गभर्नर पौडेलको नेतृत्वमा पहिलो मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि आज नयाँ मौद्रिक नीति सार्वजनिक गर्दैछ ।

दिउँसो साढे १ बजे बालुवाटारस्थित राष्ट्र बैंकको नयाँ भवनमा गभर्नर डा. विश्वनाथ पौडेलले नीति सार्वजनिक गर्ने तयारी गरेका हुन् ।

यो मौद्रिक नीति गभर्नर पौडेलको कार्यकालको पहिलो नीति हो, जसप्रति बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र, सेयरबजारका लगानीकर्ता र समग्र आर्थिक वृत्तमा विशेष चासो देखिएको छ।

नीति ल्याउनुअघि गभर्नर पौडेलले बिहीबार राष्ट्र बैंक व्यवस्थापन समितिको बैठक राखेर व्यापक छलफल गरेका थिए। त्यसपछि सञ्चालक समितिबाट स्वीकृति प्राप्त गर्दै आज सार्वजनिक गर्न लागिएको हो ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.