नेपाललाई जुनसुकै सहयोग गर्न तयार छौं : भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जुनसुकै सहयोग गर्न तयार रहेको बताएका छन्। भारी वर्षासँगै बाढी र पहिरोले धनजनको क्षति गरेपछि भारतीय प्रधानमन्त्री मोदीले आवश्यक सहयोग गर्न तयार रहेको बताएका हुन्।

उनले सामाजिक सञ्जाल एक्स (ट्वीटरमा) भारी वर्षाका कारण नेपालमा भएको धनजनको क्षतिमा दुःख व्यक्त गर्दै भारत नेपाली जनता र सरकारको साथमा रहेको उल्लेख गरेका छन्।

‘नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ। हामी यस कठिन समयमा नेपालका जनता र सरकारको साथमा छौं। एक मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा, भारत आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न प्रतिबद्ध छ,’ प्रधानमन्त्री मोदीले भनेका छन्।

नेपालमा भारी वर्षाले हालसम्म ४४ जनाको मृत्यु भएको छ भने देशभरिका सडक सञ्जालमा प्रभावित भएका छन्। त्यस्तै तराईका केही जिल्लाहरू डुबानमा परेका छन्

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.