च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने तरिका बन्द गरौं : भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीमा एक अर्कालाई ललकार्ने काम बन्द गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लैख्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्–‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौँ । बसौँ, आपसमा विमर्श गरौँ ।’

उनले सहकार्यबाट समाधान गर्नु नै जबजको मर्म भएकाले सबै एकै ठाउँमा उभिने आधार निर्माण हुनुपर्ने बताए ।

उनले भनेका छन्–‘सहकार्य मार्फत समाधान खोजौँ, जबजबको मर्म पनि यहि हो । राष्ट्र, जनता र एमाले हामी सबै एक ठाउँमा उभिने आधार !’

पूर्वराष्ट्रपति विद्या देवी भण्डारी रपार्टीको राजनीतिमा फर्किएपछि अहिले एकअर्काप्रति टिप्पणी भइरहेको छ ।

सोही विषयलाई लिएर भट्टराईले सचेत रहन आग्रह गरेका हुन् ।

Facebook Comments