समाज

भारत सरकारको आर्थिक सहयोगमा अछामको साँफेबगर नगरपालिकामा निर्मित विद्यालय भवनको हस्तान्तरण

भारत सरकारको आर्थिक सहयोगमा अछामको साँफेबगर नगरपालिकामा निर्मित विद्यालय भवनको हस्तान्तरण

काठमाडाैं । भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको अछाम जिल्लाको साँफेबगर नगरपालिकास्थित श्री महेन्द्र माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको औपचारिक हस्तान्तरण गरेका छन् । अछाम जिल्लाको साँफेबगर नगरपालिकास्थित श्री महेन्द्र माध्यमिक विद्यालयका लागि निर्माण गरिएको विद्यालय भवन शनिबार औपचारिक रुपमा जिल्ला समन्वय समिति, अछामका प्रमुख ललित बहादुर कुँवर, साँफेबगर नगरपालिकाका मेयर राजेन्द्र बहादुर कुँवर र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा श्री महेन्द्र माध्यमिक विद्यालयको व्यवस्थापनलाई हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालयका शिक्षक/शिक्षिका, विद्यार्थी एवम् उनीहरुका अभिभावकहरुको पनि उपस्थिति रहेका थिए। ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत…
Read More
बाजुरामा भारत सरकारको सहयोगमा कृषि प्रवर्द्धन केन्द्रको भवन निर्माण सुरू

बाजुरामा भारत सरकारको सहयोगमा कृषि प्रवर्द्धन केन्द्रको भवन निर्माण सुरू

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकास्थित मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रका लागि आवश्यक कृषि प्रवर्द्धन केन्द्रको भवन निर्माण कार्यको शिलान्यास गरिएको छ । उक्त गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्त रूपमा निर्माणको शिलान्यास गरेका हुन् । शिलान्यास समारोहमा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, समाजसेवीहरू र स्थानीय समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो । भारत सरकारको ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत ३।१४१ करोडको आर्थिक सहयोगमा उक्त भवन निर्माण हुन लागेको हो । वितरण डेस्क, रेकर्ड रुम तथा अन्य आवश्यक संरचनासहित यो कृषि प्रवद्र्धन केन्द्र अन्न भण्डारण तथा वितरणको केन्द्रको रूपमा विकास गरिने जनाइएको छ ।…
Read More
‘सगरमाथा सम्वाद’ को लागि भारतद्वारा नेपाललाई १५ विद्युतीय सवारी साधन प्रदान

‘सगरमाथा सम्वाद’ को लागि भारतद्वारा नेपाललाई १५ विद्युतीय सवारी साधन प्रदान

काठमाडौं । भारतले सगरमाथा सम्वाद को सहजीकरणका लागि नेपाललाई १५ वटा विद्युतीय सवारी साधन उपहारस्वरुप प्रदान गरेको छ । आइतबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री डा. आरजु राणालाई १५ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गरेका हुन् । मित्रता र सद्भावनाको एक महत्वपूर्ण सङकेतको रुपमा ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ भन्ने विषयमा जेठ २–४ गतेसम्म काठमाडौंमा हुन लागेको ‘सगरमाथा सम्वाद’ को पहिलो संस्करणको प्रभावकारी आयोजनालाई सहजीकरण गर्न लजिस्टिक सहयोगको लागि भारतको तर्फबाट उपहारस्वरुप यी सवारी साधन प्रदान गरिएको जनाइएको छ । हस्तान्तरण समारोहमा बोल्दै परराष्ट्रमन्त्री डा. आरजु राणाले सम्वादको आयोजनालाई सहजीकरण गर्न भारतले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन्…
Read More
भारतीय सांस्कृतिक सम्बन्ध परिषदको ७५ औं वार्षिकोत्सवमा सांस्कृतिक उत्सव

