भारत सरकारको आर्थिक सहयोगमा अछामको साँफेबगर नगरपालिकामा निर्मित विद्यालय भवनको हस्तान्तरण

काठमाडाैं । भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको अछाम जिल्लाको साँफेबगर नगरपालिकास्थित श्री महेन्द्र माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको औपचारिक हस्तान्तरण गरेका छन् ।

अछाम जिल्लाको साँफेबगर नगरपालिकास्थित श्री महेन्द्र माध्यमिक विद्यालयका लागि निर्माण गरिएको विद्यालय भवन शनिबार औपचारिक रुपमा जिल्ला समन्वय समिति, अछामका प्रमुख ललित बहादुर कुँवर, साँफेबगर नगरपालिकाका मेयर राजेन्द्र बहादुर कुँवर र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा श्री महेन्द्र माध्यमिक विद्यालयको व्यवस्थापनलाई हस्तान्तरण गर्नुभयो ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालयका शिक्षक/शिक्षिका, विद्यार्थी एवम् उनीहरुका अभिभावकहरुको पनि उपस्थिति रहेका थिए।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोग तीन करोड २४ लाख लागतमा विद्यालयको विद्यालय भवन निर्माण गरिएको हो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोग कक्षाकोठा, प्रयोगशाला, कम्प्युटर कक्ष, कर्मचारी कक्ष, प्रशासन शाखा, प्रधानाध्यापक कक्ष, पुस्तकालय, लेखा शाखा र छात्र एवम् छात्राका लागि शौचालय सहितको विद्यालय भवनको निर्माणमा उपयोग गरिएको छ । अनुदान सहयोग फर्निचर र कम्प्युटरको खरिदमा पनि उपयोग गरिएको छ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो र जिल्ला समन्वय समिति, अछममार्फत कार्यान्वयन गरिएको थियो ।

सन् १९६० मा माध्यमिक विद्यालयका रुपमा स्थापित श्री महेन्द्र माध्यमिक विद्यालय पछि उच्च माध्यमिक विद्यालयमा स्तरोन्नति गरिएको थियो । नर्सरीदेखि १२ कक्षासम्म अध्यापन हुने यस विद्यालयमा ४०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् जसमा ६५% छात्राहरु रहेका छन् ।

जिल्ला समन्वय समिति, अछाम, साँफेबगर नगरपालिका, अछाम, विद्यालय व्यवस्थापनका अध्यक्ष र अन्य सरोकारवालाहरुले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गर्नुभयो । वहाँहरुले नयाँ पूर्वाधारले अछामस्थित महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई राम्रो शिक्षा सुविधा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । यसले समग्र सिकाइ वातावरणलाई सुदृढ बनाउनुका साथै यस क्षेत्रको शिक्षा क्षेत्रको विकासमा योगदान पुर्‍याउनेछ ।
सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरुमा ५७३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको र ४९५ परियोजनाहरु सम्पन्न गरिसकेको छ । यी मध्ये अछामस्थित श्री महेन्द्र माध्यमिक विद्यालय सहित सुदूरपश्चिम प्रदेशमा ४३ वटा परियोजनाहरु रहेका छन् । यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरुलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेको छ । यी मध्ये सुदूरपश्चिम प्रदेशमा ७० वटा एम्बुलेन्स र २७ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यी मध्ये अछममा ६ वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

Facebook Comments