स्वास्थ्य

कर्णालीमा मात्रै ७०० बढी कोरोना संक्रमित

कर्णालीमा मात्रै ७०० बढी कोरोना संक्रमित

section, कर्णाली प्रदेश, स्वास्थ्य
सुर्खेत । कर्णालीमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ३७ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका २५ जना, सुर्खेतका ९ जना र जाजरकोटका तीन जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. १, २, ३, ४ र ५ का २३ जना पुरुष र २ जना महिला रहेका छन् । सुर्खेतको बराहाताल गाउँपालिका -४, का एकजना पुरुष, गुर्भाकोट नगरपालिका-१२ का दुईजना महिला १४ नम्बरका चारजना पुरुष र एकजना महिला रहेका छन् । सिम्ता गाउँपालिका ३ का एक पुरुष रहेका छन् । त्यस्तै, जाजरकोट छेडागाड नगरपालिका–१२ का दुईजना पुरुष, शिवालय गाउँपालिका-१, का एकजना पुरुष रहेका छन् । योसँगै कर्णालीमा बुधबारसम्म संक्रमितको संख...
पछिल्लो २४ घण्टामा २७९ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा २७९ जनामा कोरोना पुष्टि

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा बुधवार थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले नेपालमा आज एकैदिन २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार आज थपिएका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।...
पाँच वर्षमुनिका ४७२ बालबालिका क्वारेन्टाइनमा

पाँच वर्षमुनिका ४७२ बालबालिका क्वारेन्टाइनमा

समाज, स्वास्थ्य
बाजुरा । जिल्लाको नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४७२ रहेको छ । ती सबै बालबालिका भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका आमाबुवासँगै नेपाल आएर क्वारेन्टाइनमा बसेका हुन् । ती बालबालिकामध्ये छेडेदह गाउँपालिकामा ६२, बूढीगङ्गा नगरपालिकामा १५३, त्रिवेणी नगरपालिकामा १११, बडिमालिका नगरपालिकामा ४२, गौमुल गाउँपालिकामा ३२ बालबालिका क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । त्यस्तै हिमाली गाउँपालिका आठ, स्वामिकार्तिक खापर गाउँपालिका ३०, जगन्नाथ गाउँपालिकामा १२ बूढीनन्दा नगरपालिकामा २२ बालबालिका छन् । बुधबार बिहानसम्म नौवटै स्थानीय तहमा रहेका १३२ क्वारेन्टाइनमा जम्मा पाँच हजार ३३२ रहेका छन् । जसमा तल्लो क्षेत्रमा पर्ने बडिमालिका नगरपालिकामा २७६, गौमुल गाउँपालिकामा ३४०, खप्तड छेडेदह गाउँपालिकामा एक हजार १९५ जना बूढीगङ्गा नगरपालिकामा...
जुम्लाको आइसोलेसनबाट १८ कोरोना जितेर घर फर्किए

जुम्लाको आइसोलेसनबाट १८ कोरोना जितेर घर फर्किए

कर्णाली प्रदेश, स्वास्थ्य
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनबाट १८ जना कोरोना जितेर घर फर्किएका छन् । कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टिनमा बसेका व्यक्तिलाई कोरोना सङ्क्रमण भएको थियो । उनीहरुलाई आइसोलेसनमा उपचारपश्चात पुनः पिसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि सोमबार साँझ घर पठाएको प्रतिष्ठानका अस्पताल निर्देशक चिकित्सक मङ्गल रावलले बताए । प्रतिष्ठानका चिकित्सक धिरज गुरुङले कोरोना जितेर घर फर्कँदै गरेका नागरिकलाई तीन साता होम क्वारेन्टिनमा बस्न सुझाए । उनले भने, “घरमा सामाजिक दूरी कायम गर्नु, चुरोट र रक्सीबाहेक अरु खानेकुरा बार्न पर्दैन । आफू सचेत हुन आवश्यक छ ।” प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले कोरोना भाइरसलाई जितेर घर फर्कँदै गरेका नागरिकलाई धन्यवाद व्यक्त गरे । उनले भने, “तपाईँहरुका साहसले अरुको साहस बढ्छ । अहिले जुम्लाबाट खुशीको सन्देशले अरु नाग...
कोरोना सङ्क्रमित गर्भवती महिलाको सफल शल्यक्रिया

कोरोना सङ्क्रमित गर्भवती महिलाको सफल शल्यक्रिया

स्वास्थ्य
बाँके । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएकी अछामकी कोरोना सङ्क्रमित महिलाको शल्यक्रिया सफल भएको छ । अछामको बयलपाटा अस्पतालमा उपचार असम्भव भएपछि सोमबार हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएकी २५ वर्षीया गर्भवती महिलाको मङ्गलबार दिउँसो शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालका उपनिर्देशक डा दिनेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार १८ हप्ताकी गर्भवतीसमेत रहेकी ती महिलाको बेरिएको आन्द्राको सफल शल्यक्रिया गरिएको हो । डा प्रदीप थापा, डा आशिष भट्टलगायतको टोलीले शल्यक्रिया गरेको हो । महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अछाम चोरकोट गाउँपालिका–५ निवासी गर्भवतीसमेत रहेकी ती महिलाको अछामको बयलपाटा अस्पतालमा अवस्था बिग्रिएपछि सोमबार हेलिकोप्टरबाट कोहलपुर ल्याइएको थियो । भारतबाट आएर क्वारेन्टिनमा रहेको अवस्थामै बिरामी भएकाले नेपालगञ्जस्थित भेरी अस्पत...
स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टिपछि सेवा बन्द

