‘सगरमाथा सम्वाद’ को लागि भारतद्वारा नेपाललाई १५ विद्युतीय सवारी साधन प्रदान

काठमाडौं । भारतले सगरमाथा सम्वाद को सहजीकरणका लागि नेपाललाई १५ वटा विद्युतीय सवारी साधन उपहारस्वरुप प्रदान गरेको छ । आइतबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री डा. आरजु राणालाई १५ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गरेका हुन् ।

मित्रता र सद्भावनाको एक महत्वपूर्ण सङकेतको रुपमा ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ भन्ने विषयमा जेठ २–४ गतेसम्म काठमाडौंमा हुन लागेको ‘सगरमाथा सम्वाद’ को पहिलो संस्करणको प्रभावकारी आयोजनालाई सहजीकरण गर्न लजिस्टिक सहयोगको लागि भारतको तर्फबाट उपहारस्वरुप यी सवारी साधन प्रदान गरिएको जनाइएको छ ।

हस्तान्तरण समारोहमा बोल्दै परराष्ट्रमन्त्री डा. आरजु राणाले सम्वादको आयोजनालाई सहजीकरण गर्न भारतले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन् । उनले भारतको भूमिकालाई नेपालको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो विकास साझेदारहरुमध्ये भएको बताइन् ।

राजदूत श्रीवास्तवले सवारी साधनहरुले सम्वादको समयमा अतिथि र अधिकारीहरुको आवागमनलाई सहज बनाउन मद्दत गर्ने उल्लेख गरे । सन् २०२२ मा संघीय र प्रदेश सभा निर्वाचन सञ्चालनका लागि भारत सरकारले कानून कार्यान्वयन गर्ने निकायहरु र नेपाल निर्वाचन आयोगलाई प्रदान गरेको यस्तै लजिस्टिक सहयोगको स्मरण गराए । उनले सम्वादका लागि नेपाल सरकार र जनतालाई शुभकामना व्यक्त गर्दै पारस्परिक प्रगति र विकासलाई प्रवद्र्धन गर्न नेपालसँग साझेदारी गर्ने भारतको निरन्तर प्रतिबद्धतामाथि जोड दिए ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.