुल ३ सय ३१ जनामा कोरोना पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसारर कोभिड-९ को संक्रमण्बाट रौतहट, दैलेख, कपिलवस्तु, महोत्तरी र सर्लाही बढी प्रभावित भएका छन् । २ सय बढी संक्रमित हुनेको जिल्लाको संख्या ५ र १ सय भन्दा ब...
नेपालमा काेराेना संक्रमितकाे संख्या साढे ८ हजार नाघ्याे

नेपालमा काेराेना संक्रमितकाे संख्या साढे ८ हजार नाघ्याे

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुनाको पीसीआर टेस्ट गर्दा ३३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३३१ जनामा संक्रमण देखिएको हो। आज थपिएका ३३१ सहित नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा थप १७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ। उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन्।...
थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कति पुगे संक्रमित ?

थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कति पुगे संक्रमित ?

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा थप ३३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ८६०५ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार आज पाइएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।...
‘कोरोनाबारे प्रधानमन्त्रीको बकवास अत्ति भो’

‘कोरोनाबारे प्रधानमन्त्रीको बकवास अत्ति भो’

Uncategorized, स्वास्थ्य
काठमाडौं । कोरोना भाइरसको संक्रमण र यसको नियन्त्रणका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलाबेलामा विभिन्न जानकारीमा स्वास्थ्यकाे दृष्टिकाेणले कुनै सत्यता नरहेकाे स्वास्थ्य विद्हरू बताउँछन्। स‌ंघीय संसदको प्रतिनिधिसभामा कोरोनाबारे धारणा राख्दै नेपालीको रोगप्रतिरोधी क्षमता बढी भएकाले खासै असर नगर्ने बताएपछि सामाजिक सञ्जालमा आलोचनाका पात्र बनेका प्रधानमन्त्री ओलीले बिहीबार फेरि राष्ट्रियसभाको बैठकमा कोरोनाबारे लामै समय भाषण दिए । उनले कोरोनालाई रुघाखोकीसँग तुलना गर्दै विना अाधारका कुरा मात्र गरे । उनले भने, ‘कोरोना भनेको रुघाखोकी जस्तो हो, लागिहाल्यो भने हाँच्छिउ साँच्छिउ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ, उच्च मनोबल राख्नुपर्छ त्यति गरेमा कोरोनाले लान सक्दैन ।’ प्रधानमन्त्रीले बेसारको बारेमा पनि लामै समय खर्चिए । उनको भनाइको अहिले पनि चौतर्फी आलोचना भइरहेको छ । प्रधानमन्त्रीको...
शुक्रबार कुन-कुन जिल्लामा थपिए कोरोना संक्रमित?

शुक्रबार कुन-कुन जिल्लामा थपिए कोरोना संक्रमित?

Featured, स्वास्थ्य
काठमाडौं । विगत २४ घण्टायता नेपालमा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङ २ जना र झापामा १ जना कोरोना संक्रमित भएको पाइएका छन्। जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा सर्लाहीका ११ जना र सप्तरीका ४ जना संक्रमित पाइएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका ७ जना, बाग्लुङका १८ जना, बैतडीका ६३ जना, बझाङका ३ जना, बाजुराका ८ जना, डडेल्धुराका ९ जना, र धादिङका एक जनासमेत कोरोना संक्रमित पाइएका छन्। यस्तै, डोटीका १५ जना, गोरखाका ११ जना, कैलालीका १३ महिला र ३३ पुरुष, कास्की...
एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। आज थपिएका ४२६ सहित नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप २१६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १४०२ पुगेको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ।...
पिसिआर मेशिन खरिद प्रक्रिया अघि बढ्यो

पिसिआर मेशिन खरिद प्रक्रिया अघि बढ्यो

स्वास्थ्य
तनहुँ । तनहुँका चार नगरपालिका र छ गाउँपालिका गरी दशवटै पालिकाको लागत सहभागितामा पिसिआर परीक्षण मेशिन खरिद गर्ने प्रक्रिया अघि बढेको छ । कोभिड–१९ का बिरामी बढ्दै गएको अवस्थामा जिल्लामै पिसिआर मेशिन भए कोरोना परीक्षणमा सहज बनाउन सकिने उद्देश्यले यहाँका पालिकाले मेशिन खरिद प्रक्रिया अघि बढाइएका हुन् । दशवटै पालिकाद्वारा शुक्लागण्डकी नगरपालिकालाई खरिद तथा भौतिक संरचना व्यवस्थापनको लागि जिम्मा दिएको छ । नगरपालिकाले फायल तयार गरी गण्डकी प्रदेश सरकारसँग मेशिन खरिद प्रक्रियाको लागि अनुमति लिने कार्य भएको शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाइलीले जानकारी दिइन् । दशवटै पालिकाको प्रतिशतका आधारमा लागत सहभागिताको लागि प्रतिबद्धता जनाएअनुरुप पिसिआर परीक्षण मेशिन खरिद प्रक्रिया अघि बढाएको हो । पसिआर मेशिन खरिदका लागि जिल्लाका शुक्लागण्डकी नगरपालिकाको १४ प्रतिशत रहेको छ भने व्यास नगरपालिका, भि...
पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडौं । पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यहि असार ५ गते राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौंमा गरिएको स्वाब परीक्षणका क्रममा पर्वत अस्पतालकै पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ पाइएको पर्वत अस्पतालले एक विज्ञप्ति जारी गर्दै बताएको छ । एकैपटक पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ पाइएपछि अस्पतालले इमर्जेन्सी सेवा बाहेकका अन्य सबै सेवा अर्को सूचना जारी नगरुन्जेलसम्मका लागि बन्द गरेको बताएको छ ।...