स्वास्थ्य

बिहिबार कुन-कुन जिल्लामा थपिए काेराेना संक्रमित?

बिहिबार कुन-कुन जिल्लामा थपिए काेराेना संक्रमित?

स्वास्थ्य
काठमाडौं । नेपालमा बिहिबार थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापा र सुनसरीका एक एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सप्तरीका ८ जना पुरुष, सुनसरीका २ महिला र २ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ९ जना पुरुष, महोत्तरीका ५ जना पुरुष, सिराहाका एक महिला र एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ४ जना महिला र ९ पुरुष, बैतडीका एकजना पुरुष, बझाङका ३...
नेपालमा काेराेना संक्रमितकाे संख्या ११ हजार नाघ्याे

नेपालमा काेराेना संक्रमितकाे संख्या ११ हजार नाघ्याे

स्वास्थ्य
काठमाडौं । विहीबार एकैदिन थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ११ हजार १६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ११ हजार १६२ पुगेको जानकारी दिएका हुन् । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३१२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ हजार ६५० पुगेको छ । जसमध्ये १९ जना महिला र २९३ पुरुष रहेका छन् ।...
‘ट्राभल हिस्ट्री’ नभएकामा कोरोना देखिँदै

‘ट्राभल हिस्ट्री’ नभएकामा कोरोना देखिँदै

स्वास्थ्य
सुर्खेत । सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण पुष्टि भयो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्‍वारेन्टिनमा राखियो । पीसीआर परीक्षणबाट तीमध्ये पाँचजनामा सङ्क्रमण पुष्टि भयो । दैलेखका दुई तथा सुर्खेतका एक गरी तीन बिरामी भारतबाट आएका पनि होइनन् । कुनै ‘ट्राभल हिस्ट्री’ नभएका अन्य रोगका बिरामीमा कोरोना पोजेटिभ देखिनु र उपचारमा संलग्न स्वास्थ्यकर्मीसम्म विस्तार हुनुले कर्णालीमा कोरोना सङ्क्रमण जोखिममा रहेको बताइएको छ । कर्णालीमा एकैपटक यति धेरै संख्यामा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको यो पहिलोपटक हो । यसअघि ‘ट्राभल हिस्ट्री’ नभएका पश्चिम सुर्खेत घर भएका एक विद्यार्थीमा पनि कोरोना सङ्क्रमण देखियो । उनी दुई साता...
१० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

१० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

स्वास्थ्य
काठमाडाैँ । कर्णालीका १० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णाली प्रदेश अस्पतालमा ५, जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ र रुकुम चौरजहारीमा १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो । कोरोना महामारीको बेला स्वास्थ्यकर्मी अग्रमोर्चामा भएका कारणले स्वास्थ्यकर्मीहरुमा जोखिम बढी हुने गरेको छ । स्वास्थ्यकर्मीहरूमा कोरोना संक्रमणको जोखिम बढी रहेको स्वास्थ्यकर्मीहरूले सुरक्षा सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण हुने गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक डा. मंगल रावलले बताए ।...
नेपालमा थप ६२९ जनामा कोरोना पुष्टि

नेपालमा थप ६२९ जनामा कोरोना पुष्टि

Featured, स्वास्थ्य
काठमाडाैँ । नेपालमा थप ६२९ जनामा कोरोना संक्रमणकाे पुष्टि भएकाे छ। यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । अहिलेसम्म क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना छन् । त्यसैगरी आठ हजार तीन सय ४६ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ९३ हजार एक सय ९४ र आरडीटी विधिबाट दुई लाख ८३ हजार ६ सय ९६ जनाको नुमना परीक्षण भएको छ । कोरोना जित्नेको संख्या भने दुई हजार तीन सय ३८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । जसमध्ये पुरुष दुई हजार एक सय ४१ छन् भने महिला १९७ छन् । मन्त्रालयकाअनुसार आज मात्रै ११४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।...
सर्वोच्चले स्वास्थ्य मन्त्रालयको निर्देशिकामाथि प्रश्न उठाउँदै सरकारलाई दियाे यस्ताे निर्देशन

सर्वोच्चले स्वास्थ्य मन्त्रालयको निर्देशिकामाथि प्रश्न उठाउँदै सरकारलाई दियाे यस्ताे निर्देशन