भारतीय सांस्कृतिक सम्बन्ध परिषदको ७५ औं वार्षिकोत्सवमा सांस्कृतिक उत्सव

काठमाडाैं । भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) को ७५औं वार्षिकोत्सवको अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले एक भव्य सांस्कृतिक कार्यक्रम तथा आईसीसीआरका पूर्व विद्यार्थीहरुको भेला आयोजना गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपालको पूर्वराष्ट्रपति डा. रामवरण यादव रहेका थिए । उक्त कार्यक्रममा आईसीसीआरका पूर्वछात्र तथा छात्रहरूले संगीत र नृत्यमार्फत भारत–नेपाल मैत्री सम्बन्धको उत्सव मनाएका थिए । सांस्कृतिक प्रस्तुतिहरूमा भारतीय र नेपाली संस्कृतिको झल्को दिने विविध नृत्य र गायन प्रस्तुति समावेश गरिएको थियो । साथै, आईसीसीआरका पूर्व विद्यार्थीहरूले परिषद्को छात्रवृत्तिले आफ्नो जीवन र करिअरमा पारेको सकारात्मक प्रभावबारे आफ्ना अनुभवहरू बाँडे । कार्यक्रममा बोल्दै डा. यादवले आफू पनि आईसीसीआरका छात्र रहेको उल्लेख गर्दै भारतीय…
Read More
प्रिशा साहको निधनबारे के भन्छ भारतीय विदेश मन्त्रालय?

प्रिशा साहको निधनबारे के भन्छ भारतीय विदेश मन्त्रालय?

काठमाडौं । भारतीय विदेश मन्त्रालयले उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको जानकारी पाउनेबित्तिकै उडिशा राज्य सरकारसँग निरन्तर सम्पर्क गरी घटनाबारे अनुसन्धान भइरहेको जनाएको हो। उडिसा सरकारले पीडित परिवारलाई पूर्ण सहयोग प्रदान गरेकोसमेत उल्लेख छ। ‘सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई अत्यन्त गम्भीरताका साथ लिने बताएको छ। नेपाल सरकार, उडिशा राज्य सरकार र कीआईआइटी विश्वविद्यालय प्रशासनसँग निरन्तर समन्वयमा रही सूचनाको तत्काल आदानप्रदान र आवश्यक सहयोगका लागि तयारी अवस्थामा रहेको पनि छ,’ विज्ञप्तिमा भनिएको छ। बिहीबार साँझ कम्युटर…
Read More
भारतद्वारा नेपाललाई सिकल सेल र थालेसिमिया खोप हस्तान्तरण

भारतद्वारा नेपाललाई सिकल सेल र थालेसिमिया खोप हस्तान्तरण

काठमाडौँ । भारत सरकारले नेपाललाई सिकल सेल र थालेसिमिया खोप हस्तान्तरण गरेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिकल सेल रोग र थालेसिमियाविरूद्धको खोपको पहिलो खेप स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई हस्तान्तरण गरेका हुन्। नेपाल सरकारले गरेको अनुरोधअनुसार भारत सरकारले थालेसिमिया र सिकल सेल रोगका बिरामीहरूको व्यवस्थापनका लागि २० लाख डलर बराबरको औषधि तथा खोप प्रदान गर्न लागेको दूतावासले जनाएको छ। यसअनुसार पहिलो खेपमा खोप/औषधिमा इन्फ्लुएन्जा खोप (३१०० युनिट), साल्मोनेला खोप (१५०० युनिट), मेनिङ्गोकोक्कस खोप (३१०० युनिट), हाइमोफिलस इन्फ्लुएन्जा खोप (४६४० युनिट) र स्ट्रप्टोकोक्कस निमोनिया खोप (४६४० युनिट) समावेश रहेका छन्। खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले यी…
Read More
नेपाल–भारतबीच दुईवटा ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि महत्वपूर्ण सम्झौता

नेपाल–भारतबीच दुईवटा ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि महत्वपूर्ण सम्झौता

