समाज

थापाथली पुलमुनि मृत अवस्थामा भेटिए हरि राई

थापाथली पुलमुनि मृत अवस्थामा भेटिए हरि राई

काठमाडौं । काठमाडौं महानगरपालिका–११, थापाथलीमा रहेको पुलमुनि एक जना ब्यक्ति मृत अवस्थामा भेटिएका छन् । नजिकै रहेको सुकुमबासी बस्तीमा बस्ने मकवानपुर बकैया गाउँपालिका–३ स्थायी घर भएका ३५ वर्षीय हरि राई मंगलबार मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार, शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । थप अनुसन्धान चलिरहेको छ ।
Read More
त्रिवि उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त

त्रिवि उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्रीसमेत रहेका कुलपति केपी शर्मा ओलीले अर्याललाई त्रिवि उपकुलपति नियुक्त गरेका हुन्। अर्याल त्रिविकै जल तथा मौसम विज्ञान केन्द्रीय विभाग प्रमुखसमेत भइसकेका छन्। त्रिवि उपकुलपति सिफारिस समितिले अर्यालसहित तीन जनाको नाम सिफारिस गरेको थियो। प्रा.डा. केशरजङ्ग बरालले त्रिवि उपकुलपतिबाट राजीनामा दिएपछि प्रा.डा. खड्ग केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो।
Read More
बागलुङमा बाढीले जलविद्युत आयोजना बगायो, तीन झोलुङ्गेपुल पूर्णरुपमा क्षती

बागलुङमा बाढीले जलविद्युत आयोजना बगायो, तीन झोलुङ्गेपुल पूर्णरुपमा क्षती

काठमाडौं । बागलुङमा बाढीले कालुङखोला जलविद्युत आयोजना बगाएको छ। बुधबार जैमिनी नगरपालिका–९ पैयुथन्थाप बिजुवामा रहेको कालुङखोला जलविद्युत आयोजना बगाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । प्रहरीका अनुसार कालुङखोला आयोजनाको विद्युतगृह र त्यहाँ रहेका तीन वटा झोलुङ्गे पुलमा पनि पूर्णरूपमा क्षति पुगेको छ। बाढीले एउटा गोरूलाई पनि बगाएको छ। त्यहाँ रहेका करिब १० वटा घर जोखिममा छन्। स्थानीयबासीलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ।
Read More
भूमि विधेयक संसदको कार्यसूचीमा परेपछि आपत्ति जनाउँदै शर्माले भने–लटरपटर तरिकाले पारित गर्न मिल्दैन

भूमि विधेयक संसदको कार्यसूचीमा परेपछि आपत्ति जनाउँदै शर्माले भने–लटरपटर तरिकाले पारित गर्न मिल्दैन

काठमाडौं । संसद सचिवालयले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित गर्ने गरी संसदको कार्यसूचीमा राखेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । भूमि विधेयक फिर्ता लिएर सहमति जुटाउनुपर्ने भन्दै उनले विधेयकमाथि थप छलफल हुनुपर्ने बताएका हुन् । उनले भने–‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक स्वयंमा संशोधन गरेर सहमति जुटाउन जरुरी छ ।’ पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्नेगरी संसदमा प्रस्तुत हुन लागेको भन्दै उनले विमति राखेका छन् । पूर्वसहमति खोज्नुपर्ने वा थप छलफलका लागि समितिमै विधेयकलाई पठाउन सकिने उनले विकल्प राखेका छन् । महामन्त्री शर्माले भूमि विधेयक लटरपटर तरिकाले पारित गर्न नहुने विचार राखेका छन् ।…
Read More
चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु

चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु

ताप्लेजुङ । सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो । पारिवारिक स्रोतका अनुसार मङ्गलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर उनी घाइते भएका थिए। उनलाई तत्काल स्थानीय स्वास्थ्यचौकी पुर्‍याइएको थियो । त्यसैगरी, सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङ लागेर घाइते भएका छन् । १७ वर्षीय लिम्बूलाई चट्याङ लागेको हो । उनको सोही स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।
Read More
बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

