स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्याे

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्याे

स्वास्थ्य
काठमाडौं। एकैदिन शनिबार थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १२ हजार ३०९ पुगेको जानकारी दिएका हुन् । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २८३४ पुगेको छ । जसमध्ये महिला १८ र पुरुष ११८ रहेका छन् । नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।...
कर्णालीमा कोरोना सङ्क्रमण बढ्दै

कर्णालीमा कोरोना सङ्क्रमण बढ्दै

स्वास्थ्य
सुर्खेत । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कर्णालीका थप २६ जनामा पुष्टि भएको छ । शुक्रबार २६ जना थपिएसँगै कर्णाली प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ४३३ पुगेको हो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआरमा १२ सुर्खेत, पाँच दैलेख, तीन सल्यान, दुई जाजरकोट र एक मुगु गरी २३ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको हो । त्यसमा सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका ११ र बराहताल गाउँपालिकाका एक, दैलेख दुल्लु नगरपालिकाका पाँच, सल्यान शारदा नगरपालिकाका तीन, जाजरकोट शिवालय गाउँपालिकाका दुई र मुगु छायाँनाथ नगरपालिकाका एक जना गरी ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण...
चीनमा प्रतिबन्धित भिटिएम स्वास्थ्य सेवा विभागले किनेको खुलासा

चीनमा प्रतिबन्धित भिटिएम स्वास्थ्य सेवा विभागले किनेको खुलासा

स्वास्थ्य
काठमाडौं । कमिसनको खेलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले चीन सरकारले निर्यातमा प्रतिबन्ध लगाएको भिटिएम खरिद गरेको खुलेको छ। विभागले चिनियाँ चेम्बर अफ कमर्स र चिनियाँ राष्ट्रिय स्वास्थ्य सामग्री प्रशासन (एनएमपिए)ले प्रयोग गर्ने अनुमति नदिई निर्यातमा समेत प्रतिबन्ध लगाएको भिटिएम खरिद गरेको हो। स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उनका विज्ञ सल्लाहकार डा खेम कार्कीको मिलोमतोमा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह, व्यवस्थापन महाशाखाका निर्देशक डा रमेश खरेल र शाखा अधिकृत गगन विष्टले जनमुक्ति हेल्थ इन्टरप्राइजेजसँग १ लाख ७० हजार गुणस्तरहीन भिटिएम खरिद गरेका हुन्। भिटिएम खरिदका लागि भएको टेन्डरमा २० वटा कम्पनीले आवेदन दिए पनि विभागले गुणस्तरहीन भिटिएम दिने प्रस्ताव पेस गरेकै कम्पनीसँग खरिद सम्झौता गरेकाले यसमा मिलेमतो भएको देखाउँछ। अन्य १९ वटा कम्पनीले च...
थप १० वटा सरकारी अस्पतालमा कोरोना परीक्षण हुने

थप १० वटा सरकारी अस्पतालमा कोरोना परीक्षण हुने

स्वास्थ्य
काठमाडाैं। सरकारले कोरोनाको पीसीआर परीक्षणका लागि थप दश वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको छ । यसअघि २३ वटा प्रयोगशाला सञ्चालनमा आएकोमा परीक्षणको दायरा बढाउन थप प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो । थप सञ्चालन गर्न लागिएका प्रयोगशालामा मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेनाको अस्पतालमा कोरोना परीक्षण गर्ने निर्णय गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।...
थपिए कोरोनाका लक्षण

थपिए कोरोनाका लक्षण

स्वास्थ्य
काठमाडौं : हाम्रो देशमा कोभिड–१९ संक्रमण भए, नभएको जाँच्न ज्वरो नापिन्थ्यो। सास फेर्न गाह्रो भए, नभएको पहिल्याइन्थ्यो। र, रुघाखोकी हेरिन्थ्यो। यसको उपचारमा निरन्तर खटिएका चिकित्सक र विशेषज्ञले उक्त रोगको लक्षण थपिँदै गएको पाएका छन्। कोरोना संक्रमितको मुख्य रूपमा उपचार गरिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार नयाँ लक्षणका कारण चिकित्सकमा चुनौती थपिँदै गएको छ। ‘पहिला भन्ने गरिएको खोकी लाग्ने, निमोनिया हुने, ज्वरो आउनेभन्दा पनि थप लक्षण पाइएका छन्’, उनले भने, ‘सुन्ने शक्तिमा ह्रास आउने, खास वस्तुको स्वाद नपाउने, पेट र टाउको दुख्ने लक्षण देखा परेका छन्। जीउ दुख्ने, एकदम थकाइ महसुस हुने लक्षण पनि देखिएका छन्।’ पुष्टि भएका संक्रमितका लक्षण फरकफरक देखिएपछि स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘क्लिनिक...
आइसोलेसन सेन्टरबाट भागे २४ संक्रमित

