स्वास्थ्य

पिसिआर परीक्षण गर्न २० निजी प्रयोगशाला इच्छुक

पिसिआर परीक्षण गर्न २० निजी प्रयोगशाला इच्छुक

स्वास्थ्य
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परीक्षणका लागि निजी क्षेत्रका २० प्रयोगशाला र अस्पतालले इच्छा देखाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणका लागि इच्छुक निजी प्रयोगशालालाई प्रस्ताव आह्वान गरेकामा ती मध्ये पिसिआर मेसिन भएका नौवटा प्रयोगशालाले आशयसहितको पत्र पठाएका प्रयोगशालाकी निर्देशक डा.रुना झाले जानकारी दिइन्। प्रस्ताव पेश गरेका अन्य ११ प्रयोगशाला र अस्पताल पनि रहेका छन् । उनीहरुले आफूसँग अहिल्यै पिसिआर मेसिन नभए पनि परीक्षणको अनुमति पाए, एक महिनाभित्र पिसिआर मेसिन किन्ने र दुई महिनाभित्र परीक्षण शुरु गर्ने प्रस्ताव पेश गरेको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए । प्रयोगशालाका निर्देशक डा.झाका अनुसार नौ प्रयोगशालामध्ये तीन प्रयोगशालाले आफूसँग परीक्षणका लागि आवश्यक किटसमेत रहेकाले अहिले नै परीक्षण गर्न सक्...
चितवनमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य
चितवन । चितवनको माडी नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा माडीका ८ जनामा संक्रमण भेटिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ । माडीका ८५ जनाको नमुना परीक्षण गरिएकामा ८ जनामा पोजेटिभ भेटिएको हो । भरतपुर अस्पतालमा शुक्रबार १ सय ९७ वटा स्वाब परीक्षण गरिएको थियो । जसमध्ये बीपी कोइरालामा क्यान्सर अस्पतालको ३, खैरहनी नगरपालिकाको ११, पुरानो मेडिकल कलेजको ८, चितवन मेडिकल कलेजको ५, देवघाट गाउँपालिकाको १५, राप्ती नगरपालिकाको १५ र भरतपुर अस्पतालको २९ स्वाब परीक्षण गर्दा संक्रमण भेटिएको छैन ।...
कोरोना अस्पताल सञ्चालनमा आयाे

कोरोना अस्पताल सञ्चालनमा आयाे

स्वास्थ्य
भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पताल परिसरमा निर्मित कोरोना अस्पताल सञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ५० श्ययाको उक्त अस्पतालको आज यहाँ शुभारम्भ गर्दै सुदूरपश्चिममा कोरोनाको जोखिम हुन नदिन उच्च प्राथमिकताको साथ काम भैराखेको बताए। “यहाँ स्वास्थ्य संस्थाहरुको निकै खाँचो रहेको छ ।” उन भने, “अस्पतालमा आउने सङ्क्रमितलाई तिरस्कार गर्नुहुन्न ।” उनले सङ्क्रमितलाई उच्च मनोबल बढाउने कार्यमा सबैले जुट्नुपर्ने बताउनुभयो । “असाध्यै जटिल अवस्था छ । संसार सङ्क्रमित छ ।” उनले भने, “हाम्रोमा अरु प्रदेशभन्दा अहिलेसम्म सङ्क्रमण कम छ ।” महाकाली अस्पताललाई उपप्रादेशिक अस्पतालका रुपमा विकास गर्न तयारीमा भइरहेको उहाँको भनाइ थियो । रु ९२ लाख ५४ हजारमा विपिन विल्डर्सले निर्माणको जिम्मा पाएको थियो । महाकाली अस्पतालले नयाँ सङ्क्रमित भएर आउने बिरामीले...
३ नम्बर पुलबाट ट्रक खस्दा चालकको मृत्यु

