स्वास्थ्य

सोलुखुम्बुका पहिलो कोरोना सङ्क्रमित निको भए

सोलुखुम्बुका पहिलो कोरोना सङ्क्रमित निको भए

प्रदेश-१, स्वास्थ्य
सोलुखुम्बु । सोलुखुम्बुका एक मात्र कोरोना सङ्क्रमित युवा निको भएर घर फर्किएका छन् । विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका २७ वर्षीय युवा निको भएर बिहीबार घर फर्किएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख रमेश खकुरेलले जानकारी दिए । करिब १४ दिनको उपचारपछि पिसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । यद्यपि उनलाई केही दिन भने होम क्वारेन्टिनमा नै राखिने छ । गत जेठ १५ गते सङ्क्रमण पुष्टि भएर उपचारका लागि विराटनगर लगिएको थियो । उनीसँगको सम्पर्कमा रहेका घरपरिवार, स्वास्थ्यकर्मीसहित ५० जनाको पिसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएको थियो । रासस...
वीड ग्रुपले सरकारलाई नै बेच्यो कराेडाैकाे आरडिटी कीट

वीड ग्रुपले सरकारलाई नै बेच्यो कराेडाैकाे आरडिटी कीट

स्वास्थ्य
काठमाडौं। पछिल्लाे समय आरडिटी कीटकाे काराेना भाइरसकाे परीक्षणमा प्रयाेग नगर्न सडकदेखि सदनमा बहस भइरहेकाे बेला पनि सरकार स्वास्थ्य निर्देशिकामा कुनै परिवर्तन गरेकाे छैन। केही दिनअघि दैलेखमा क्वारेन्टाइनबाट घर फर्काइएको दुई दिनपछि १ सय १३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको भयाे । जसले आरडिटी कीटकाे परीक्षणमा प्रश्न उठ्याे। दैलेखको नारायण नगरपालिकामा मात्रै आरडिटी परीक्षणको नतिजाको आधारमा घर पठाइएका ९५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ काेराेना भाइरसकाे त्रास नै फैलियाे। आरडिटी गरिएकाहरुको पिसीआर रिपोर्ट आउन ढिलाई भएपछि उनीहरुलाई प्रशासनले घर जान अनुमति दिएको थियो। पछि प्रशासनलाई समेत संक्रमितहरु खोजेर ल्याउन हम्मेहम्मे परेको छ। आरडिटीको भर परेर क्वारेन्टाइनमा बसेकाहरुलाई घर पठाउँदा समुदायमा नै कोरोना संक्रमणको खतरा समेत बढेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रोटोकलअनुस...
प्रदेश २ मा एकैदिन एक हजार ४२० स्वाब सङ्कलन

प्रदेश २ मा एकैदिन एक हजार ४२० स्वाब सङ्कलन

प्रदेश-२, स्वास्थ्य
धनुषा । कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि प्रदेश नं २ मा स्वाब सङ्कलनलाई तीव्र बनाइएको छ । बुधबार एकै दिनमा प्रदेशका छ जिल्लाका एक हजार ४२० को पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले पुष्टि गरेको हो । एकै दिनमा यति धेरै स्वाब सङ्कलन गरिएको अहिलेसम्मकै सर्वाधिक हो । प्रदेशका आठ जिल्लामध्ये छ जिल्लामा बुधबार स्वाब सङ्कलन गरिएको छ । जसमध्ये पर्सामा ५६१, महोत्तरीमा ३४३, सर्लाही १८७, रौतहट १५२, बारा ११७ र धनुषाका ६० जनाको स्वाब सङ्कलन गरिएको निर्देशनालयका निमित्त निर्देशकसमेत रहनुभएका वरष्ठि स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए । प्रदेशमा अहिले स्वाब सङ्कलनको कूल सङ्ख्या २९ हजार ९५१ पुगेको छ । प्रदेश नं २ का आठ जिल्लामा गरी अहिले पिसीआर परीक्षणबाट कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक हजार ५७३ पुगेको छ । जसमा सबैभन्दा बढी रौतहट जिल्लामा ४७६ छन् । ...
थप २५० जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ४६ सय नाघ्याे

थप २५० जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ४६ सय नाघ्याे

Featured, स्वास्थ्य
काठमाडौं । बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ ।...
(अपडेट) कोरोना भाइरस : विश्वमा ४ लाख १९ हजार भन्दा बढीको मृत्यु, ७४ लाखभन्दा बढी संक्रमित

(अपडेट) कोरोना भाइरस : विश्वमा ४ लाख १९ हजार भन्दा बढीको मृत्यु, ७४ लाखभन्दा बढी संक्रमित

Featured, स्वास्थ्य
एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १९ हजार ४१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७४ लाख ५९ हजार ७१४ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार बिहीबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३७ लाख ७८ हजार ५३७ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३२ लाख ६२ हजार १६३ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ८८९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ६६ हजार ४०१ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिका...
काेराेनासंगै गण्डकी प्रदेशमा २७ डेङ्गु सङ्क्रमित

काेराेनासंगै गण्डकी प्रदेशमा २७ डेङ्गु सङ्क्रमित

गण्डकी प्रदेश, स्वास्थ्य
कास्की । गण्डकी प्रदेशका छ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका बिरामी भेटिएका छन् । कोरोना भाइरसको जोखिमका बीच डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमणसमेत बढेको हो । हालसम्म ती जिल्लामा डेङ्गुका २७ बिरामी फेला परेका छन् भने म्याग्दीमा पाँच जनामा स्क्रब टाइफस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । म्याग्दी र कास्कीमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित भेटिएका छन् । म्याग्दीमा १२ र कास्कीमा १० बिरामी फेला परेको बताइन्छ । गण्डकीका पर्वतमा दुई तथा बाग्लुङ, तनहुँ र नवलपुरमा एक–एक जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको बताइन्छ । निर्देशनालयअन्तर्गतको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले सबैभन्दा बढी डेङ्गु सङ्क्रमण देखिएको म्याग्दीमा नियन्त्रण कार्ययोजनाअनुसार लामखुट्टेको सर्वे गरिएको बताए । उनका अनुसार बेनी नगरपालिका र मङ्गला गाउँपालिका क्षेत्...
बागलुङका चार जना काेराेना सङ्क्रमित निको