आइसोलेसन सेन्टरबाट भागे २४ संक्रमित

स्वास्थ्य
काठमाडौं । दैलेखमा आइसोलेसन सेन्टरबाट २४ जना कोरोना संक्रमितहरु भागेका छन् । नौमुले गाउँपालिका–१ स्थित भैरव माध्यमिक विद्यालयको आइसोलेसन सेन्टरमा बसेका २४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बिहीबार मध्यरातमा भागेका छन् । आइसोलेसन सेन्टरमा १०० जना संक्रमित थिए । उनीहरु मध्ये २४ जना बिहीबार रातिको खाना खाएपछि करिब ११ बजेतिर भागेको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार उनीहरु आइसोलेसनमा बसेको १४ देखि १७ दिन भइसकेको थियो र लक्षण पनि नदेखिएकाले एक दुई दिनभित्रै घर पठाउने तयारी पनि थियो । भागेका मध्ये ८ जनालाई आइसोलेसन सेन्टरमा फिर्ता ल्याइएको थियो भने अरु पनि सम्पर्कमा आएका थिए । तर आइसोलेसन सेन्टरमा भने आएका थिएनन् । गाउँपालिकाकी उपप्रमुख अमृता सिंहको अनुसार भागेकासहित गरेर १०१ जनालाई शुक्रबार साँझ घर पठाइएको छ । उनीहरु आइसाेलेसनमा बसेका १४ देखि १७ दिन ...
नेपालमा काेरानाले मृतककाे कति पुग्याे?

नेपालमा काेरानाले मृतककाे कति पुग्याे?

स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले नेपालमा काेराेनाबाट थप एक जना महिलाकाे मृत्यु भएकाे जानकारी दिए । असार ११ गते अन्दाजी २५/३० वर्षकी महिला अचेत अबस्थामा प्रहरीले भेट्टाएकाे र उपचारकाे लागि लगी जाँच गर्दा मृत्यु भएकाे पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ । त्यसपछि महिलाकाे पिसिआर टेस्ट गर्दा पाेजेटिभ देखिएकाे मन्त्रालयले जनाएकाे छ ।...
काठमाडौंमा आज पनि थपिए कोरोना संक्रमित

काठमाडौंमा आज पनि थपिए कोरोना संक्रमित

स्वास्थ्य
काठमाडौं। काठमाडौं जिल्लामा आज (शुक्रबार) तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु तीनै जना पुरुष हुन् । आज संक्रमण पुष्टि भएका ५९३ मध्ये तीन जना काठमाडौंका रहेका छन् । हिजो (बिहीबार) काठमाडौं उपत्यकामा नौं जना कोरोना संक्रमित भेटिएका थिए । हरेक दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिने कोरोनाको तथ्याङ्कमा पछिल्लो समय काठमाडौं उपत्यका पर्दै आएको छ । दिनहुँ उपत्यकामा संक्रमित भेटिन थालेपछि जोखिम पनि बढ्दै गएको छ ।...
आज थप ५९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्यो

आज थप ५९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्यो

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ५९३ जनामा संक्रमण देखिएको हो। आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ। कुल संक्रमितमध्ये २६ जनाको मृत्यु भएको छ। प्रवक्ता डा। गौतमका अनुसार हालसम्म देशका रसुवा बाहेक ७६ जिल्लामा संक्रमण देखिएको छ। २४ घण्टायता डिस्चार्ज हुनेको संख्या ४८ रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ६ सय ९८ जना रहेका छन् ।...
संसदीय समितिको निर्देशन: देशभरका क्वारेन्टीन व्यवस्थित बनाउ

संसदीय समितिको निर्देशन: देशभरका क्वारेन्टीन व्यवस्थित बनाउ

स्वास्थ्य
काठमाडौं । संसदीय समितिले क्वारेन्टीनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाकाे महिला तथा सामाजिक समितिको शुक्रबार बसेको बैठकले क्वारेन्टीनहरुमा महिला हिंसाका घटनाहरु बढिरहेकोले व्यवस्थित र मर्यादित बसाईको व्यवस्था गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि निर्माण भएका क्वारेन्टाइनहरु पूर्ण रुपमा महिला मैत्रि नभएकाले यौन हिंसाका घटनाहरु बढेको भन्दै समितिले मर्यादित र सुरक्षित क्वारेन्टीनको व्यवस्थापन गर्न मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले जानकारी दिईन। देशभरका क्वारेन्टीनहरु व्यवस्थित नभएको, गर्भवति महिलाहरुको पीसीआर परीक्षण समयमै नहुदा समस्या भएको सांसदहरुले बताएका थिए।...