३ नम्बर पुलबाट ट्रक खस्दा चालकको मृत्यु

समाज, स्वास्थ्य
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तीन नम्बर पुलबाट आज बिहान ट्रक खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १६ का ३२ वर्षीय विजय रुम्बा रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर अस्पतालमा उपचारका क्रममा रुम्बाको मृत्यु भएको हो । मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको ना८ख ५२०० नंको ट्रक अनियन्त्रित भई खोल्सामा खसेको हो । इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित सो पुलबाट करिब ५० मिटर तल ट्रक खसेको थियो । ट्रकमा सिमेन्ट घोल्ने मिक्सचर जडान गरिएको छ । घटना बिहान ६ः३५ बजे भएको हो जीवितलाई मृत्यु भएको भन्दै आन्दोलन चितवन मेडिकल कलेजमा उपचाररत एक बिरामीका आफन्तले आफ्नो बिरामीको मृत्यु भएको भन्दै बिहीबार तोफोड गरेका छन् । उनीहरुले अस्पतालको सघन उचारकक्ष बाहिर तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता प्रहरी नाय...
नवलपुर हुप्सेकोटका ४ जनामा कोरोना संक्रमण पुष्टि

नवलपुर हुप्सेकोटका ४ जनामा कोरोना संक्रमण पुष्टि

Featured, गण्डकी प्रदेश, स्वास्थ्य
काठमाडौं । नवलपुर (बर्दघाट सुस्ता पूर्व) का ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हुप्सेकोट गाउँपालिकाका १८, ३२, ५८ र ५९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ पुष्टि भएका चारैजना रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा राखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९२ पुगेको छ ।...
मणिपाल अस्पतालमा उपचाररत ३५ वर्षीय युवामा कोरोना

मणिपाल अस्पतालमा उपचाररत ३५ वर्षीय युवामा कोरोना

स्वास्थ्य
पोखरा । जेठ २२ गते सडक दुर्घटनामा परी पोखरास्थित मणिपाल अस्पतालमा उपचारका लागि आएका ३५ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ । पर्वतको अम्बोटका ती युवाको बाहिरको त्यस्तो ट्राभल हिस्ट्री नदेखिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । उनीमा कोरोना संक्रमण देखिएलगत्तै मणिपालको न्युरो आइसीयू सेवा बन्द भएको मणिपालको अस्पताल प्रशासनले जानकारी दिएको छ । ती युवामा कोराना संक्रमण भएलगत्तै अस्पताल प्रशासनले अस्पतालमा कार्यरत २२ जना चिकित्सक र कर्मचारीहरु क्वारेन्टाइनमा रहेको जानकारी दिएको छ ।...
नगरप्रमुखको स्वासप्रस्वासमा समस्या, सेनाको हेलिकोप्टरमार्फत काठमाडौं

नगरप्रमुखको स्वासप्रस्वासमा समस्या, सेनाको हेलिकोप्टरमार्फत काठमाडौं

सुदूरपश्चिम प्रदेश, स्वास्थ्य
डाेटी । दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको स्वासप्रस्वासमा समस्या आएपछि उपचारार्थ नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौँ लगिएको छ । उनी भारतबाट फर्किएका नागरिककलाई क्वारेन्टिन राख्न सक्रिय हुँदै आएकी थिइन् । उनलाई एक हप्ताअघिदेखि स्वासप्रस्वासमा समस्या आएको उनका परिवारले जनाएका छन् । अर्धचेत अवस्थामै उनलाई आज बिहान काठमाडौँ लगिएको बताइएको छ । चिकित्सकको सल्लाहअनुसार घरमा आराम गरिरहेकी नगरप्रमुख मलासीलाई बिहीबार राति एकाएक स्वासप्रस्वासमा निकै समस्या आएपछि काठमाडौँ लगिएको उनका स्वकीय सचिव रवीन्द्र जोशीले बताए । उनले भने, “क्वारेन्टिन व्यवस्थापन गर्ने क्रममा उहाँलाई समस्या देखिएको थियो, धनगढी गएर उपचार गर्दा चिकित्सकले आराम गर्न सल्लाह दिएका थिए, गएराति एकाएक स्वास्थ्यमा समस्या आएपछि उहाँलाई आज काठमाडौँ लगिएको हो ।” नगर प्रमुख मलासी उच्च रक्तचापसम्बन्धी औषधि सेवन गर्दै आएकी उनक...
अब ओपिडीको टिकट लिन लाइन बस्न नपर्ने

