समाज

ओखलढुङ्गामा विद्यालय भवनको शिलान्यास, भारतको ४ करोड आर्थिक सहयोग

ओखलढुङ्गामा विद्यालय भवनको शिलान्यास, भारतको ४ करोड आर्थिक सहयोग

काठमाडौं । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि नयाँ विद्यालय भवनको शिलान्यास सम्पन्न भएको छ। शिलान्यास कार्यक्रम काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर अविनाश कुमार सिंह र सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालले संयुक्त रूपमा गरे । भारत सरकारको ४ करोडभन्दा बढीको आर्थिक सहयोगमा निर्माण हुने यो भवन तीन र आधा तल्लाको हुनेछ। यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको छ र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ। सिद्धिचरण नगरपालिकाका मेयर, विद्यालय व्यवस्थापन समिति र अन्य सरोकारवालाहरूले भारत सरकारको आर्थिक सहयोगको प्रशंसा गर्दै यस परियोजनाले स्थानीय शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । भारत–नेपाल साझेदारी विभिन्न क्षेत्रहरूमा…
Read More
भारत सरकारको सहयोगमा लुम्बिनी प्रदेशको गुल्मीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

भारत सरकारको सहयोगमा लुम्बिनी प्रदेशको गुल्मीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

काठमाडौं । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–३ मा अवस्थित श्री निन्यूखर्क माध्यमिक विद्यालयका लागि निर्माण गरिने भवनको शिलान्यास आज सम्पन्न भएको छ। काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर गीतांजलि ब्रैंडन र गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले संयुक्त रुपमा गर्नुभयो । धुर्कोट गाउँपालिका–३ स्थित निन्यूखर्क माध्यमिक विद्यालयको विद्यालय भवन भारत सरकारको आर्थिक सहयोग नेरु ३.८ करोडमा निर्माण हुँदैछ । नयाँ पूर्वाधारमा फर्निचर, कक्षा कोठा र अन्य सहयोगी संरचनासहितको दुई तल्ले विद्यालय भवन हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको छ र गुल्मीको धुर्कोट गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ । धुर्कोट गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरुले भारत सरकारले प्रदान…
Read More
संखुवासभामा उच्च प्रभाव परियोजनाअन्तर्गत विद्यालय भवन उद्घाटन

संखुवासभामा उच्च प्रभाव परियोजनाअन्तर्गत विद्यालय भवन उद्घाटन

संखुवासभा । कोशी प्रदेशको संखुवासभा जिल्लामा भारत सरकारको सहयोगमा सञ्चालन भएको उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project) अन्तर्गत निर्माण सम्पन्न भएको विद्यालय भवनको उद्घाटन गरिएको छ। संखुवासभा जिल्लाको चिचिला गाउँपालिका–३ मा अवस्थित श्री दिदिङ आधारभूत विद्यालय को नवनिर्मित विद्यालय भवनको उद्घाटन आज काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री बशिष्ट नन्दन र चिचिला गाउँपालिकाका अध्यक्ष श्री पासाङ नुर्बु शेर्पा ले संयुक्त रूपमा गर्नुभएको हो। उच्च प्रभाव परियोजनाअन्तर्गत निर्माण विद्यालय भवन तथा यससँग सम्बन्धित अन्य सहयोगी संरचनाहरूको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत अघि बढाइएको थियो। उक्त परियोजनाको कार्यान्वयन चिचिला गाउँपालिका मार्फत गरिएको हो। परियोजनाले स्थानीय तहको…
Read More
लुम्बिनीमा नेपाल– भारत सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न (फोटो फिचर)

लुम्बिनीमा नेपाल– भारत सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न (फोटो फिचर)

