भारत सरकारको आर्थिक सहयोगमा श्री स्वर्णान्तराल आधारभूत विद्यालयको भवन निर्माणको शिलान्यास

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित स्वर्णान्तराल आधारभूत विद्यालय, टोक्सेलको नयाँ विद्यालय भवन सोमबार शिलान्यास अनलाइन समारोहमार्फत सम्पन्न गरिएको छ।

उक्त विद्यालय भवन भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुँदैछ।

भारत सरकारको अनुदानमा बन्ने यो भवन साढे तीन तले हुनेछ । जसमा कक्षाकोठा र छात्र–छात्राका लागि शौचालय सुविधासमेत रहनेछ।

सन् २००३ देखि भारत सरकारले नेपालभर ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालन गरिसकेको छ। तीमध्ये कोशी प्रदेशमा मात्रै ९३ परियोजना छन्, जसमा ओखलढुङ्गाका पाँच परियोजना पनि समावेश छन्।

यससँगै, भारत सरकारले कोशी प्रदेशका स्वास्थ्य र शिक्षा क्षेत्रमा क्रियाशील संस्थाहरूलाई १५० एम्बुलेन्स र ६२ विद्यालय बस उपहारस्वरूप प्रदान गरेको छ। तीमध्ये ओखलढुङ्गाका चार एम्बुलेन्स समेत रहेका छन्।

भारत–नेपालबीचको यो उच्च प्रभाव सामुदायिक विकास परियोजना दुवै देशबीचको बहुआयामिक विकास साझेदारीको अभिन्न अंग मानिन्छ। यसले दुई देशबीचको मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.