स्वास्थ्य
काठमाडौँ । सर्वोच्च अदालतले कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका व्यक्तिहरुलाई पीसीआर परीक्षण नगरी घर नफर्काउन सरकारको नाममा आदेश जारी गरेको छ । १४ दिन आइसोलेसनमा बसेका व्यक्तिहरुलाई परीक्षण नगरी घर फर्काउने भन्ने व्यवस्था कार्यान्वयन नगर्न आदेश दिएको हो । गत जेठ २० गते स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाको दफा ६ मा यस्तो व्यवस्था थियो । न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले जारी गरेको आदेशमा भनिएको छ, ‘जनताको स्वास्थ्य, समानता र सम्मानपूर्वक बाँच्न पाउने हकको संरक्षण गर्नु राज्यको कर्तव्य रहेको सन्दर्भमा आइसोलेसनमा राखिएका बिरामीलाई बिनापरीक्षण घर फर्काउने काम मानवीय र संविधानसम्मत हुने देखिँदैन ।’ सर्वोच्चले आइसोलेसनमा रहेकाहरुलाई परीक्षण गर्न सक्ने क्षमता रहेको नै देखिएको भन्दै सर्वोच्चले आइसोलेसनमा रहेकाहरुको पीसीआर परीक्षण गरी रोगमुक्त भएपछि मात्रै ...
गण्डकी प्रदेशमा थपिए १०४ संक्रमित

गण्डकी प्रदेशमा थपिए १०४ संक्रमित

स्वास्थ्य
काठमाडौं- मंगलबार साँझ गण्डकी प्रदेशमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्ति जारी गर्दै थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरु बाग्लुङ, कास्की पर्वत, नवलपरासी पूर्व, तनहुँ, स्याङ्जा र गोरखाका छन् । नयाँ संक्रमितमध्ये एक जना ३ महिने शिशुमा समेत छन् । पर्वतको विहादी गाउँपालिकाका एक तीन महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९७ पुगेको छ ।...
सोमबार कुन कुन जिल्लामा थपिए संक्रमित?

सोमबार कुन कुन जिल्लामा थपिए संक्रमित?

स्वास्थ्य
काठमाडौं । नेपालमा ५ सय ३५ नयाँ संक्रमित भेटिएका छन्। यो सँगै नेपालमा कुल संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८ सय ९४ महिला र ८ हजार ६ सय ६७ पुरुष छन्। सोमबार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका ८ जना र सप्तरीका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ३ जना र मोरङका ४ जनामा संक्रमण पुष्टि भएको छ। गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ११ जना संक्रमित भटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका २ जना, अर्घाखाँचीका ९ जना, बैतडीका १४ जना, डडेल्धुराका १५ जना, डोटीका ७ जना, गुल्मीका १ जना, जाजरकोटका १ जना, कैलालीका ५८ जना, नवलपरासीका ५ जना, सर्लाहीका ४७ जना, सिन्धुपाल्चोकका २ जना, सिरहाका २३ जना, स्याङजाका २० जना, पाल्पाका ...
जाजरकोटमा समुदाय स्तरमै कोरोना पुष्टि

जाजरकोटमा समुदाय स्तरमै कोरोना पुष्टि

स्वास्थ्य
जाजरकोट । जाजरकोटको बारेकोटमा ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बारेकोट ५ का ती पुरुष लामो समयदेखि घरमै बसिरहेका थिए । भारत लगायत तेस्रो मुलुक नगएको र क्वारेन्टाइनमा पनि नबसेका उनमा कोरोना संक्रमण देखिएपछि समुदाय स्तरमा कोरोना फैलिएको आशंका गरिएको छ । स्थानियमा त्रास फैलिएको छ । त्यस्तै छेडागाडमा कोरोना संक्रमण देखिएका दुई पुरुष पनि लामो समय देखि जिल्लामै रहेका थिए । क्वारेन्टाइनमा बसेकाको रिपोर्ट नेगेटिभ आउने तर समुदायमा रहेकाको परीक्षण गर्दा कोरोना पुष्टि हुनुले समुदाय स्तरमा फैलिसकेको डाक्टर भुपेन्द्रप्रकाश मल्लले बताए । कोरोना समुदाय स्तरमा फैलिएको हुन सक्छ । यस्तो बेला लापरवाही गरियो र परीक्षणको दायरा बढाइएन भने खतरा हुन सक्छ । बारेकोट र छेडागाडमा कोरोना पुष्टि भएकाको सम्पर्कमा गएकाको कन्ट्रयाक ट्रेसिङ्ग गरेर परीक्षण गर्नु पर्ने उनको भनाइ छ । हालै भारतबाट आएका च...
नेपालमा कोरोना संक्रमितकाे स‌ंख्या नाै हजार नाघ्याे

नेपालमा कोरोना संक्रमितकाे स‌ंख्या नाै हजार नाघ्याे

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आइतबार थप ४२१ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ । याे संगै नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या ९ हजार २६ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ४२१ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । उनका अनुसार आज भेटिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् । नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २३ जनाको मृत्यु भईसकेको छ । आज मात्रै गुल्मीका एक पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ ।...