काठमाडौँ । लुम्बिनीमा नेपाल–भारत सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आयोजना गरेको यो कार्यक्रममा बौद्ध धर्म र दुई देशको साझा सांस्कृतिक सम्पदामा केन्द्रित थियो । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र काठमाडौंस्थित भारतीय राजदुतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा नागरिक समाज, शिक्षाविद्, वरिष्ठ भिक्षुहरू तथा लुम्बिनी विकास कोषका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो । सांस्कृतिक साँझमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को ६ सदस्यीय…
Read More
‘एआई फर इन्क्लुसिभ ग्रोथ : बिल्डिङ नेपाल्स एआई रेडी फ्युचर’

‘एआई फर इन्क्लुसिभ ग्रोथ : बिल्डिङ नेपाल्स एआई रेडी फ्युचर’

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले एआई एसोसिएसन अफ नेपालसँगको साझेदारीमा आज शुक्रबार 'एआई फर इन्क्लुसिभ ग्रोथः बिल्डिङ नेपाल्स एआई रेडी फ्युचर' नामक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमलाई २०८२ फागुन ७-८ मा नयाँ दिल्लीमा आयोजना हुने एआई इम्प्याक्ट समिटको आधिकारिक प्रि-समिटको रूपमा मान्यता दिइएको छ। उक्त कार्यक्रममा छलफलका प्रमुख क्षेत्रहरू मध्ये आर्टिफिसियल इन्टेलिजेन्समा हालै भएका विकास र एआई इम्प्याक्ट समिट पनि रहेको थियो। कार्यक्रममा स्टार्टअपहरू, सरकारी निकायहरू, चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, रोबोटिक्स एसोसिएसन अफ नेपाल, एनएएस आईटी, फिनटेक एलायन्स, एआई एसोसिएसन अफ नेपाल, शैक्षिक संस्थाहरू, थिंक ट्याङ्कहरू र सञ्चार माध्यमका ४०० भन्दा बढी सहभागीहरु उपस्थित थिए। काठमाडौंमा आयोजित यस प्रि-समिट…
Read More
भारतले नेपाललाई दियो ७० मिटर लामो मोड्युलर पुल

भारतले नेपाललाई दियो ७० मिटर लामो मोड्युलर पुल

काठमाडौं । विपद्पछिको कनेक्टिभिटीलाई सुदृढ गर्दै भारतद्वारा नेपालको हेटौंडामा ७०–मिटर लामो मोड्युलर पुल तथा पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरु हस्तान्तरण गरेको छ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ७०–मिटर लामो मोड्युलर पुलको पूर्ण सेट र पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरु हस्तान्तरण गरेका हुन् । पूर्वी नेपाललाई प्रभावित पारेको सन् २०२५ अक्टोबरमा आएको विनाशकारी वर्षापछि नेपाल सरकारले अनुरोध गरे अनुसार भारत सरकार कुल दशवटा यस्ता ७०–मिटर लामो र अग्ला स्प्यान पुलहरु प्रदान गर्न प्रतिबद्धता जनाएको थियो । ७३ करोड रुपैयाँ भन्दा बढी मूल्यका दशवटा बेली ब्रिजहरु भारतले अनुदानको…
Read More
भारत सरकारको आर्थिक सहयोगमा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन

प्यूठान । लुम्बिनी प्रदेशको प्यूठान जिल्ला, ऐरावती गाउँपालिका–१, अमिलीमा अवस्थित श्री दाङवाङ माध्यमिक विद्यालयको नयाँ विद्यालय भवन र छात्रावास भवन आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। भारत सरकारको आर्थिक सहयोगमा निर्मित यी संरचनाहरूको उद्घाटन भारतीय राजदूतावास, काठमाडौंका काउन्सलर गीतांजलि ब्रैंडन र ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले संयुक्त रूपमा गर्नुभएको हो। उद्घाटन कार्यक्रममा स्थानीय राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भारत सरकारको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ (High Impact Community Development Project) अन्तर्गत प्रदान गरिएको अनुदानबाट विद्यालय भवन, छात्रावास भवन तथा अन्य सहायक संरचनाहरू निर्माण गरिएको हो। यो परियोजना ऐरावती गाउँपालिकामार्फत कार्यान्वयन…
Read More
भारत र नेपालबीच रेल कार्गो यातायात सुविधा विस्तार गर्ने समझदारी