काठमाडौँ । नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित दुईवटा ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि आज ऐतिहासिक सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र भारतका विद्युत तथा आवास मन्त्री मनोहरलाल खट्टरको संयुक्त उपस्थितिमा उक्त सम्झौता सम्पन्न भएको हो। भारतीय मन्त्री खट्टर उर्जामन्त्री खड्काको निमन्त्रणमा दुईदिने नेपाल भ्रमणमा छन्। सम्झौताअनुसार इनरुवा–न्यु पूर्णिया र दोदोधारा (लम्की)–बरेली प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी गठन गरिनेछ, जसमा सम्बन्धित देशको ५१ प्रतिशत शेयर स्वामित्व हुनेछ भने बाँकी ४९ प्रतिशत अर्को देशको हुनेछ। नेपाल विद्युत प्राधिकरणका निर्देशक कमल आचार्य र भारतका पावर ग्रिड…
Read More
भारतीय ऊर्जामन्त्री खट्टरद्वारा अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन

भारतीय ऊर्जामन्त्री खट्टरद्वारा अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन

काठमाडाैँ । भारत र नेपालको ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउने दिशामा एक महत्त्वपूर्ण कदम स्वरूप भारत सरकारका ऊर्जा तथा आवास मामिला मन्त्री मनोहर लाल खट्टरले अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन गरेका छन् । मंगलबार नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र भारतका ऊर्जा मन्त्रीले संयुक्त रूपमा ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् परियोजनाको अवलोकन गरेका हुन् । दुवै मन्त्रीहरूले परियोजनाको प्रगतिबारे समीक्षा गर्दै निर्माणमा आइरहेका अवरोधहरू समाधान गर्न आवश्यक उपायहरूबारे छलफल गरे । भ्रमणको मुख्य आकर्षणका रूपमा पावर हाउसमा इलेक्ट्रोमेकानिकल कार्यहरूको औपचारिक सुरुवात गरिएको छ, जसले परियोजनाको निर्माण कार्यलाई नयाँ चरणमा प्रवेश गराएको छ । भ्रमणले दुवै देशबीचको ऊर्जा…
Read More
भारत सरकारको आर्थिक सहयोगमा श्री पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको शिलान्यास

भारत सरकारको आर्थिक सहयोगमा श्री पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको शिलान्यास

काठमाडौं। श्री पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणको शिलान्यास आज कोशी प्रदेशका माननीय सामाजिक विकास मन्त्री श्री पाँचकर्ण राई, मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिकाका मेयर श्री केदार प्रसाद गुरागाईँ र काठमाडौंस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा गरेका छन् । मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिकास्थित शुक्रवार एक कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूको पनि उपस्थितिमा विद्यालय भवनको शिलान्यास गरिएको हो । ‘नेपाल भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २.८१ करोड नेपाली रुपैयाँ परियोजना लागतमा श्री पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण भइरहेको छ । ‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको…
Read More
फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोप

फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोप

हेटौँडा । काठमाडौँ तराई द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाको ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठगी गरेको आरोप लगाइको छ । फास्ट ट्र्याकमा निर्माण सामग्री सप्लाई गरे बापतको भुक्तानी नदिएर ठगी गरेको आरोप लगाएको हो । ठगी गरेको भन्दै चिनियाँ कम्पनी चाइना स्टेटलाई कारबाही गर्न माग गरिएको छ । ठेकेदार कम्पनीले आयोजनाका लागि सप्लाई गरेको सामाग्रीको भुक्तानी नपाएको भन्दै सप्लायरले कारबाहीको माग गरेको हो । हेटौँडामा शनिबार पत्रकार सम्मेलन गर्दै सप्लायर कम्पनीहरू नेपाल मेसिनरी एक्जिम कम्पनी, नेपाल फास्ट ट्र्याक इन्फ्रा कन्सर्न र नेपाल मेसिनरी इन्टरप्राइजेज कम्पनीले सामाग्री सप्लाई गरे बापतको ७ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको भन्दै ब्याज…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.