स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टिपछि सेवा बन्द

स्वास्थ्य
कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–५ त्रिभुवनबस्तीमा रहेको स्वास्थ्यचौकीको सम्पूर्ण सेवा मङ्गलबारदेखि बन्द गरिएको छ । स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कारोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै स्वास्थ्यचौकीबाट उपलब्ध हुँदै आएका सबै सेवा बन्द गरिएको हो । कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्ति र स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यचौकीका सेवा बन्द गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले बताए । कोराना भाइरसको परीक्षणका लागि स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलगायतको स्वाब सङ्कलन भइरहेको छ । “सङ्कलित स्वाबको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाउँछौँ”, उनले भने, “नतिजा नआउँदासम्मका लागि स्वास्थ्यचौकीका सेवा बन्द हुन्छन् ।” सोमबार पुर्नवासकै स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका सूचना अध...
सुदुरपश्चिमका थप १० जनामा कोरोना संक्रमण पुष्टि

सुदुरपश्चिमका थप १० जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेश, स्वास्थ्य
कैलाली । सुदुरपश्चिम प्रदेशमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या १३४ पुगेको छ । सेती प्रादेशिक अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणबाट मंगलबार थप १० जना कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल धनगढीको कोभिड–१९ को प्रयोगशालाबाट गरिएको परिक्षणबाट पुष्टि भएका १० जना मध्ये कैलाली धनगढी उपमहानगरपालिका बस्ने वर्ष २८ का १ जना महिला र वर्ष २ को १ जना बालिका, कैलाली टिकापुर नगरपालिका बस्ने वर्ष २३, २४, ३६ र ४० वर्षका पुरुष, कैलाली मोहन्याल गाउँपालिका बस्ने वर्ष १७ को १ जना परुष रहेका छन् । त्यसैगरि कञ्चनपुर शुक्लाफाँटा नगरपालिका बस्ने वर्ष २५ को १ जना पुरुष, डडेल्धुरा नवदुर्गा गाउँपालिका बस्ने २२ को १ जना पुरुष र दार्चुला लेकम गाउपालिका बस्ने वर्ष २६ को १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पतालबाट १ जना संक्रमित निको भई घर गइसकेपछि निको हुनेको संख्या पनि १९ प...
टेकुको जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रियस्तरको मान्यता

टेकुको जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रियस्तरको मान्यता

स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आइएसओ)ले प्रयोगशालाले प्रदान गर्ने सेवा, गुणस्तर र विश्वसनीयका आधारमा ‘आइएसओ १५१८९ः २०१२’ को प्रमाणपत्र प्रदान गरेको हो । नेपालस्थित सङ्गठनका प्रतिनिधि डा.सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुना झालाई आज यहाँ आयोजित कार्यक्रममा उक्त प्रमाणपत्र हस्तान्तरण गरेका हुन् प्रयोगशालाबाट एकपटक परीक्षण भएपछि त्यसले अन्तर्राष्ट्रियस्तर मान्यता पाउने गर्छ । यसअघि अन्तर्राष्ट्रिय मापदण्डको मान्यता पाउने चारवटा निजी क्षेत्रका प्रयोगशाला रहेका छन् । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को लडाइँ लडिरहेका बेला सरकारी प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाउनु खुशीको कुरा भएको बताए । ...
थप ३२३ जना कोरोना संक्रमण, संक्रमितकाे संख्या ४ हजार ८५ पुग्याे

थप ३२३ जना कोरोना संक्रमण, संक्रमितकाे संख्या ४ हजार ८५ पुग्याे

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ८५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार आज भेटिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । साथै नेपालमा अहिलेसम्म कोरोनाविरुद्धको लडाई जितेर घर फर्किनेको संख्या ५८४ रहेको छ । आज मात्रै नेपालमा थप ९६ जना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन् ।...
नेपालमा काेराेनाबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

नेपालमा काेराेनाबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना भाइरसकाे कारण मृत्यु भएसंगै मृत्यु हुनेकाे संख्या १५ पुगेकाे छ । भरतपुर अस्पतालमा मंलगवार बिहान थप एक जनाको मृत्यु भएसँगै मृतक संख्या १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताए । गौतमका अनुसार मृतक भरतपुर महानगरपालिका–११ सामनाटोलका ६८ वर्षका पुरुष हुन् । यसअघि नेपालका १४ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।...