समाज

‘कुलिङ पिरियड कीर्ते’ प्रकरणको छानविन गर्न गठित समितिले सभामुखसँग गर्‍यो छलफल

‘कुलिङ पिरियड कीर्ते’ प्रकरणको छानविन गर्न गठित समितिले सभामुखसँग गर्‍यो छलफल

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा भएको त्रुटिको विषयमा छानबिन गर्न गठित विशेष समितिले सभामुख देवराज घिमिरेसँग छलफल भइरहेको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी छलफल समितिको कार्यविधि, कार्ययोजना लगायत विषयमा केन्द्रित रहेको एक सदस्यले बताए । राज्यव्यवस्था समितिबाट पास भएको विधेयक प्रतिवेदनमा दुई वर्षे कुलिङ पिरियडको व्यवस्था राखिएको तर प्रतिनिधिसभाबाट पास भएर आउँदा हेरफेर भई कुलिङ पिरियड निष्प्रभावी बनाएको खुलासा भएपछि सात सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य तथा माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की छन् ।…
Read More
रसुवा बाढी : क्षतिको विवरण संकलन गर्न समिति गठन

रसुवा बाढी : क्षतिको विवरण संकलन गर्न समिति गठन

काठमाडौं । मंगलबार विहान छिमेकी मुलुक चीनतर्फबाट आएको बाढीले रसुवामा पुर्‍याएको क्षति विवरण संकलन गर्न समिति गठन भएको छ। बुधबार प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति, विपद व्यवस्थापन समितिको संयुक्त बैठकले समिति गठन गरेको हो। गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेँसी रसुवागढी सडक योजनाका प्रमुख इन्जिनियर खड्गलाल श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय समिति गठन भएको हो। समितिका सदस्य सचिव भने सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारी छन्। यस समितिले विपद प्रभावित क्षेत्रमा भएको भौतिक क्षतिको प्रारम्भिक विवरण संकलन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न भनिएको छ। समितिमा रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराई, यान्त्रिक कार्यालयका प्रमुख ई.विजय…
Read More
टी–२० विश्वकप छनोट : नेपाल समूह २ मा, कुवेत र जापानसँग भिड्दै

टी–२० विश्वकप छनोट : नेपाल समूह २ मा, कुवेत र जापानसँग भिड्दै

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ। नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको हो । समूह १ मा युएई, मलेसिया र कतार छन् भने समूह ३ मा आयोजक ओमान, पपुवा न्यूगिनी र सामोआ रहेका छन्। प्रत्येक समूहबाट शीर्ष २ टोली सुपर सिक्स चरणमा पुग्नेछन् । सुपर सिक्सको अन्त्यमा शीर्ष ३ टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपमा स्थान बनाउनेछन्। यो प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म चल्नेछ। कुल ९ टोली सहभागी…
Read More
रविको पक्षमा हस्ताक्षर गर्दै मनिषाले भनिन्–पक्कै पनि रविमाथि दुर्व्यवहार भइरहेको छ

रविको पक्षमा हस्ताक्षर गर्दै मनिषाले भनिन्–पक्कै पनि रविमाथि दुर्व्यवहार भइरहेको छ

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् । सरकारले प्रतिसोध राखेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइराला सहभागी भएकी हुन् । हस्ताक्षर गरेपछि प्रतिक्रिया दिंदै कोइरालाले राज्यबाट भइरहेको अन्याय र दुर्व्यवहारविरुद्ध आवाज उठाएको बताइन् । उनले भनिन्–‘म कुनै पनि पार्टीमा आबद्ध छैन । एउटा आम नागरिकको नाताले राज्यबाट अन्याय र दुर्व्यवहार भइरहेको छ त्यसकोविरुद्ध आवाज उठाउन आएकी हुँ । जसले पनि समाचार हेरिरहेको छ, जसले पनि बुझिरहेको छ, पक्कै पनि रविमाथि दुर्व्यवहार भइरहेको छ ।’
Read More
कांग्रेसभित्र रडाको, अनुशासन समितिले नै अनुशासन उल्लङ्घन गरेको शेखर समूहको आरोप

कांग्रेसभित्र रडाको, अनुशासन समितिले नै अनुशासन उल्लङ्घन गरेको शेखर समूहको आरोप

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले केन्द्रीय अनुशासन समितिले नेताहरूमाथि गरेको कारबाही विधिसम्मत नभएको निष्कर्ष निकालेको छ । आज बसेको कोइराला पक्षको बैठकले अनुशासन समितिले नै अनुशासन उल्लङ्घन गरेको आरोप पनि लगाएको हो । बैठकमा सहभागी नेता राजेन्द्र बजगाईँले पार्टी विधानले उजुरी परेको ६ महिनाभित्र कारबाही गरिसक्नुपर्नेमा सो अनुसार नभएको बताए । नेकपा एमालेले आफ्नो पार्टीमा गरिरहेको कारबाहीको स्वरूप नै नेपाली कांग्रेसमा देखिएको भन्दै उनले गठबन्धनका उम्मेदवारलाई हराएको आधारमा कारबाही गरिएको बताए । आसन्न निर्वाचन वा मध्यवधि हुने अवस्थामा गठबन्धन भए उम्मेदवार पराजित हुने डरले यस्तो भएको हुनसक्ने उनले बताए । त्यसैगरी बैठकमा सहभागी अर्का नेता अर्जुननरसिंह केसीका अनुसार…
Read More
यस्तो छ कांग्रेस अनुशासन समितिका सदस्यद्वय गौतम र कोइरालाको नोट अफ डिसेन्ट

