भारत–नेपाली स्टार्टअप नेटवर्क सुरु, नेपाली उद्यमीका लागि नयाँ अवसर
काठमाडौ । भारत र नेपालका स्टार्टअपबीचको सहकार्य सुदृढ गर्न नयाँ सीमापार पहल थालिएको छ । त्यसका लागि भारत–नेपाल स्टार्टअप साझेदारी नेटवर्क सुरु गरिएको छ। यो कार्यक्रमले नवीन र रूपान्तरणकारी व्यावसायिक विचार भएका नेपाली उद्यमीहरूलाई आवेदन गर्न आमन्त्रण गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। यस अन्तर्गत सहभागीहरूलाई आईआईटी मद्रासमा आईआईटी मद्रास प्रवर्तकसँगको सहकार्यमा सञ्चालन हुने आठ हप्ते पूर्णरूपमा छात्रवृत्ति प्रशिक्षण र नवप्रवर्तन कार्यक्रममा सहभागी गराइनेछ। आईआईटी मद्रास प्रवर्तक भारतका प्रमुख इन्क्युबेटरमध्ये एक हो, जसले अहिलेसम्म ४६ वटा स्टार्टअपहरूलाई इन्क्युबेट गरिसकेको छ । तीमध्ये १४ वटा स्टार्टअपहरूले आफ्ना प्रविधिहरू सफलतापूर्वक व्यावसायिक बनाएका छन्। सहभागीहरूले व्यावहारिक सिकाइ, विज्ञहरूको मार्गदर्शन, र इन्टर्नसिपका अवसरहरू पाउनेछन्,…
