समाज

रसुवा बाढी : भन्सारबाट मालवस्तु बोकेका सयभन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान, बाढी प्रभावित क्षेत्रमा जाँदै अर्थमन्त्री

रसुवा बाढी : भन्सारबाट मालवस्तु बोकेका सयभन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान, बाढी प्रभावित क्षेत्रमा जाँदै अर्थमन्त्री

काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा रहेका १ सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान गरिएको छ । नेपाल इन्टरमोडलर विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार यसरी बगेकामध्ये अधिकांश मालवस्तु बोकेका सवारी साधन छन् । इभी गाडी भने केही पर रहेका कारण कम क्षति पुगेको अनुमान गरिएको छ । यार्डमा २३० वटा सवारी साधन पार्किङ गरेर राखिएको भएपनि केही गाडीहरुमात्रै राति माथि सारिएको हुँदा कति क्षति भयो भन्ने अहिले ने भन्नन नसकिने उनले बताए । उनले भने–‘अहिले घटनास्थलमा क्षतिको विवरण संकलन भइरहेको छ, त्यसपछि मात्र स्पष्ट हुनेछ ।’ यसैबीच, बाढीका कारण…
Read More
रसुवा बाढीपछि आकस्मिक बैठक आह्वान

रसुवा बाढीपछि आकस्मिक बैठक आह्वान

काठमाडौँ । सरकारले रसुवामा आकस्मिक बाढी आएसँगै आकस्मिक बैठक बोलाएको छ । केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बोलाइएको हो । बैठक मंगलबार दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने भएको प्राधिकरणले जनाएको छ। चीनबाट आएको बाढीका कारण टिमुरे क्षेत्रमा व्यापक जनधनको क्षति भएको छ । उक्त बाढी हिमताल फुटेर आएको आशंका गरिएको छ ।
Read More
रसुवा बाढी : २०० मेगावाट विद्युत् उत्पादन बन्द, जल्दा जल्दैको शव बगायो

रसुवा बाढी : २०० मेगावाट विद्युत् उत्पादन बन्द, जल्दा जल्दैको शव बगायो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रसुवामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाको २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको जनाएको छ । प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा बाँधको एउटा गेट नै बाढीले बगाएको छ । त्यस्तै सोही परियोजनाको पुलमा पनि क्षति पुगेको छ । पुल चर्केका कारण आवतजावत बन्द छ । आयोजनाको टेलरेसमा भौतिक क्षति नभए पनि गेग्रान थुप्रिएको छ । पावरहाउसमा भने क्षति नभएको उनले बताए । त्यस्तै ६० मेगावाट क्षमताको त्रिशूली ३ ए आयोजनामा भएको क्षतिको विवरण आएको छैन । तर भवनमा बाढी पसेको छ । त्रिशूली ३…
Read More
रसुवा बाढीमा असईसहित तीन प्रहरी बेपत्ता [नामसहित]

रसुवा बाढीमा असईसहित तीन प्रहरी बेपत्ता [नामसहित]

काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढीले रसुवामा विनाश निम्त्याउँदा १८ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये उद्धारका लागि खटिएका नेपाल प्रहरीका तीन जना सुरक्षाकर्मीसमेत रहेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धार कार्यमा खटिएका प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा बाढीमा परेर सम्पर्कविहीन भएका हुन्। बाढीले रसुवागढी नाका क्षेत्रका पक्की पुल, भन्सार यार्ड, कन्टेनर, सवारीसाधन र सुख्खा बन्दरगाहमा ठूलो क्षति पुर्‍याएको छ।
Read More
चीनबाट आएको बाढीले रसुवामा विनाश : चिनियाँ नागरिक र सुरक्षाकर्मीसहित १८ जना सम्पर्कविहीन

चीनबाट आएको बाढीले रसुवामा विनाश : चिनियाँ नागरिक र सुरक्षाकर्मीसहित १८ जना सम्पर्कविहीन

काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीमा परी अहिलेसम्म १८ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी हेमबहादुर शाहीका अनुसार, बेपत्तामध्ये चार जना चिनियाँ कामदार छन् भने अन्य नेपालीहरूमध्ये केही सुरक्षाकर्मीसमेत छन् । खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी छ । बाढीले रसुवागढी नाका क्षेत्रमा अवस्थित पक्की पुल, भन्सार यार्ड, कन्टेनर, सवारीसाधन र सुख्खा बन्दरगाहमा गम्भीर क्षति पुर्‍याएको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।
Read More
चिनियाँ भूभागबाट आएको बाढीले रसुवाको  मितेरी पुल बगायो

