काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाएका छन्।
मेयर शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् । मेयरको सचिवालयका अनुसार त्यसअघि १२ बजे बजेट स्रोत अनुमान र सीमा निर्धारण समितिको बैठक बस्नेछ ।
शुक्रबारकै कार्यपालिका बैठकले नगर सभाको मिति तोकेर असार मसान्तभित्रै बजेट पास गर्ने तयारी महानगरको छ ।
मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण गएको पुसदेखि कार्यपालिका बैठक बस्न सकेको थिएन ।
महानगर स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने छुट्टीमा बस्न लगाइएको छ ।











Facebook Comments