बलेवा । जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुंखोले उपल्लो कालुंखोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ । आज बिहानको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको हो । गत वर्ष ३५ लाख खर्चेर निर्माण गरिएको स्टिल पुल पनि बगेको छ । बाढीले केन्द्रीय विद्युत् प्रसारणलाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ । ट्रान्सफर्मरमा क्षति भएपछि स्थानीय विद्युत् पैञ्युथन्थापका १३० घरमा बिजुली आपूर्ति बन्द भएको छ ।
Read More
कांग्रेस महामन्त्री गगन थापा बैंकक प्रस्थान

कांग्रेस महामन्त्री गगन थापा बैंकक प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा बैंकक प्रस्थान गरेका छन् । मंगलबार थाइ एयरवेजको जहाजमार्फत उनी थाइल्याण्डको बैंकक प्रस्थान गरेका हुन् । उनी कार्बन बजार र ट्रेडिङ सम्बन्धी कार्यक्रममा भाग लिन त्यसतर्फ गएको बताइएको छ । थाइल्याण्डमा जुलाई ८ तारिखदेखि १० तारिकसम्म एसिया जलवायु शिखर सम्मेलन २०२५ रहेको छ ।
Read More

पहिरोले अवरुद्ध वीपी राजमार्ग खुल्यो

काभ्रे । खहरे खोलाको लेदो आएपछि अवरुद्ध भएको वीपी राजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार वीपी राजमार्ग रोशी गाउँपालिका-९ पिन्थली बेसिखण्डमा खहरे खोलाको लेदो आएपश्चात बिहान सडक अवरोध भएको थियो । मंगलबार राति १ बजेदेखि अवरुद्ध सडक बिहान लेदो पन्छाएपश्चात दुबैतर्फी बाटो सुचारु भएको हो । वर्षाले लेदोसहितको पहिरो ३/४ ठाउँमा गएका कारण अवरुद्ध भएको थियो । बीपी राजमार्ग सामान्य वर्षा हुँदा सवारी आवागमनमा अवरोध हुँदै आएको छ ।
Read More
१ करोड ४४ लाख रुपियाँसहित चिनियाँ नागरिक पक्राउ

१ करोड ४४ लाख रुपियाँसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौंं । स्रोत नखुलेको १ करोड ४४ लाख नगदसहित एक चिनियाँ नागरिकलाई बौद्ध नयाँ बस्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उक्त व्यक्ति बसोबास गरिरहेको कोठामा खानतलासी गर्दा अवैध कारोबारको आशंकामा ठूलो परिमाणको नगद फेला पारेको हो । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–६, बौद्ध नयाँ बस्तीस्थित डेरा लिएर बस्दै आएका ती चिनियाँ नागरिकको कोठामा शंकास्पद आर्थिक कारोबार भइरहेको सूचना प्राप्त भएपछि टोली परिचालन गरिएको थियो । खानतलासीका क्रममा १ करोड ४४ लाख रुपियाँ बरामद भएपछि चिनियाँ नागरिकलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पक्राउ परेका…
Read More
यी हुन् रसुवा बाढीमा बेपत्ता हुने नेपाली र चिनियाँ नागरिक (सूचीसहित)

यी हुन् रसुवा बाढीमा बेपत्ता हुने नेपाली र चिनियाँ नागरिक (सूचीसहित)

काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण अहिलेसम्म रसुवामा १८ जना बेपत्ता भएको तथ्यांक संकलन भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनाको उद्धार गरेको छ । सशस्त्र प्रहरी बलका अनुसार, बेपत्ता हुनेमा नेपाल प्रहरी अन्तरगत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत् प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन् । प्रहरीका अनुसार बर्दिया स्थायी घर भएका जिवन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान, हाइलक्स चालक लोकमान तामाङ पनि बेपत्ता भएका छनन् । बेपत्ता हुनेमा ६ जना…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.