काठमाडौंस्थित भारतीय राजदूतावासमा ‘स्वतन्त्रता दिवस’को उत्सव

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले भारतको ७९औँ स्वतन्त्रता दिवस मनाएको छ। नेपालमा रहेका भारतीय समुदाय, दूतावासका अधिकारी लगायतको सहभागीतामा शुक्रबार स्वतन्त्रता दिवस मनाइएको दूतावासले जनाएको छ।

नेपालका लागि भारतीय राजदूतले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै सो समारोहको शुभारम्भ भएको थियो। लगत्तै कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधन प्रस्तुत गरिएको थियो।

सो अवसरमा राजदूतले भारतीय सशस्त्र बलका मृतक कर्मचारीका श्रीमती र निकटतम नातेदारलाई सम्मान गरे। साथै, कुल ६.४ करोड रूपैयाँको एजीआईएफ (आर्मी ग्रुप इन्स्योरेन्स फण्ड) चेक हस्तान्तरण गरे।

यस अवसरमा दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका विद्यार्थीहरुले देशभक्तिपूर्ण गीतहरुमा जीवन्त सांस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरेका थिए।

दूतावासले नेपालका सातै प्रदेश र २१ जिल्लामा फैलिएका ३९ वटा शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गरेको छ। यस पहलले दुर्गम क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउने लक्ष्य राखेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.