समाज

गभर्नर पौडेलको नेतृत्वमा पहिलो मौद्रिक नीति आज सार्वजनिक हुँदै

गभर्नर पौडेलको नेतृत्वमा पहिलो मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि आज नयाँ मौद्रिक नीति सार्वजनिक गर्दैछ । दिउँसो साढे १ बजे बालुवाटारस्थित राष्ट्र बैंकको नयाँ भवनमा गभर्नर डा. विश्वनाथ पौडेलले नीति सार्वजनिक गर्ने तयारी गरेका हुन् । यो मौद्रिक नीति गभर्नर पौडेलको कार्यकालको पहिलो नीति हो, जसप्रति बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र, सेयरबजारका लगानीकर्ता र समग्र आर्थिक वृत्तमा विशेष चासो देखिएको छ। नीति ल्याउनुअघि गभर्नर पौडेलले बिहीबार राष्ट्र बैंक व्यवस्थापन समितिको बैठक राखेर व्यापक छलफल गरेका थिए। त्यसपछि सञ्चालक समितिबाट स्वीकृति प्राप्त गर्दै आज सार्वजनिक गर्न लागिएको हो ।
Read More
शेखर कोइरालाको सरकारलाई आग्रह – केरुङमा अलपत्र नेपालीको तत्काल उद्धार गरियोस्

शेखर कोइरालाको सरकारलाई आग्रह – केरुङमा अलपत्र नेपालीको तत्काल उद्धार गरियोस्

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चीनको केरुङमा अलपत्र परेका नेपालीहरूको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । रसुवागढीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि केरुङमा व्यवसाय र रोजगारीका लागि गएका नेपालीहरू आवत–जावत बन्द हुँदा समस्यामा परेका छन् । कोइरालाले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत चिन्ता व्यक्त गर्दै तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका हुन् । उनले लेखेका छन्, “रसुवागढीमा आएको बाढीका कारण उक्त नाकाबाट नेपाल–चीन आवत जावत बन्द भएको छ। जसले गर्दा केरुङमा रहेका धेरै नेपालीहरू त्यहीँ अलपत्र परेका छन्। ती नेपालीहरूलाई तुरुन्तै वैकल्पिक मार्गबाट उद्धार गर्न म सरकारसँग आग्रह गर्दछु।” उनले ती नेपालीहरूलाई खाद्यान्न, बास…
Read More
सशस्त्र प्रहरीमा सुरु भयो बढुवा प्रक्रिया, नेपाल प्रहरीमा अझै अन्योल

सशस्त्र प्रहरीमा सुरु भयो बढुवा प्रक्रिया, नेपाल प्रहरीमा अझै अन्योल

काठमाडौं । सशस्त्र प्रहरी बलमा रोकिएको बढुवा प्रक्रिया आर्थिक सकिन लागेपछि अघि बढाइएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले बिहीबार सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सूचना निकालेको छ । डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्र प्रहरीमा डीआईजीको एक पद एक महिनादेखि रिक्त छ । त्यसमा कसलाई बढुवा गर्ने भन्ने सहमति नजुट्दा सूचना नै निकालिएको थिएन । सहमति भएसँगै सूचना प्रकाशन भएको स्रोत बताउँछ । सो पदमा मनिष थापा, कृष्णराज पाठक मुख्य दाबेदार हुन्। पाठक सिंस नम्बर १ का अधिकृत हुन्। पाठक नेपाल प्रहरीबाट स्थानान्तरण भएका हुन् । स्टाफ कलेज समेत गरेकाले थापाकै बढुवा हुने सम्भावना…
Read More
भारतद्वारा नेपाली यू-१९ क्रिकेट खेलाडीहरूलाई भोपालमा एक महिनाको प्रशिक्षण अवसर

भारतद्वारा नेपाली यू-१९ क्रिकेट खेलाडीहरूलाई भोपालमा एक महिनाको प्रशिक्षण अवसर

काठमाडाैं । युवा विकास र खेल कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यले भारतको काठमाडौंस्थित राजदूतावासले नेपाली यू-१९ क्रिकेट खेलाडीहरूलाई भोपालमा एक महिनाको व्यावसायिक प्रशिक्षणको व्यवस्था गरेको छ। ‘नेपाली युवाहरूका लागि राजदूत क्रिकेट फेलोशिप’ अन्तर्गत, जुन २०२५ मा भारतीय दूतावासले घोषणा गरेको कार्यक्रमअनुसार, तीन नेपाली यू-१९ खेलाडीहरू—नरेन भट्ट, साहिल पटेल र पूजा महतो—२०२५ जुलाई १५ देखि अगस्ट १४ सम्म एल.बी. शास्त्री क्रिकेट शाला, भोपालमा प्रशिक्षणमा सहभागी हुनेछन्। यो कार्यक्रमले नेपाली क्रिकेट प्रतिभालाई प्रवर्द्धन गर्नुका साथै क्रिकेटप्रति साझा मोहमार्फत भारत र नेपालबीचको जनस्तरीय सम्बन्धलाई थप प्रगाढ बनाउने लक्ष्य राखेको छ। खेलाडीहरूलाई प्रशिक्षणको शुभकामना दिंदै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज क्रिकेट संघ नेपाल…
Read More
कोकिन प्रकरण : मुख्य अभियुक्तलाई दुर्व्यसनी मात्र बनाउने चलखेल !

कोकिन प्रकरण : मुख्य अभियुक्तलाई दुर्व्यसनी मात्र बनाउने चलखेल !

