काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ ।
बाढीमा परी अहिलेसम्म १८ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी हेमबहादुर शाहीका अनुसार, बेपत्तामध्ये चार जना चिनियाँ कामदार छन् भने अन्य नेपालीहरूमध्ये केही सुरक्षाकर्मीसमेत छन् । खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी छ ।
बाढीले रसुवागढी नाका क्षेत्रमा अवस्थित पक्की पुल, भन्सार यार्ड, कन्टेनर, सवारीसाधन र सुख्खा बन्दरगाहमा गम्भीर क्षति पुर्याएको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।












Facebook Comments