भारत र नेपालबीच रेल कार्गो यातायात सुविधा विस्तार गर्ने समझदारी

काठमाडौं । नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन गर्ने पत्र आदानप्रदान भएको छ । नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाको भारत भ्रमणका क्रममा यस्तो आदानप्रदान भएको हो । भारतको नयाँ दिल्लीमा बिहीबार आपूर्तिमन्त्री सिन्हा र उनका भारतीय समकक्षी पियुष गोयलबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा दुवै देशका प्रतिनिधिहरूले भारत–नेपाल पारवहन सन्धिको प्रोटोकल संशोधन गर्ने पत्र आदानप्रदान (LoE) गरेका छन् । यस संशोधनले जोगबनी (भारत) र विराटनगर (नेपाल) बीच रेलमार्गबाट आधारित मालवाहक यातायातलाई सहज बनाउनेछ, जसमा थोक कार्गोको विस्तारित परिभाषा पनि समावेश गरिएको छ । यो उदारीकरणले कोलकाता–जोगबनी, कोलकाता–नौतनवा (सुनौली) र विशाखापट्टनम–नौतनवा (सुनौली) जस्ता प्रमुख पारवहन मार्गहरूलाई…
Read More
भारत सरकारको आर्थिक सहयोगमा श्री स्वर्णान्तराल आधारभूत विद्यालयको भवन निर्माणको शिलान्यास

भारत सरकारको आर्थिक सहयोगमा श्री स्वर्णान्तराल आधारभूत विद्यालयको भवन निर्माणको शिलान्यास

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित स्वर्णान्तराल आधारभूत विद्यालय, टोक्सेलको नयाँ विद्यालय भवन सोमबार शिलान्यास अनलाइन समारोहमार्फत सम्पन्न गरिएको छ। उक्त विद्यालय भवन भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुँदैछ। भारत सरकारको अनुदानमा बन्ने यो भवन साढे तीन तले हुनेछ । जसमा कक्षाकोठा र छात्र–छात्राका लागि शौचालय सुविधासमेत रहनेछ। सन् २००३ देखि भारत सरकारले नेपालभर ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालन गरिसकेको छ। तीमध्ये कोशी प्रदेशमा मात्रै ९३ परियोजना छन्, जसमा ओखलढुङ्गाका पाँच परियोजना पनि समावेश छन्। यससँगै, भारत सरकारले कोशी प्रदेशका स्वास्थ्य र शिक्षा क्षेत्रमा क्रियाशील संस्थाहरूलाई १५० एम्बुलेन्स र ६२ विद्यालय…
Read More
भारतको अनुदान सहयोगमा ११ नयाँ विकास परियोजना बन्ने

भारतको अनुदान सहयोगमा ११ नयाँ विकास परियोजना बन्ने

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र फोहर व्यवस्थापनका क्षेत्रमा कार्यान्वयन हुने ११ वटा उच्च प्रभाव समुदाय विकास परियोजनाका लागि आज (सोमबार) सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा यहाँस्थित भारतीय दूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरूले हस्ताक्षर गरेका हुन्। उक्त परियोजनाहरू करिब एक अर्ब १६ करोड लागतमा कार्यान्वयन हुने दूतावासले जनाएको छ। भारत सरकारले सन् २००३ देखि नेपालमा हालसम्म ५९० वटा उच्च प्रभाव समुदाय विकास परियोजनाहरू सञ्चालन गरेको छ। तीमध्ये ५०२ परियोजनाहरू शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सम्पर्क मार्ग र सार्वजनिक उपयोगिता क्षेत्रमा पूरा भइसकेका छन् भने बाँकी परियोजनाहरू विभिन्न…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.