बागलुङका चार जना काेराेना सङ्क्रमित निको

स्वास्थ्य
बागलुङ । जिल्लाका चार कोरोना सङ्क्रमित धवलागिरि अस्पतालबाट स्वास्थ्यलाभ गरी बुधबार घर फर्किएका छन् । गत १४ गते सङ्क्रमण पुष्टि भएका तमानखोला गाउँपालिकाका २७ वर्षीय दुई र बडिगाड गाउँपालिकाका १९ र २० वर्षीय दुई युवक कोरोनामुक्त भएका हुन् । पछिल्लो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई ‘डिस्चार्ज’ गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताए । “चारै जना स्वस्थ हुनुहुन्छ, आइसोलेसनमा रहँदा कुनै लक्षण पनि देखिएन”, उनले भने । एकैसाथ सङ्क्रमण देखिएका तमानखोलाकै दुई युवकको भने पछिल्लो परीक्षणमा पनि कोरोना पोजेटिभ आएपछि अस्पतालको बसाइ लम्बिएको छ । लगातार दुईपटक नेगेटिभ रिपोर्ट आएपछि मात्र सङ्क्रमितलाई घर पठाउने गरिन्छ । निको भई घर फर्केपछि पनि केही समय अलग्गै बस्न र सावधानी अपनाउन भनिएको प्रमुख चिकित्सक पोखरेलले बताए । योसँगै जिल्लामा कोरोना लागेर निको हुनेको सङ्ख्या छ ...
पिसिआर परीक्षण माग गर्दै आरडिटी पोजेटिभ भएकाहरु आन्दोलनमा

पिसिआर परीक्षण माग गर्दै आरडिटी पोजेटिभ भएकाहरु आन्दोलनमा

स्वास्थ्य
कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको आइसोलेशन वार्डमा बसिरहेका आरडिटी पोजेटिभ भएकाहरू पिसिआर परीक्षण माग गर्दै सडक आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले स्थानीय घोडाघोडी बहुमुखी क्याम्पसमा सञ्चालन गरेको आइसोलेशन वार्डमा बसेका आरडिटी पोजेटिभ भएकाहरू लामो समय भइसक्दा पनि पिसिआर परीक्षण नगरिएको, प्लाष्टिकको चामल खुवाइएको, चर्को गर्मी विद्युत् व्यवस्थापन नभएको, खानेपानीको समस्या रहेको र बारम्बार आग्रह गर्दा पनि कुनै व्यवस्थापन नगरिएको आरोप लगाउँदै आन्दोलित भएका हुन् । आइसोलेशन वार्डमा बसिरहेका घोडाघोडी–९ का केवल बटालाले पटक पटक जानकारी गराउँदा पनि कसैले वास्ता नगरेको र अति भएर सडकमा आउनुपरेको बताए । प्रदेशभरि नै स्वाब सङ्कलन रोक्न निर्देशन भएअनुसार घोडाघोडीमा पनि रोकिएकाले पिसिआर परीक्षणमा समस्या भएको नगर प्रमुख ममताप्रसाद चौधरीले बताए । उनका अनुसार स्वाब सङ्कलन गर्न भिटिएमको ...
धादिङमा थपिए १६ जना कोरोना संक्रमित

धादिङमा थपिए १६ जना कोरोना संक्रमित

बाग्मती प्रदेश, स्वास्थ्य
काठमाडौं । धादिङमा बुधवार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले टेकु अस्पतालमा गरिएको परीक्षणमा १६ जनाको कोरोना पोजेटिभ आएको जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये १२ जना पुरुष र ४ जना महिला रहेका छन् । नेपालमा आज मात्रै २ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । हालसम्म १५ जनाको कोरोनाको कारण ज्यान गएको र ६ सय ७४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।...
‘छिमेकी र तेस्रो मुलुकबाट आएकाहरुबाट कोरोना संक्रमण बढ्यो’

‘छिमेकी र तेस्रो मुलुकबाट आएकाहरुबाट कोरोना संक्रमण बढ्यो’

स्वास्थ्य
काठमाडौं । राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले भारत लगायत तेस्रो मुलुकबाट नेपाली नागरिक आएका कारण नेपालमा कोरोना संक्रमण बढेको बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै प्याकुरेलले भारत र अन्य मुलुकबाट नागरिकहरु आएका कारण संक्रमण फैलिएको बताए । उनले भने, ‘भारत वा अन्य देशबाट नेपाली नागरिक आउने क्रम नचलेको भए नेपाल कोरोनामुक्त देश हुन्थ्यो कि ?’ युरोप अमेरिकाजस्तो देशहरुले यसको व्यवस्थापन गर्न नसकेको उल्लेख गर्दै उनले नेपाल सरकारले जेनतेन भएर पनि व्यवस्थापन गरिरहेको बताए । विश्वका अधिकांश मुलुकहरुमा परीक्षण किटको अभाव रहेको, विकसित मुलुकहरुमा समेत भेन्टिलेटर, आइसियु र आइसोलेसनको अभाव रहेको उल्लेख गर्दै उनले सरकारको खुलेर बचाउ गरे । कहालीलाग्दो विरासतमाथि उभिएर सरकार कोरोना विरुद्ध लडिरहेको समेत उनले बताए ।...