अब ओपिडीको टिकट लिन लाइन बस्न नपर्ने

बाग्मती प्रदेश, स्वास्थ्य
काठमाडाैं । कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका साथै उपचार प्रक्रियासमेत सहज हुने बताए । एप्सको प्रयोग गरिएसँगै न्यून जनशक्तिका भरमा काम गर्न सजिलो हुने उनले उल्लेख गरे । “घण्टौँ लाइनमा बस्नुपथ्र्यो, अब यसले त्यो समस्या हटाउने निश्चित छ”, उनले भने, “यो सेवा चर्चा पाउनेसम्मका लागि सीमित बन्नु हुँदैन, यो सेवालाई निरन्तरता दिनसक्नु पर्छ ।” अस्पतालमा लाग्ने भीडलाई व्यवस्थित गर्न प्रयोग गरिँदै आएको जनशक्तिलाई अब अन्य काममा लगाउन सकिने उनको भनाइ थियो । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज राउतले विस्तारै सवै सेवा प्रविधिको प्रयोग गरी गर्नुपर्नेमा जोड दिनुभयो । उपभोक्ताले पनि सकभर प्रविधिको प्रयोगमा ध्यान द...
डोटीका पहिलो कोरोना सङ्क्रमित ‘डिस्चार्ज’

डोटीका पहिलो कोरोना सङ्क्रमित ‘डिस्चार्ज’

सुदूरपश्चिम प्रदेश, स्वास्थ्य
डाेटी । जिल्लाको पहिलो कोरोना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भइ घरफर्किएका छन् । भारतबाट फर्किएका जिल्लाको शिखर नगरपालिका वडा नं ३ का २५ वर्षीय युवक १५ दिन जिल्ला अस्पताल डोटीको आइसोलेशन वार्ड रही कोरोनालाई जितेर बिहीबार घर फर्किएको अस्पतालले जनाएको छ । अहिले ती युवकलाई कोरोनाको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख तथा निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा ज्योति पाण्डेले बताए । उनले भने, “सङ्क्रमित युवकलाई हामीले १५ दिन आइसोलेशन वार्डमा राखेका थियौँ, उहाँमा कोरोनाको थप कुनै लक्षण नदेखिएपछि ‘आइसोलेशन व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका’ अनुसार डिस्चार्ज गरेका छौँ ।” सङ्क्रमित युवकलाई यही जेठ १९ गते कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । त्यसअघि उहाँका छोरामा स्वास्थ्य समस्या देखिएपछि श्रीमती र छोरासहित जिल्ला अस्पताल डोटीको आइसोलेशनमा राखेर ‘थ्रोट स्वाब’ लिएर पिसिआर परीक्ष...
कर्णालीमा सङ्क्रमितको संख्या ७६३ पुग्यो

कर्णालीमा सङ्क्रमितको संख्या ७६३ पुग्यो

कर्णाली प्रदेश, स्वास्थ्य
काठमाडाैं । कर्णालीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ७६३ पुगेको छ । बिहीबार थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७६३ पुगेको हो । कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा दैलेखका ४८, सुर्खेतका छ र काठमाडौँ बूढानीलकण्ठ–२ निवासी हाल चिङ्गाड गाउँपालिका–५ सुर्खेतमा बस्दै आएका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखमा प्रमुख डा लक्ष्मीनारयाण तिवारीले जानकारी दिए। महाशाखा प्रमुख डा तिवारीका अनुसार दैलेख डुङ्गेश्वर गाउँपालिका छ महिने बच्चा, चार महिलासहित ३९, वडाभैरव, खोर, खगेना, रुम, तुम्लुङ, तुर्सुका नौ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै सुर्खेत चिङ्गाड गाउँपालिकाका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । रासस...