काठमाडौं । गत साता कोकिनसहित पक्राउ परेका व्यक्तिहरुमाथि प्रहरीले विस्तृत अनुसन्धान थालेको छ । तर, अनुसन्धानलाई प्रभावित बनाउन प्रहरीकै केही उच्च अधिकारी लागेका छन्। गत शुक्रबार काठमाडौं ज्ञानेश्वरबाट ६५.९३ ग्राम कोकिनसहित दिनेश चालिसेसहित पाँच जना पक्राउ परेका थिए। मुख्य अभियुक्त मानिएका चालिसेलाई सामान्य दुर्व्यसनी मात्र बनाएर मुद्दा चलाउनका लागि प्रहरीभित्र चलखेल अघि बढेको हो। प्रहरी वृत्त मालिगाउँले ज्ञानेश्वरस्थित भगवति इन होटलमा छापा हानी चालिसे लगायत पाँच जनालाई पक्राउ गरेको थियो। नवलपरासीका सतेन्द्रबहादुर भट्ट, सिन्धुपाल्चोककी आयुषा श्रेठ, सप्तरीका प्रकाश यादब र ललितपुरका सुव्रत अधिकारी पक्राउ परेका थिए। चालिसे कारोबारी र सेवनकर्ता दुवै हुन्। कोकिन खरिद गरिसकेपछिको अवस्थामा उनी पक्राउ परेका हुन्।…
Read More
सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै प्रदर्शन

सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै प्रदर्शन

काठमाडौँ । हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको विलासिता कर खारेज गर्न माग गर्दै सुनचाँदी व्यवसायीहरु आज पनि आन्दोलनमा उत्रिएका छन् । बिहीवार काठमाडौंको माईतीघरमा व्यवसायीहरुले २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका हुन् । उनीहरुले '२ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट उपभोक्तालाई भार हो, सुन तथा सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज गर, सुनको भन्सार दर ६ प्रतिशत कायम गर' लगायतका माग लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
Read More
सात महिनापछि मेयर बालेनले बोलाए कार्यपालिका बैठक

सात महिनापछि मेयर बालेनले बोलाए कार्यपालिका बैठक

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाएका छन्। मेयर शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् । मेयरको सचिवालयका अनुसार त्यसअघि १२ बजे बजेट स्रोत अनुमान र सीमा निर्धारण समितिको बैठक बस्नेछ । शुक्रबारकै कार्यपालिका बैठकले नगर सभाको मिति तोकेर असार मसान्तभित्रै बजेट पास गर्ने तयारी महानगरको छ । मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण गएको पुसदेखि कार्यपालिका बैठक बस्न सकेको थिएन । महानगर स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने छुट्टीमा बस्न लगाइएको छ ।  
Read More
रसुवा बाढीको असर : २५० मेगावाट क्षमताको आयोजना बन्द, ३५० मेगावाटका आयोजना अलपत्र

रसुवा बाढीको असर : २५० मेगावाट क्षमताको आयोजना बन्द, ३५० मेगावाटका आयोजना अलपत्र

काठमाडौं । असार २४ गते राती चीनतर्फबाट रसुवामा आएको बाढी वितण्डाले २५० मेगावाट क्षमताका आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ भने ३५० मेगावाटका आयोजना निर्माणको काम रोकिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार आधा दर्जन आयोजनाबाट उत्पादन रोकिएको हो । चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका नेपालतर्फका १० भन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको छ भने टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहमा समेत ठूलो क्षति पुर्‍याएको छ । बाढीमा परी ७ जनाको…
Read More
त्रिशूली नदीको किनारामा भेटियो पुरुषको शव

त्रिशूली नदीको किनारामा भेटियो पुरुषको शव

चितवन । बिहीबार त्रिशूली नदीको किनारामा एक पुरुषको शव भेटिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलास्थित त्रिशूली नदीको किनारामा अन्दाजी ४५/५० वर्षीय पुरुषको शव भेटिएको हो । अस्थायी सुरक्षा वेस भालढुङ्गबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सो शवको मुचुल्का उठाई भरतपुर जिल्ला अस्पतालतर्फ पठाएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । फेला परेको शवको पहिचान भने हुन नसकेको उनले बताए । केही अङ्ग समेत नभएको सो शव गत असार २४ गते रसुवा बाढीमा बेपत्ता व्यक्तिको हुनसक्ने आशङ्का गरिएको छ ।
Read More
पोखरीमा डुबेर १५ वर्षीय बालकको मृत्यु

पोखरीमा डुबेर १५ वर्षीय बालकको मृत्यु

बुटवल । माछा पाल्न भनेर बनाइएको पोखरीमा डुबेर रूपन्देहीको तिलोत्तमामा एक बालकको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका–७ भलवारिका १५ वर्षीय प्रज्ञान गौतमको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुधबार साँझ घर नजिकै माछा पाल्न भन्दै व्यवसायी नारायण बन्जाडेले खनेर राखेको पोखरीमा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो। तीन चार जना साथीसँग खेल्न भन्दै गएका प्रज्ञान साँझ ६ बजेतिर पौडी खेल्ने क्रममा पोखरीमा डुबेका थिए। बालक पोखरीमा डुबेको भन्दै साँझ ७ बजेतिर खबर आएपछि उद्धारको लागि गएको प्रहरीले राति १० बजे मात्रै पोखरीमा डुबेका बालकलाई बाहिर निकालेको थियो । तिलोत्तमा नगरपालिका–७ का वडा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.