चिनियाँ भूभागबाट आएको बाढीले रसुवाको मितेरी पुल बगायो

रसुवा । मंगलवार बिहान ३ बजे चिनियाँ भूभागबाट आएको बाढीले रसुवागढीस्थित मितेरी पुल बगाएको छ । चीनतर्फबाट आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि सुख्खा बन्दरगाह मा रहेको भन्सार हुन राखिएकाे कन्टेनर लगायत विद्युतीय साना ठुला ईभिगाडि सयाैकाे संख्यामा रहेका संरचना नष्ट भएका छन्। सुख्खा बन्दरगाह नष्ट भएकाे छ सो क्षेत्रमा पनि बाढीले क्षति पुर्‍याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरू पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । त्यहाँबाट वगेकाेबाढीले थप हानि नहाेस भन्नका लागि उच्चस्तरीय सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ ।थप विवरण आउन वाकी छ।
Read More
आफ्नो जन्मदिनमा के भने पूर्वराजाले ?

आफ्नो जन्मदिनमा के भने पूर्वराजाले ?

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यो समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् । आफ्नो जन्मदिनको अवसरमा निर्मल निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै शाहले सो कुरा बताएका हुन् । उनले अहिलेको समय वर्षाको समय भएकाले यो बेला बाढी, पहिरो डुबानजस्ता समस्या हुनेमा सचेत गराए । उनले भने, ‘यो बेला पानीजन्य बिमारीहरू पनि हुन्छ । त्यसैले सबै दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र विचार गरेर बस्नु मेरो आग्रह छ ।’ उनले नेपालमा जन्मेर मात्र नेपाली हुन नसक्ने बताउँदै भने, ‘हामीभित्र नेपाल हुनुपर्छ अनि हामी नेपाली हुन्छौँ ।’ उनले आफूसँगै जन्मदिन पर्ने सबैलाई शुभकामना पनि दिए । पूर्वराजाले भने, ‘आज…
Read More
काठमाडौंमा चिनियाँको अवैध धन्दा

काठमाडौंमा चिनियाँको अवैध धन्दा

काठमाडौं । डेटिङ एप बनाएर काठमाडौंमा अवैध धन्दा सञ्चालन गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको दमकल चोकबाट ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । उनीहरुले दमकल चोकमा एक घर भाडामा लिएर सोसियल सफ्टवयेर डेभलपमेन्ट कम्पनी प्रालि दर्ता गरी अवैध कल सेन्टर, डेटिङ एप र क्रिप्टो कारोबार गरेको आरोप छ । नेपाली युवा युवतीहरुलाई डेटिङ एमार्फत सम्पर्क गरी अनलाइन डेटिङ स्क्याममा लगाउने गरेको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए । यसका साथै उनीहरुले क्रिप्टोको कारोबार गरेको पनि सीआईबीले बताएको छ । उनीहरुको साथबाट प्रहरीले १३ लाख ९९ हजार ९५० अवैध…
Read More
सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न

सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न

काठमाडौ । सुरक्षासम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूह (आईएनबिसिजिएसआई) को सोह्रौँ बैठक असार ९–१० गते भारतको पुणेमा सम्पन्न भएको छ। भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकार विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरले गरेका थिए भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया) गेहेन्द्र राजभण्डारीले गरेका थिए। प्रतिनिधिमण्डलमा सम्बन्धित परराष्ट्र तथा रक्षा मन्त्रालयका अधिकारीहरूका साथै भारतीय सेना र नेपाली सेनाका निर्देशनालयका पदाधिकारीहरू सहभागी रहेका नेपालस्थित भारतीय दूतावासले जनाएको छ। बैठकमा दुवै पक्षले सुरक्षा र रक्षा सहकार्यसँग सम्बन्धित विविध विषयहरू उपकरण आपूर्ति, तालिम, संयुक्त सैन्य अभ्यास, विपद् राहत कार्य र सैन्य आदानप्रदानबारे फलदायी छलफल गरेका थियो। यसका साथै प्रतिनिधिमण्डलले पारस्परिक रूपमा लाभदायक…
Read More
भारत सरकारको सहयोगमा मुस्ताङमा विद्यालयको छात्रावास तथा चमेना गृह बन्ने

भारत सरकारको सहयोगमा मुस्ताङमा विद्यालयको छात्रावास तथा चमेना गृह बन्ने

काठमाडाैं । मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिकास्थित श्री दिव्य दीप माध्यमिक विद्यालयको लागि छात्रावास भवन तथा चमेना गृह निर्माणको शिलान्यास आज काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख श्री प्रसन्न श्रीवास्तव र मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष श्री टसी न्हर्वु गुरुङले संयुक्त रूपमा गर्नुभयो । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थित रहेको थियो । ‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु.३.७६ करोड परियोजना लागतमा श्री दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवन तथा चमेना गृह निर्माण भइरहेको छ । ‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान शौचालय, बाथरूम, भोजन कक्षसहितको भान्छा गृह,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.