भोजपुरको अरुण गाउँपालिकामा बहुउद्देश्यीय प्रतिष्ठान भवनको शिलान्यास
काठमाडाैं । भोजपुरको अरुण गाउँपालिकामा भारतीय सहयोगमा बन्न लागेको अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको शिलान्यास गरिएको छ। बुधबार आयोजित कार्यक्रममा अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री र नेपालका लागि भारतीय राजदूतावास, काठमाडौंका काउन्सलर अविनाश कुमार सिंहले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्। कार्यक्रममा स्थानीय राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र समाजसेवीहरूको समेत उपस्थिति रहेको थियो। भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त भवनको लागत ३ करोड १८ लाख ८८ हजार रुपैयाँ रहेको छ। नेपाल–भारत विकास सहकार्य अन्तर्गत बन्न लागेको तीन तल्ले भवनमा कक्षा कोठा, शिक्षक कक्ष, बैठक कक्ष, कार्यक्रम हल, छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालयसहित अन्य सहयोगी संरचनाहरू रहनेछन्। यस परियोजनालाई…