यस्तो छ कांग्रेस अनुशासन समितिका सदस्यद्वय गौतम र कोइरालाको नोट अफ डिसेन्ट

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले १८ जना सदस्यहरुमाथि कारबाही गर्न गरेको निर्णयमा समितिका दुई सदस्यले असहमति जनाएका छन् । निर्वाचन अन्तर्घात गरेको आरोपमा नेताहरूमाथि गरिएको कारबाहीमा समितिका सदस्यहरू सन्जय गौतम र राजीव कोइरालाले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन् । उनीहरुले कारबाहीका नाममा विधान विपरीत कुनै प्रक्रिया नै पूरा नगरी कठोर निर्णय गर्दा पार्टीमा झन ठूलो समस्या आउनेतर्फ सचेत हुन आग्रह पनि गरेका छन् । विगतमा विभिन्न तहका बागी उम्मेदवारहरूलाई उपनिर्वाचन र राष्ट्रियसभा निर्वाचनको समयमा उन्मुक्ति दिइएको स्मरण पनि गराएका छन् । त्यसैले पार्टीका सबै तहका नेता कार्यकर्ताहरूलाई अनुशासनको कारबाही गर्दा तेरो वा मेरो, ठूलो वा सानो भन्ने…
Read More
नेतामाथि गरिएको अनुशासन कारबाही तत्काल फिर्ता गर्न नेता भण्डारीकाे चेतावनी

नेतामाथि गरिएको अनुशासन कारबाही तत्काल फिर्ता गर्न नेता भण्डारीकाे चेतावनी

काठमाडाैं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले पार्टीद्वारा केही नेतामाथि गरिएको अनुशासन कारबाहीलाई प्रतिशोधपूर्ण कदम भन्दै तत्काल फिर्ता गर्न चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “अनुशासनको कारबाही हो कि प्रतिशोध? आफ्नो पसल बन्द गराएर छिमेकीको पसल चलाउने रणनीति !!! नेपाली उखान पोहोर मरिन् सासू, अहिले आए आँसु ! बेमौसमी बाजा ! गम्भीर आपत्ति !! अपरिपक्व निर्णय तुरुन्त फिर्ता गर !!!” यसअघि, नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ सालको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टी वा पार्टीले समर्थन गरेका उम्मेदवारको विपक्षमा गतिविधि गरेका नेताहरूलाई कारबाही गरेको थियो। अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुङ्गानाका अनुसार उम्मेदवारलाई हराउन गलत उद्देश्यका साथ…
Read More
विशालनगरमा नेपाली कांग्रेस इतर समूहको आकस्मिक बैठक

विशालनगरमा नेपाली कांग्रेस इतर समूहको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहको आकस्मिक बैठक अहिले बसिरहेको छ । बैठक नेता शेखर कोइरालाको विशालनगरस्थित सचिवालयमा बसिरहेको हो । बुधबार पार्टीको अनुशासन समितिबाट भएको २३ नेताहरूमाथिको कारबाहीप्रति समूहभित्रको धारणा तय गर्न बैठक बोलाइएको हो । बैठकमा शेखर कोइरालासहित उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, बलबहादुर केसी, सञ्जय गौतम लगायतका नेताहरू र केही मन्त्रीहरूको सहभागिता रहेको छ । अनुशासन समितिले लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल, पूर्वमन्त्री कुमार खड्का लगायत २३ जना नेतामाथि कारबाही गरेपछि इतर समूह असन्तुष्ट बनेको छ । उनीहरूले संस्थापन पक्षले समितिमा बहुमतको आधारमा एकपक्षीय निर्णय गरेको आरोप लगाएका छन् । समितिमा तीनजना संस्थापन पक्षका…
Read More
चिनियाँ नागरिकसँग कहाँबाट आयो डेढ करोड रूपैयाँ ?

चिनियाँ नागरिकसँग कहाँबाट आयो डेढ करोड रूपैयाँ ?

काठमाडौं । काठमाडौं महानगरपालिका–६, बौद्धको नयाँबस्तीबाट १ करोड ४४ लाख रुपैयाँसहित पक्राउ परेका चिनियाँ नागरिक बोधिचित्तको माला कारोबारी भएको खुलेको छ । आइतबार राति १० बजेतिर चिनियाँ नागरिक वाङ जियानको डेरामा प्रहरीले छापा मारेर प्रहरीले स्रोत नखुलेको भन्दै १ करोड ४४ लाख रुपैयाँ बरामद गरेको थियो । रकम बरामद भएपछि अनुसन्धान गर्ने क्रममा उनले आफू बोधिचित्तको माला खरिद गर्न आएको बताएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोरा भन्छन्, ‘उनले आफूलाई बोधिचित्तको माला किन्न आएको भनेर चिनाएका छन्, यो माला खरिद गर्ने सिजन पनि हो । तर, त्यो रकमको स्रोत नखुलेकाले नियन्त्रणमा लिइएको हो ।’ प्रहरीले हुण्डी कारोबारबाट…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.